कोरोना भाइरसको चपेटामा तैरिरहेको विश्व आज त्रसित मात्रै होइन यसबाट कसरी बच्न सकिन्छ ? खोजीनीति गरिरहेको छ । सन् १९१८ को हैजाको महामारी पश्चात दुइओटा विश्व युद्द भए । कयौं प्राकृतिक प्रकोपहरु आए । भुकम्प, सुनामी देखि विविध आतंकवादी विध्वंसहरु मच्चिए ।
विभिन्न देशमा क्रान्ति, प्रतिक्रान्ति एबं कयौं मानविय एबं आर्थिक क्षति बेहोर्नु पर्यो । तर कोरोना जस्तो जिवाणुले विश्वलाई एकसाथ प्रभावित बनाएको यो पहिलो घटना हो । तर यसभन्दा पहिले भएका महामारीहरुमा विभिन्न देशहरुले आआफ्नै तरिकाले संकटको सामना गरेका थिए । यो महामारीमा अहिले सम्म विश्वभरी ३ लाख ४४ हजार ४१ जना भन्दाबढि मानिसले ज्यान गुमाउनु परेको छ ।
५४ लाख ७ हजार ७७९ जना संक्रमणको चपेटामा परेका छन् । नेपालमा पनि ३ जनाको ज्यान गएको, ५८४ जना संक्रमणको चपेटामा परेको तथ्याकं छ । यता बेलायतमा मात्र ३६ हजार ६७५ भन्दा धेरैले ज्यान गुमाइसकेका छन् । बेलायतमा रहेका ४० भन्दा बढि त नेपालीको ज्यान कोरोनाले लिईसकेको छ । लन्डन, मिलान, पेरिस, न्युयोर्क जस्ता ब्यस्त, धनी र आधुनिक सहरहरु यतिबेला सुनसान छन् ।
नागरिकमा मानसिक तनावका साथै आक्रान्त बनेका छन् । चीनको वुहानबाट सुरु भएको यो कहरलाई शुरुमा धेरैले सामान्य रुपले लिए । गम्भीरतापूर्वक नलिँदा यो इटाली छिर्यो । इटालियनहरु आफैंपनि गंभीर नभएकाले नराम्रोसित फैलियो । इटालीमा फैलिँदा युरोपियन युनियन भित्रका अन्य शक्ति राष्ट्रहरुले ‘हामी कहाँ सम्म आइपुग्दैन’ झैं ठाने । तर कोरोनाले के छोड्थ्यो ।
पछि युरोप हुँदै अमेरिकासम्म आक्रमण गर्यो । झन पछि झन झन संक्रमण बढ्दै गयो । मर्नेको संख्या दिनानुदिन घट्नुको सट्टा बढ्दै गयो । सरकारका प्रयासहरु निकम्मा झैं देखिए । हुँदाहुँदै दुई सय १२ भन्दा बढी मुलुकमा संक्रमण फैलियो । आजसम्म पनि विश्व मानव जीवनलाई ठाडो चुनौती दिईरहेको छ कोरोनाले । वैज्ञानिकहरुले यसका विरुद्ध अहिलेसम्म कुनै भ्याक्सिन(सुइ) वा औषधि पत्ता लगाउन सकेका छैनन् ।
अहिले विश्वका धनी र शक्तिशाली देशहरु तौरमौरको स्थितिमा छन् । अर्थतन्त्र लगभग ठप्प छन् । बेलायतमा ३० प्रतिशत रोजगारी गुमेको अवस्था छ । करारमा काम गर्नेहरुलाई सरकारले तलबको ८० प्रतिशत त दिइरहेको छ । तर मानिसहरु आक्रान्त छन् ।
रोजगारिको कुनै निश्चितता छैन । कोरोना भाईरस फर्केर आउन्न भन्ने एकिन छैन । विश्व स्वास्थ्य संगठनले पनि सामान्य पीपीइको प्रयोग र हात धुने बाहेक अरु यसबाट बच्ने उपाय दिन सकिरहेको छैन । संसारभरिका देशहरुले कोरोनासँग लड्नका लागि लकडाउन नै अन्तिम अस्त्रका रुपमा लिएका छन् ।
नेपालमा पशुपतिनाथ र बौद्धनाथ
नेपालमा भने पशुपतिनाथ र बौद्धनाथको आशिर्बादले भनुँ या सिमेभुमेले रक्षा गरेर हो लगभग ६ सय जना भन्दा बढी संक्रमित भएको समाचार आएको छैन । तर कुनै अप्रिय समाचार जति सुनियो त्यो भन्दा बढि सुन्न नपरोस पनि । विदेशमा बस्ने नेपालीहरु पनि यस कहरबाट प्रत्यक्ष मारमा भने परेकै छन् ।
युरोपमा क्रियासिल पत्रकारले सामाजिक संजालहरुमा कोरोना सम्बन्धि प्रत्यक्ष बहसहरु संचालन गर्दै आइरहेका छन् । के लाग्छ भने अब मर्नेको संख्या मात्र गनेर हुँदैन । अब कोरोनासँगै हामीले जिउने आधार र बाटोहरु संमयित भएर खोज्नुपर्ने छ । यसको बिषयमा गहन छलफलहरु आवस्यक छ । नेपाल जस्तो मुलुकमा लकडाउन नै अन्तिम विकल्प बन्नुको पछाडि नेताहरुले समयमै विकास गर्न नसक्नु हो ।
हाम्रो जस्तो सानो अर्थतन्त्र भएको मुलुकमा धनी राष्ट्रसरह मुलुकलाई ठप्प पार्न हुन्छ कि हुन्न ? बहस त बन्नु पर्छ नै । घिटीघिटी अवस्थामा रहेको अर्थतन्त्रलाई अझै कम्जोर बनाइ मुलुकलाई ५० वर्ष पछाडी लैजादै गरिरहेको दृष्टान्त हामीमाझ उभिएको छ । तर बाध्यता पनि छ सरकार लाई यो विषयमा उदासिन छ भनेर कसरी भनुँ । न त कुनै जवाफ छ । यसबाट पार लाग्ने नत कुनै कार्ययोजना नै देखिन्छ ।
त्यतिमात्र नभएर देशमा विविध खाले विवादले झन जटिल्ता आइरहेको भान हामी विदेशमा बसेका नेपाली नागरिकमा पर्न गएको छ । यतिबेला कोरोनाको नियन्त्रणमा लाग्नु पर्ने भारत नेपालको सीमा मिच्न तिर लाग्यो । नेपाली भूमि हाकाहाकी हडप्न खोज्नु हामी नेपालीलाई सैय हुुने छैन । हाम्रो सार्वभौमिक्तामा आँच आउने खालका गतिविधि टुलुटुलु हेरेर पनि बस्न सकिदैन ।
हामी जस्ता विदेशमा बसेर श्रम गरी राष्ट्र प्रेम बोक्ने युवाहरु मर्माहत हुनु र मानसिक रुपमा अक्रान्त बन्नु स्वाभाविक हो । तर कसैले हाम्रो भूमिमाथि गीद्धे नजर लाउछ भने जागिर छोडेर लड्न पनि तयार रहेका छौं भन्न चाहन्छु । सीमा रक्षा भन्दा कोरोना ठूलो होइन कोरोना पचाएर पनि आफ्नो भूमिको रक्षा गर्न हामी नेपाली तयार छौं ।
कुरा कोरोना कै गरौं । हामी विदेशमा बस्नेहरुको अनुभवको आधारमा नेपालमा लक्डाउन व्यवस्थित गर्नु पर्छ । सुक्ष्म तरिकाले नाका र भारतसँगको खुल्ला सिमानामा अध्ययन गरी कसरी कोरोनाबाट बाँच्न र बचाउन सकिञ्छ भन्ने सोच्नु पर्छ ।
अर्थतन्त्रलाई कसरी जीवित राख्न सकिन्छ ? भन्ने कुरामा सरकारले जोड दिनै पर्छ । बेलायत र इटालीकै अनुभव हेर्ने हो भने पनि उनीहरुको बुझाई ठिकै होला । अर्थतन्त्र कसरि जीवित राख्ने भन्ने बिषयमा निरन्तर चिन्तन, अध्ययन अनुसन्धान भैरहेको छ । नेपालमा पनि यस बिषयमा सरकार गम्भीर बन्नु पर्छ ।
रोम स्थित नेपाली कन्सुलर पाओलो नुगारी भन्छन् ‘नेपालमा संयम हुनु जरुरि छ । तर इटाली, चिन, बेलायत लगायतका देशहरुका संक्रमणका अनुभवबाट नेपालले सिक्ने मौकापनि पाइरहेको छ । स्वास्थ्य नीति बलियो र चुस्त बनाइ लक्डाउन खोलेर दैनिक रुपमा ज्यालादारी, मजदुरी गरी बाँच्ने श्रमिकहरुले बाँच्न पाउने अवस्था बनाउनु पर्छ ।
साना र ठूला व्यवसाय खुल्ने वातावरण बनाउन पनि जरुरी छ । कोरोनाका कारण विदेशबाट टूलो संख्यामा युवाहरु स्वदेश फिर्ती हुनुले नेपालमा झन भयावह स्थिति आउने खतराको घण्टी बजिरहेको छ । अझै कैयो नागरिक नेपाल फर्कने सम्भावना प्रबल छ । यदि सरकारको उदासिनता कायम नै रहेमा स्थिति झन भयावह हुनेछ ।
त्यस चुनौतीलाई अवसरका रुपमा लिई सरकारले स्वरोजगार, प्रोत्साहन र लगानीको वातावरण सिर्जना गराउने र त्यसका लागि उचित नीति निर्माण गरि ऋण एबं ब्याजदरमा सकेको सहुलियत प्रदान गर्ने वातावरण बनाउन जरुरी छ । नेपालको अर्थतन्त्रलाई मध्यनजर गर्ने हो भने लक्डाउन नै अन्तिम अस्त्र होइन जस्तो पनि लाग्छ । सरकारले गहन अध्यन गरेर समाधानको लागि ध्यान देवस शुभकामना ।
बिशाल तामाङ, लन्डन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
हाम्रो जीवनमा औषधिहरूको आविष्कारले ठूलो क्रान्ति ल्याएको छ। त्यसमध्ये एन्टिबायोटिकहरूले ब्याक्टेरियाबाट हुने संक्रमणको उपचारमा अभूतपूर्व सफलता हासिल गरेर लाखौँ मानिसको ज्यान बचाएका छन् । तर, आज यही जीवन रक्षक...
सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको दुधकुण्ड नगरपालिका–११ स्थित एक पवित्र, रहस्यमयी र अनुपम धार्मिकस्थल गौंरी टाप धाम यो भूभाग केवल एक प्राकृतिक रमणीय स्थल मात्र होइन, यो मातृशक्तिको आराधना, तपस्याको...
दार्चुला, व्यास–१ । नेपालको नक्सामा चुच्चो भएर ठडिएको सुदूर हिमाली गाउँ टिंकर, जसको प्राकृतिक सुन्दरता अतुलनीय छ, तर राज्यको नजरमा अझै ओझेलमा परेको छ। यहाँका सौका समुदायका बासिन्दा वर्षको...
शिक्षा राष्ट्रको मेरुदण्ड हो। कुनै पनि राष्ट्रको समुन्नति, प्रगतिशीलता र दिगो विकासको प्रमुख आधार सशक्त र समयसापेक्ष शिक्षा प्रणालीमा निर्भर हुन्छ। नेपालमा पछिल्ला दशकहरूमा शिक्षामा उल्लेख्य सुधार भए पनि...