के तपाई आमा बन्दै हुनुहुन्छ ? सावधानी अपनाउनुस यी कुरामा…

के तपाई आमा बन्दै हुनुहुन्छ ? सावधानी अपनाउनुस यी कुरामा… image

पैत्यक नारीलाई आमा बन्ने रहर हुन्छ । प्रत्यक दिन आमा बन्ने महिलाको संख्या अत्याधिक बढीरहेको छ । हरेक महिला एक दिन आमा बन्छिन् र आमा बन्दा गर्वको महसुस गर्छिन । तर, आमा बन्नको लागि आईपर्ने जिम्मेवारी र आमाले निभाउनु पर्ने भूमिकामा सक्षम छ कि छैन भन्ने कुरा कहिल्यै ख्याल गर्नु भएको छ ?

आमा बन्नु अगाडि एउटा महिला मानसिक तथा शारीरिक दुबै रुप बलियो हुनु नितान्त आवश्यक छ । मानसिक र शारिरीक दुवै रुपले सक्षम भएपछि मात्र उ एक सफल आमा बन्न सक्छ । त्यसपछि मात्र उनले आफ्नो सन्तानको लालनपालन राम्रोसँग गर्न सक्छिन् । आमा बन्नु भनेको कठिन र जटिल कुरा हो ।

Resma k Bk

लेखक : रेशमा कुमारी विश्वकर्मा -अनमी तिलेपाटा स्वास्थ्य चाैकी, दैलेख

किनभने बच्चा जन्माउनुभन्दा पनि उसको लालनपालन र उसको भविष्य सुन्दर बनाउनु ठूलो चुनौतीको कुरा हुन्छ । ती चुनौतीहरु एक आमाले नजिकबाट थाहा पाइरहनु पर्छ । यदि तपाईंं आमा बन्दै हुनुहुन्छ वा आमा बन्ने योजनामा हुनुहुन्छ भने यी सावधानी अपनाउन आवश्यक छ ।

सन्तुष्ट हुनुहोस

सर्वप्रथम आफू आमा बन्न तयार छु कि छैन भन्ने कुरामा आफूलाई सन्तुष्ट बनाउनुहोस । तपाईंंलाई आफू आमा बन्न पूर्ण रुपले तयार छु जस्तो लाग्छ भने मात्र तपाईंले आफ्नो बच्चाको जिम्मवारी राम्रो सँग निभाउन सक्नुहुनेछ । त्यसैले पहिला आफु सन्तुष्ट हुनुहोस ।

आर्थिक रुपमा तयार हुनुहोस

एउटा आमा आर्थिक रुपमा तयार हुनु अति नै आवश्यक हुन्छ । जब परिवारमा एउटा नयाँ सदस्यको आगमन हुन्छ त्यसपिछ खर्च बढ्न पनि थाल्छ । तपाईंंको बच्चाको भविष्य तपाइले नै बनाउने हो । यदि तपाईंंले यी कुराहरुमा ध्यान दिनुभएन भने भविष्यमा बच्चालाई विभिन्न समस्याहरु सामाना गर्नु पर्ने हुनसक्छ ।

त्यति मात्र होइन एउटा आमा-बुबाले सधैं आफ्ना बच्चालाई आर्थिक सर्पोट गर्नु पर्छ र एक दिन तपाइको बच्चा आफ्नो खुट्टामा उभिन्छ । एउटा बच्चाको स्याहार-सुसारमा कति खर्च लाग्छ भन्ने कुरा पनि थाहा पाउनुपर्छ । हरेक परिवार धनी नै हुन्छ भन्ने हुँदैन । त्यसैले यस्तो हिसाब गरेर आर्थिक रुपमा आफूलाई तयार राख्नुपर्छ ।

अरुबाट सिक्नुहोस

बच्चाहरुको हेरचाह, लालनपालन एउटी आमाले कसरी गर्छिन् र कसरी उनीहरुलाई सम्हाल्छिन् भन्ने कुरा तपाईंंले अरू आमालाई पनि देख्नु भएकै होला । जसरी बच्चाको हेरचाहका लागि अरु आमाले काम गरिरहेकी छन्, त्यसरी नै तपाई जिन्दगीमा पहिलो पटक आमा बन्दै हुनुहुन्छ भने तपाईंंले ती सम्पूर्ण कुराहरु सिक्नै पर्छ । यी कुराको अन्दाज तपाईलाई नहुन पनि सक्छ । यस्तो अवस्थामा तपाईंंले अरु आमाहरुसँग धेरै कुरा सिक्न सक्नु हुनेछ ।

जिम्मेवारीको बाेध गर्नुहाेस

जब तपाईंं आमा बन्नुहुन्छ, तब तपाईंको जिम्मदारी पनि बढ्डै जान्छ । तपाईंंको काम पनि बढ्दै जान्छ । त्यस्तो बेलामा तपाईं आफूलाई मानसिक साथै शारीरिक रुपमा बढ्दै गरेको जिम्मेदारीका लागि पनि तयारी राख्न पनि आवश्यक छ । यसरी तपाईंं सबै कुरामा आफूलाई तयार गरेर आमा बन्ने जिम्मेवारी राम्रोसँग पूरा गर्न सक्नु हुन्छ ।

गर्भवती अवस्थामा हुनसक्ने समस्याहरू
गर्भवती भएका बेला तपाईको जिउमा परिवर्तन आउँछ। कहिलेकांहि भने गर्भवती अवस्थामा तल लेखिएका समस्याहरू पनि देखापर्न सक्छन् तर याद गर्नुहोस् गर्भावस्थामा धेरैजसो यस्ता समस्याहरू सामान्य मानिन्छन ।

वाकवाकी लाग्नु

गर्भ रहँदा वाकवाकी लागेको महसुस हुने गर्दछ । यस्तो समस्या कहिलेकाहीं दिनभरि नै हुन सक्छ । हुन त यसलाई प्रायः औछान लागेको पनि भनिन्छ । सामान्यतः यो समस्या गर्भ रहेको तीन वा चार महिनापछि स्वतः समाप्त हुन्छ ।

तिर्खा लाग्नु

खाना खानुअगाडि दिनको दुई-तीनपटक एक गिलास अदुवा पानी वा दालचिनी पानी थोरै-थोरै गरेर खानुहोस्। पचाउन कठिन पर्ने वा बढी तेल भएका खानेकुरा नखानुहोस्। कागती चाट्ने गर्नुहोस्। आफ्नो स्वास्थ्य कार्यकर्ता वा सुँडेनीसँग कुनै घरेलु औषधि वा उपाय छन् कि भन्ने जानकारी लिनुहोस्।

अमिलो पानी आउने 

यस्तो बेलामा घाँटीमा अमिलो पानी आउने वा छाती पोल्ने गर्छ । गर्भ रहेको ७-८ महिना पुगेपछि प्रायजसो पल्टंदा वा केही खाँदा यस्तो हुनेगर्छ ।

के गर्ने

एकैपटक धेरै खाना खानुको सट्टा थोरैथोरै गरी धेरैपटक खानुहोस्।
मसला वा तेलयुक्त खानेकुरा नखानुहोस्।
पानी र अन्य झोल पदार्थ प्रशस्त पिउनुहोस् ।
खाना खानेबित्तिकै नपल्टनुहोस्।
पेटभन्दा टाउको माथि हुने गरी अग्लो तकिया राखेर सुत्ने गर्नुहोस् ।
दूध वा दही खानुहोस्। पाइएमा सोडापानी वा एन्टासिड लिनुहोस्।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda