महामारीका रुपमा फैलिएको कोरोना (कोभिड १९) बाट एकतर्फी युद्धको सिकारमा आज विश्व पुरै जगडिएको छ । त्यसबाट नेपाल पनि अछुतो रहन सकेन । (कोभिड १९) को महामारीबाट बच्नका लागि नेपालले पनि तिन महिना भन्दा लामो लकडाउनको सामना गरिसकेको छ । लामो लकडाउन पश्च्यात पनि नेपाल झन झन महामारीको जटिल अवस्थामा प्रवेश गर्दै छ ।
कोरोनाको सुरुवातीमा नै सिकारको सामना गरेका विश्वका कयौं राष्ट्रहरुले आज महामारीको भयभह अवस्थाबाट जोगाउदै आफूलाई महामारीको मानचित्रबाट हरियो जोनमा अवतरण गर्न सफल भएका छन् । तर सुरुवातकै अवस्थाबाट हरियो जोनमा रहेको नेपाल आफूलाई हरियो जोनमा यथावत राख्नु त परै जाओस, तीन महिना लामो लकडाउन पश्च्यात पनि कोरोनाको काहलीलाग्दो अवस्थामा रतिसम्मको परिवर्तन देखाउन सकेको छैन ।
नेपालमा कोरोना सक्रमण दिनप्रति दिन बढ्दै गैैरहेको छ । यहि गतिलाई नै हेर्ने हो भने यसको भयभह अवस्थालाई नेपालले थेक्न नसक्ने अवस्था आउदै छ । चिकित्सकले संचार माध्यममा दिएका व्यक्तिले पनि नेपालले ठूला क्षेतीको सामना गर्नुपर्ने सम्भावना अत्याधिक रहेकोले बेलैमा यसलाई मनन गर्नुपर्ने राज्यको दायित्व हुन आँउछ । चिकित्सकले दिएका सुझाबहरु र कोरोनाबाट बच्ने उपायहरुलाई सुन्ने प्रयत्न समेत गरिएको छैन ।
कारण
कहि माटोको नाँउमा, त कहि जातको नाउँमा अनि सत्ता स्वार्थका नाउँमा तातिएको सडकको भिड्ले तिनको स्वार्थ प्राप्ति होला या नहोला यकिन गर्न सकिरहेको छैन । तर त्यो भिड्का कारण कोरोना महामारीको सिकारबाट विश्व मानचित्रबाट नै नेपालले ठूलो क्षतिको सामना गर्ने ग्यारेण्टी भने पक्कै गरिरहेको छ । कोरोना महामारीसंगै (दक्षिण एशिया राष्ट्रले) भोकमरीको सामना गर्नु पर्ने अवस्था आउन सक्ने भन्दै विश्व स्वास्थ्य संगठन who ले सचेत पनि गराइराखेको छ ।
आज विडम्बना विश्वका कयौं राष्ट जो राजनीति अस्थिरताको चक्रव्यूउमा नराम्ररी फस्दै आएका छन्, ति एक्लै (कोभिड १९) विरुद्धको एकतर्फि युद्धको सामना गरिराखेका छन् । राष्ट्रको सम्पूर्ण शक्ति कोरोनाविरुद्ध प्रयोग गरिएका छन् । लामो समय देखि गरिएको लकडाउन सामान्य दिनचर्याका लागि खुकुलो पारिएको छ । हिजोको दिनमा किन लकडाउन ? अनि आज किन खुकुलो ? भन्ने प्रश्नको अनगीन्ती जवाफ ति राष्ट्रहरु सामु तेस्रीएको छ ।
सामान्यत जवाफ हुन्छ, रोगको विकराल अवस्थाबाट सामान्य अवस्थामा आएका कारण र अर्काे कोरोना भाइरसविरुदको लडाईमा ति राष्ट्रले आफूलाई विजय बनाउन सफल भएका कारण आदि इत्यादि हुन सक्छन् । तर आज तीन महिना लामो लकडाउनको सामना गरिसकेको नेपालले भने हिजो तीन महिना सम्म किन लकडाउन गरियो ? भनेर भन्दा सायद जोकोहिले पनि चित्त बुझदो जवाफ दिन सक्छ वा सक्लान तर तीन महिना पश्चातको लकडाउनलाई किन खुकुलो पारियो भनेर भन्दा आज यो प्रश्नको जवाफ जोकोहिसंग पटक्कै छैन ।
जवाफ सामान्य छ, कोरोना विरुद्धको लडाईमा विस्तारै सफलता हासिल गर्दै र कोरोना संक्रमणको भयावह अवस्था सामान्य रहेकाले तर नेपाल यि दुइवटै अवस्थाबाट चिप्लि रहेको छ । अनि यस्तो अवस्थामा लकडाउन खुकुलो बनाउदै लग्नु तथा खुकुलो बनाइए पनि संक्रमण नफैलिने उपाय कुनै नअपनाउनुले ध्ज्इ को त्यो चेतावनीको सिकार कतै पहिलो पात्रका रुपमा दक्षिण एसियाली राष्ट्रमा नेपाल पहिलो नम्बरमा उभिइने त होइन ? सम्भावना उच्च रहेको छ ।
सवल तथा दुर्बल पक्ष
कोरोना महामारीविरुद्ध सबै एक भएर लड्नुपर्ने आवश्यकता छ । सानो लापरबाहीका कारण इटाली, स्पेन, अमेरिका लगायत धेरै राष्ट्रहरुले कारोना भाइरसबाट ठूलो क्षेतिको सामना गरिसकेका छन् । आज पनि क्षेतिको सामना गरिरहेका छन् । विश्वका शक्ति सम्पन्न हस्ती भनेर चिनिने राष्ट्रहरुले जुन हविगत भोगिरहेका छन्, तिनी राष्ट्रहरुको तुलनामा कोरोनाले उग्ररुप लियो भने नेपालले कल्पना बाहिरको क्षेती व्यहोर्नु पर्ने सिनारियो देखिएको छ ।
यहि बीचमा सडकमा चलेको आन्दोलनले झन के सिकाईरहेको छ ? हो, यो आन्दोलनको समय पटक्कै हैन भनि जान्दा जान्दै पनि भ्रष्टाचारी सरकारले बाध्य बनाई रहेको छ । बाध्यताले मानिसहरु सडकमा उत्रिन परेको छ । देश भरी हिँसा भड्की रहेको छ । सरकार एक पछि अर्को भ्रष्टाचारमा तल्लिन छ ।
जनता आन्दोलनमा नउत्रिए यो देश नै बेची खाने हुन कि भन्ने लाग्न थाल्यो । मान्छे कोरोनाले मर्ने भन्दा पनि भोकले मर्न थालिसके । सरकार भने भ्रष्टाचारमा लागेर देश खोक्रो बनाउनमा लागिपरेको छ । खैर कयौं सामान्य देखि असामान्य कारण, सबल अनि दुर्बल पक्ष हुन सक्लान, त्यै पनि एकचोटी छातिमा हात राखेर अन्तरमनबाट विचार गरौं त, के यो समय साचिकै आन्दोलन गर्नका लागि उचित समय हो त ?
पाटो बहसको
अनिकालमा विउ जोगाउनु अनि हुलमुलमा जिउ जोगाउनु के वर्तमान आन्दोलनका कयौं दुर्वल पक्ष जान्दा जान्दै सडकमा आन्दोलनकारीको भिड हुनु अकर्मण्यताको परिणाम हो कि मुर्खकता ? होला वर्तमानमा देखिका सरकारको काम, नैतिक जिम्मेबारी प्रति गरिका गैर जिम्मेबारीको कारण पनि हुन सक्ला । तर अति गर्नु, अत्याचार नगर्नु भनेजस्तको परिणाम पनि हुन सक्छ त्यो सडक भिड् ।
अति भयो, अत्याचारले सिमा नाघ्यो । के आगो लागिसकेपछि इनार खनेर कुनै तुक राख्दैन ? नेताहरुले ढोका थुनेर विरालो चुटेसी के गर्ने त ? बिद्रोहको न कुनै साइत, न बेला, न सिमाना न ठेगाना केहि हुदैन । आम नागरिक बनेर एकचोटि सोचौं । कुनै पार्टीको निर्देशनमा होमिने हनुमान भन्दा गर्वका साथ राष्ट्रिय झण्डा बोकी अन्तरमनबाट एकचोटी चिन्तन गरौं के यो समय वास्तवमा आन्दोलनको हो त ? उत्तर सामान्य पक्कै होइन ।
कुरा MCC को
आन्दोलन गर्नुको आवश्यकताको कयौं कारण मध्य एमसीसी प्रमुख कारण हो । सत्ताधारी दलमा यसका सबल पक्ष अनि दुर्वल पक्ष बीचमा कयौं वहस भएका छन् भने भैरहेका पनि छन् । केहि राजनीतिक दल यसका सवल पक्षबाट बहस केन्द्रित गरिराखेका छन् भने कयौं यसको दुर्वल पक्षमा बहस केन्द्रित गरिरहेका छन् ।
MCC लाई राष्ट्रहित विपरित छ भनेर सडकमा आन्दोलनको राँको बलेको छ । अधिकांंशले यो राष्ट्रघाटी हो भनेर चर्काे विरोध गरिरहेका छन् भने कतिपयले यसले समृद्धि नेपाल अनि सुखी नेपालीको नारालाई सार्थक बनाउने प्रमुख आधार खम्बाका रुपमा चित्रण गरिरहेका छन् । यसको पक्ष र विपक्षमा सदनदेखि सडकसम्म नाटकमन्चन भैरहेको छ ।
खैर जे भएता पनि mcc ले राष्ट्रहित विपरीत कार्य गर्दैन, नेपालको स्वाधिनता र राष्ट्रिय अखण्डतामा आच आउदैन, समृद्धि नेपाल अनि सुखी नेपालीको नारालाई टेवा पु¥याउछ भने यो पास गरिनुपर्दछ । यदि mcc को नाउँमा अमेरिकन सैनिकले नेपाली भूमिका क्याम्प जमाएर नेपालीको छात्ती बुट बझार्न खोज्दै छ भने र मुलुकको स्वाधिनता र राष्ट्रिय अखण्डातामा आँच पु¥याउछ भने यो कदापी पास गरिनु हुन्न । नबुझेरै तर्क वितर्क गरेमा आफै ठूलो दुर्घटनामा परिन्छ ।
भष्टाचारको पाटो
विधिको शासन, कानुनी राज्यको अवधारणा अनुसार भष्टाचार शुन्य रहनु पर्दछ । तर नेपालले विधिको अनि कानुनी राज्यको अवधारणा अनुसरण गरिएता पनि भष्टाचार केन्द्रीत देखिएको छ । जुन आफैमा एउटा लज्जाको विषय बनिरहेको छ । नेपालमा भष्टाचार आजको समस्या होइन सदियौ देखि निरन्तररुपमा रहेको छ ।
यसका विरुद कयौं आन्दोलन भएका छन् । आवाज जति उठे पनि यसको नियन्त्रणमा कुनै परिवर्तन देखिएको छैन उल्टै झन झन मौलाईरहेको छ । जनता कोराना महामारीमा जकडिरहेको बेला मानवीय सम्बेदनासंग जोडिएको कुरालाई थाँती रखेर यहि वखत १० औं अर्बको भष्ट्राचारमा मुछिनु सरकारको नालायकी पन हो ।
यही कारण पनि आन्दोलनमा जनता उत्रिएका हुन् । सरकारले जवाफ दिनु पर्न र भ्रष्ट्राचारमा डुबेमा मन्त्री र भ्रष्ट्राचारीलाई कानूनी दायरामा ल्याएर कारबाही गर्नु पर्छ । नेपाली मन मस्तिष्कले अब अति भयो भ्लयगनज ष्क भ्लयगनज भन्दै अहिले हिसाब किताब माग्नुको कारण सरकारले बुझ्नु पर्छ ।
निष्कर्ष
यो बेला महामारीको बेला हो । जतिसुकै आन्दोलन वा नारा लगाउनु परे पनि यो अवस्था भनेको हामी कसरी महामारीबाट सुरक्षीत रहने र आफूसंंगै समाज, परिवार र राष्ट्रलाई कसरी सुरक्षित राख्ने ? भन्ने कुरा नै प्रमुख हो । कयौं असन्तुष्टिहरु होलान ती सबै हिसाब किताब पछि खोजौंला ।
प्रकाश कार्की, भक्तपुर
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
नेपालको राजनीतिलाई अस्थिर राजनीतिको संज्ञा दिने गरिन्छ । मिलिजुली प्रकृतिको सरकारको त कुरा छाडौ बहुमतको सरकार बन्दा पनि हामीले स्थायी सरकार प्राप्त गर्न सकिरहेका छैनौ । यो हाम्रो विडम्वना...
बंगलादेशको आधिकारिक नाम जनगणतान्त्रिक बंगलादेश हो । सन् १९४७ मा जव भारत र पाकिस्तान विभाजन हुँदै थिए । त्यो समय यसलाई पूर्वी पाकिस्तानको नामले चिनिन्थ्यो । करिब १ हजार...
दक्षिण एशियामा उदीयमान अर्थतन्त्रको रुपमा अघि बढीरहेको बंगलादेश पछिल्लो समय जनताको सामान्य माग पुरा गर्न नसक्दा उथलपुथलको दलदलमा भासिन पुगेको छ । जनताका सामान्य माग सम्बोधन गर्न हिचकिचाउदा सत्ता...
सानै उमेर देखि समाज सेवामा लागेका एक युवा व्यवसायीसंगको अन्तरंग कुराकानी आजको प्रस्तुतीमा राखेका छौं । सबै युवाले मेहेनत गरे नेपालमा नै सबै गर्न सकिन्छ भन्ने उदाहरण बनेका नगरकोट...