उद्याेगी व्यवसायीका समस्या हल गर्न सरकारलाइ घचघच्याउछु : केपि अवाल

उद्याेगी व्यवसायीका समस्या हल गर्न सरकारलाइ घचघच्याउछु : केपि अवाल image

नीति नियमलाई कडाईपूर्वक कार्यान्वयन गरी व्यापक मात्रामा रोजगारीका अवसर सिर्जना गरेर साना साना पुँजीलाई एकतृत गरी उद्योगमा लगाउने, जसबाट समग्र जनताको आयस्तरमा वृद्धि हुने विचार व्यवसायी केपि अवालको छ । जनचाका आयस्तर वृद्धिहुने खालका कार्यक्रमहरू ल्याउन आवश्यक ठान्ने भक्तपुरका उनै व्यवसायी केपि अवालसंग व्यवसायीकाे अवस्था समस्या, चुनौती, समाधानका उपाए र निर्वाचनका बारेमा कुराकानी गरेका छौं ।

तपाई नेपाली उद्योगको क्षेत्रमा प्रवेश गरेको कति भयो ?
उद्योगको क्षेत्रमा भन्नु पर्दा मेरो इट्टा उद्योग हो । मेरो पूर्खा देखि नै गरि आएको उद्योग हो । बुबाको कामलाई निरन्तरता दिएको हुँ । सधै यहि काम किन गर्ने भनेर ३६ सालमा साझा भण्डारमा जागिर गरे ।

विगत लामो समय देखि उद्योग क्षेत्रमै हुनु हुन्छ, बिचमा के के गर्नु भयो ? 
जागिरको अनुभव समेटे पछि रेडिमेट व्यापार गरे । भाईहरु ठूलो भएपछि मैले इट्टा उद्योगलाई चाहिने कोइलाको व्यापार गरे । संगसंगै हार्डवयरको काम गरे । होटलपनि संचालन गरे । सफता नै छ भनौं । विभिन्न व्यापारिक संघ सस्थामा मेरो शेयर लगानी छ भनौं ।

यो सबै अनुभवले के भन्छ अथवा के कुरा सिकाउदछ ?
उद्योग संचालनको अनुभवमा निरन्तरता हुनु पर्छ भन्ने कुरा मलाई लाग्छ । जसले गर्दा सफल्तामा पुग्न सजिलो हुन्छ । व्यापारमा उतार चढाब भइरहन्छ । जवसम्म आफ्नो व्यवसायमा समय दिन सकिदैन तब सम्म सफलता हासिल गर्न सकिदैन । लगन, मेहनत गरेपछि सफलतामा अवश्यै पुग्न सकिन्छ ।

बिचमा तपाईले कुनै हण्डर ठक्करकाे सामना गर्नु भयो कि ?
हण्डर ठक्करको कुरा गर्दा उद्योग व्यवसायमा उतार चढाप त भइनै रहन्छ । मैले एक चोटी बैंकको व्याज पनि तिर्न नसक्ने अवस्थामा थिए । हार नमानी मेहनत गर्दै गए पछि राइज हुन पुगें ।

अहिले के छ अवस्था उद्योग व्यवसायको ?
अहिलेको व्यवसाय भन्दा मन्दीको रुपमा नै चलिरहेको छ । जुन बेलामा भुकम्पले घर बनेको थियो, त्यो बेला माथि गएको थियो । माग बढेको थियो तर अहिले अलि कम भएको छ । हतास हुनु भएन, सक्ने किसिमको उत्पादन भैरहेको छ ।

यस्तो अवस्थामा सरकारले के गरिदिए राम्रो हुन्थ्यो जस्तो लाग्छ ?
यस्तो अवस्थामा भन्दा पनि सरकारले अहिले पैसाको चलखेल बजारमा कम गरेको होकी ? पैसाको हुनु पर्ने चलखेल नहुँदा उद्योग व्यवसाय खस्केको अवस्थामा छ ।

उद्योगी व्यवसायी किन संगठित हुनु पर्दो रहेछ त ?
सवै नीतिको राजा राजनीति हो । राजनीति संगसंगै अरु नीति बन्ने हो । जब सम्म राजनीति सुध्रिदैन तब सम्म अरुनीति ओझेलमा पर्छ । त्यसैले पनि उद्योगी व्यवसायीले व्यवसायीक नीति बलियो बनाउन पनि एक हुनु पर्छ भन्ने लाग्छ । व्यवसायीक नीति राम्रो बनाउन पनि संगठित हुनु पर्छ । विभिन्न जिल्लामा पनि त्यस्तै लविङ्ग भैरहेको छ ।

नेपाल उद्योग बाणिज्य महासंघको निर्वाचन हुर्दै छ यसकाे  तयारी के छ ?
नेपाल उद्योग बाणिज्य महासंघको निर्वाचन हुदै छ । अहिले सम्म भक्तपुर जिल्लाबाट महासंघमा केन्द्रीय प्रतिनिधि नभएकाले पनि साथीहरुले भक्तपुरबाट केपि अवाल जानै पर्छ भनेर भनिरहेका छन् । त्यसै अनुसार मेरो अनुभवलाई पनि साथीहरुको भनाइमा नै लगाउनु पर्न भनेर पूर्वतीरको भिजिट पनि गरेको छु । महासंघमा जाने निर्णय पनि गरेको छु । 

माहोल कस्तो छ ?
सबैले सकारात्मक सुझाव दिएका छन् । विभिन्न संघ सस्थाबाट खारिएर आएको मान्छे, विभिन्न सस्थाको नेतृत्व पनि समालिसकेको मान्छे तपाई नै महासंघमा जानु पर्छ भनेर साथीहरुले भनिरहेका छन् । माहाेल एक दमै राम्राे छ ।

कहाँ कहाँ काम गर्नु भयो ?
लाइन्सको डिस्ट्रिक गर्भनर भैसकेको छु । रेडक्रस भक्तपुरको सभापति, रोटरीको जिल्ला अध्यक्ष, भक्तपुर जेसिसको अध्यक्ष, भक्तपुर इट्टा व्यवसायी संघको अध्यक्ष, नेपाल इट्टा उद्योग महासंघको महासचिवको रुपमा कार्यरत लगायतका धेरै क्षेत्रमा काम गरेको छु । सामाजिक संघ सस्थामा आवद्ध छु । धेरै क्षेत्रका अनुभवहरुलाई समेटेको हुनाले पनि केन्द्रीय सदस्यकाे प्रत्यासी साथीहरूले बनाएका हुन् ।

के भन्नु हुन्छ तपाईलाई भोट दिने सदस्यहरुले, तपाई किन दिने भोट ?
नेपाल उद्योग बाणिज्य महासंघ यस्तो सस्था हो, जुन सस्था उद्योगी व्यवसायीको छाता संगठनको रुपमा रहेको छ । एउटाले खुट्टा कमाएपछि सबैलाई असर पर्छ । त्यसैले दह्रोसंग उद्योगीका कुरालाई उभ्याउनका लागि मलाई भोट दिने हो । सक्षम नेतृत्वले उद्योगी व्यवसायीका समस्या हल गर्न पनि मलाई भोट दिनु हुन्छ । मेरो उम्मेदवारी उद्याेगी व्यवसायीका समस्या हल गर्न पनि हाे ।

तपाईका एजेण्डा, त्यहाँ जाँदाखेरी म यही गर्छु भन्ने केहि छ ?
धेरै जसो केन्द्रीय सदस्य साथीहरुले के भन्नु हुन्छ भने, दुई महिनामा एक चोटी हाजिर ग¥यो सकियो भन्नु हुन्छ । त्यस्तो नभएर जिम्मेवारी लिनु पर्छ भन्छु । जिम्मेवारी वहन गर्नु पर्छ । कार्यसमितिमा पनि महत्वपूर्ण रोल हुन्छ सक्षम नेतृत्वमा पु¥याउन । उद्योगी व्यवसायीमा परेको मर्कालाई समाधानका लागि महत्वपूर्ण भूमिका खेल्न, साना साना पुँजीलाई विकास गर्न, आर्थिक समृद्धिकालागि मेरो भूमिका रहन्छ ।

अहिले उद्योग व्यवसाय धरासायी बन्दै गएको छ, उद्योगी व्यवसायीका समस्याहरु के छन् ?
समस्या त धेरै छन् । अर्थमन्त्रीले जुन भिसिटिएस, ट्याक्सका कुरा, सामाजिक सुरक्षाका कुराहरु भए अन्य विभिन्न नीति नियमहरु लागु गर्नु भएको छ । ती राम्रा पनि छन् तर ती एकै चोटी लागु गर्न खोज्दा समस्या आउछ । राम्रो कुरा पनि एकैचोटी खाए पेट दुख्छ, पचाउन गाह्रो हुन्छ । त्यस्तै सिस्टमलाइ एक एक गरि लागु गर्नु पर्ने हो । यी कुरा ध्यान दिन जरुरी छ ।

भक्तपुर उवासंघलाई तपाई के भन्नु हुन्छ ?
धन्यबाद दिन चाहन्छु । सक्षम नेतृत्व भनेर तपाईलाई दिएका छौं भनेर मलाइ दिनु भयो । व्यवसायीका समस्या समाधान गर्न जुन विश्वासका साथ मलाई उम्मेदवारी दिनु भयो त्यसका लागि धेरै धन्यवाद दिन्छु ।

अब अन्तमा तपाई मतदातालाई कसरी आश्वस्त पार्नु हुन्छ ?
मैले मतदातालाई तपाईहरुले दिएको मत खेर जान दिने छैन भनेर भन्छु । भोलिका दिनमा तपाईले गरेकाे सहयोगको अनुभुति दिलाउने छु । उहाँहरुको विश्वासलाई उचाईमा पु¥याउने छु । त्यसैले भोट दिनुहाृस भनेर आव्हान गर्दछु ।

विचार दिनु भयाे त्यसकाे लागि धन्यवाद । मेराे विचारलाइ सबैका माझ ल्याइदिनु भयाे त्यसका लागि तपाइ र कैलाश खबर परिवारलाइ पनि धन्यवाद ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda