चीनका किसानमुखी राष्ट्रपति सी जिनपिङ खेतमा, कम्युनिष्टले पढ्नै पर्ने कुरा

चीनका किसानमुखी राष्ट्रपति सी जिनपिङ खेतमा, कम्युनिष्टले पढ्नै पर्ने कुरा image

३० जेठ २०७७ काठमाडौं । वास्तविक किसानका राष्ट्रपति भनेर चिनिने चिनियाँ राष्ट्रपति सी जिनपिङ यतिबेला कृषका साथ खेतमा उत्पादन बढाउन लागिरहेका छन् । सर्वहारा वर्गका राष्ट्रपतिले खेत खेतमा गएर किसानहरूलाई प्रोत्साहन गर्दै खेतमा नै रमाई रहेका छन् ।

गरिबी हटाएर सम्पन्नता ल्याउन कम्यूनिष्टहरु उत्पादन तर्फ लाग्नु पर्ने र त्यसकालागि आफूले कुनै कसर बाँकि नराख्ने भन्दै सीले चीनमा गरेको सम्बोधन यतिबेला चिनियाँ सञ्चारमाध्यमले प्रमुखताका समेटेका छन् । सीले बुधवार विभिन्न प्रान्तमा गएर किसानहरूसँग छलफल समेत गरेका थिए । युनान, बेइजिङ, हुबेई जिज्याङ, सान्सी प्रान्तमा पुगेर सी ले किसानका साथ काम समेत गरेका छन् ।

किसानमुखि कम्युनिस्ट पार्टीका योजनालाई चिनियाँ किसानले पूर्ण रूपमा लागू गरिरहेका छन् । किसानका पक्षमा काम गर्न पनि सीले उच्च अधिकारीलाई निर्देशन दिएको समेत चाइना संचारमाध्यमले जनाएका छन् । कोरोना भाइरसका कारणले थनथिलो परेको अर्थतन्त्रलाई उकास्न किसानको भूमिका महत्त्वपूर्ण हुने भन्दै सरकार सधैं जनताको साथमा रहेको सीको भनाई छ ।

विश्वशक्ति सम्पन्न मुलुका राष्ट्रपति किसान कहाँ पुग्दा नत उनका अघि न पछि सुरक्षाकर्मी लावालस्कर देखियो नत तडकभडक नै देखियो । तर नेपाल लगायत केहि कम्युनिष्ट भनाउदा देशका कम्यूनिष्ट नेताहरुको आवत जावत र सुरक्षाकर्मीको लावालस्कर र तडक भडकले भने सीबाट धेरै कुराको सिको गर्न जरुरी छ ।

उत्पीडित समुदायलाई भोट बैंकको रुपमा प्रयोग गर्ने नाममात्र नेपालका कम्युनिष्टले त झन सिक्न जरुरी छ । शक्तिशाली देश चीनका राष्ट्रप्रमुख किसानको खेतमा गएर भलाकुसारी गर्दा र उनका जनताले खुसी मनाउदा नेपाललाई भने कम्यूनिष्ट नेताको व्यवहारले गिज्याई रहेको छ ।

काे हुन सि जिङपिङ ? पढाैं…

२१ औं शताब्दीमा यस्ता कमै नेता छन् जो खेतमा मेहनत गरेका र पछि उनी सत्ताको शिखरमा पुगेका हुन्छन् । पाँच दशक पहिले जब चीनमा साँस्कृतिक क्रान्तिको तुफान आएको थियो । त्यो समय १५ बर्षका केटा सि जिङपिङले ग्रामिण भूभागमा कष्ट भरिएको जिन्दगीको सुरुवात गरेका थिए ।

चीनको भित्री इलाकामा जहाँ चारैतर्फ खाल्डाहरु थिए, अग्ला पहाडहरु थिए । त्यहाँबाट सि जिङपिङको जिन्दगीको युद्ध सुरु भएको थियो । जुन ठाँउमा उनले खेती किसानीको सुरुवात गरेका थिए, गृहयुद्धको समयमा त्या चीनका कम्युनिस्टहरुको गढ थियो ।

येनानका मानिस आफ्नो इलाकालाई चीनको लाल क्रान्तिको पवित्र भूमि मान्दथे । चीनको सत्तारुढ कम्युनिस्ट पार्टीले राष्ट्रपतिको कार्यकालमा लागेको सीमा हटाउने प्रस्ताव राखेको थियो । यो एउटा यस्तो कदम हो जो नेता सि जिङपिङलाई सत्तामा राखिरहन्छ । चीनको राजनीतिमा यसलाई एक निर्णायक घडीको रुपमा देखिएको छ ।

उनी आज एक यस्तो देशको अगुवाई गरेका जो धेरै तिव्र रुपमा संसारको सुपरपावरको रुपमा उक्लिरहेको छ । तर चीन एउटा यस्तो देश हो जुन यस कुराका कडा निगरानी राखिरहेको छ की उसको नेताको बारेमा के भनिन्छ ।

सि जिङपिङको आफ्नो कथा 

चाखलाग्दो कुरा यो छ की, जहाँ चीनमा तमाम भित्रि इलाकाहरु तिव्र रुपमा शहरीकरण भइरहेको छ । त्यहि राष्ट्रपती सी को गाँउलाई भने जस्ताको त्यस्तै राखिएको छ । कम्युनिस्ट पार्टी समर्थकहरुको लागि सिको गाउँ एक तिर्थस्थल हो ।
खेतसँग जोडिनु
१९६८ मा अध्यक्ष माओले लाखौँ युवाहरु शहर छोडेर गाउँमा जान आदेश जारी गरेका थिए । जहाँबाट उनीहरुले जिन्दगीको कठिनतासँग सामना गरेर अगाडि बढ्ने उपाय किसान एवं मजदुरबाट सिकुन् । सि जिङपिङ भन्छन् की त्यो अनुभवबाट उनले धेरै कुरा सिके । सिका अनुसार आज उनी जे जस्तो छन् त्यो उसै समयको कारण हो ।

सि जिङपिङ प्रायजसो भन्ने गर्छन्, ‘म पहेँलो माटोको छोरो हुँ । मैले आफ्नो दिल लियाङ जिआहेमा छोडेको छु । त्यसै ठाँउले मलाई बनायो ।’ उनी भन्छन्, ‘जब म लियाङ जिआहे पुगेँ तब १५ वर्षको केटो थिए । म चिन्तित थिएँ । मेरो दिमागमा केहि पनि आएको थिएन ।’

‘तर २२ बर्षको हुँदा मेरो सबै शंका टाढा भयो । म आत्मविश्वासी हुन लागेँ । मेरो जिन्दगीको उद्देश्य पुर्ण रुपमा स्पष्ट थियो ।’ त्यो समय सबै व्यक्ति अध्यक्ष माओको चर्चित रातो किताब पढ्ने गर्थे । आज अध्यक्षका विचारहरु ठुलो ठुलो पोष्टरमा लेखिन्छ । उनको सम्मानको लागि एक म्युजियम पनि बनाइएको छ । यस म्युजियममा उनले आफ्ना साथी किसान मजदुरको लागि धेरै राम्रो काम गरेका थिए भन्ने बुझ्न सकिन्छ ।

तर यी भागहरुलाई यस तरिकाले काँटछाँट गरिएको छ की त्यसमा सि जिङपिङको वास्तविक जिन्दगी पत्ता लगाउन गाह्रो हुन्छ । उनी स्वयं यस्तो व्यक्तिको रुपमा पेश हुन्छन् जो जननेता हुन् । उनी प्रायः गल्लीहरुमा जान्छन् । गरिबको घरमा जान्छन् । उनी जनताको बारेमा कुरा गर्छन् ।

उनी छात्रहरुलाई भन्ने गर्छन् की जिन्दगी एउटा टाँक भएको कमिज हो । जसको शुरुको टाँक राम्रोसँग लगाउन् पर्छ । होइन भने सबै टाँक गलत लाग्नेछन् । उनी कयौँ पटक लन्चको लागि कतारमा गएका छन् । उनी आफ्नो खानाको बिल आफै तिर्छन् ।

अनुभवले सिकायाे…
एक मिथकको रुपमा सि जिङपिङको कथाको केन्द्र हो, उनको गुफामा बिताएको शुरुवाती जीवन । जहाँ उनलाई राजनीतिबाट अलग गरिएको थियो । जिङपिङ भन्छन्, ‘जसको सत्ताको अनुभव कम हुन्छ । उ यसलाई नयाँ अनुभव सम्झिन्छ । तर म यी पर्दापछाडि धेरै गहिराइबाट राजनीति देखेको छु ।’ ‘म फुलको माला एवं तालीको आवाजबाट टाढा गएर हेर्छु । म नजरबन्दीवाला घर हेर्छु । म मानवीय सम्बन्धको कमजोरी हेर्छु ।’

‘म राजनीतिलाई गहिराइबाट बुझ्छु ।’ बाल्यकालदेखि जवानीसम्म सि जिङपिङ दुवै प्रकारको जिन्दगीको अनुभव लिएका छन् । उनका बुबा पनि कम्युनिष्ट हिरो थिए । यसैमा उनले एक राजकुमारको अनुभव पनि गरे । कम्युनिष्ट क्रान्तिको बेला जब उनी किसानको बीचमा रहे, तब त्यो अनुभवले पनि उनलाई अगाडिको जिन्दगीमा गहिरो प्रभाव पार्यो ।

ज्यानको वाजी
साठीको दशकमा अध्यक्ष माओले आफ्नो पार्टीका नेताहरुमा जो अपराध गरे त्यसको असर जिङ पिङमा पर्यो । पहिले त बुबालाई पार्टीबाट बाहिर गरियो । फेरी उनलाई जेल पठाइयो । सिको परिवारलाई धेरै लाज खेप्नुपरेको थियो । उनकी एक बहिनीको मृत्यु भयो । सायद उनले आत्महत्या गरेकी थिइन् । १३ बर्षको उमेरमै सिको पढाई बन्द भयो ।

किनकी बेइजिङका सबै विद्यालय बन्द गरिएका थिए । यस्तो यस कारण की छात्र आफ्ना अध्यापकहरुको निन्दा गर्न सकुन् । उनीहरुलाई पिट्न सकुन् । अथवा उनीहरुलाई मार्न सकुन् । परिवार एवं साथी बिना सि जिङपिङ धेरै दिनसम्म माओका बदनाम रेड गाड्सबाट बच्दै लुक्दै हिँडेका थिए । एक पटक उनले एक रिपोर्टरसँग एक इनकाउन्टरलाई सम्झिएका थिए ।

उनले बताएका थिए, ‘म केवल १४ बर्षको थिएँ । रेड गाड्सले मसँग सोधे की तिमी आफ्नो अपराधलाई कति गम्भिर मान्छौ ?’ ‘मैले भनेँ तिमीहरु आफै अनुमान लगाउ, के यो मलाई मार्नको लागि काफि छ ? रेड गाड्सहरुले भने की हामी तिमीलाई सैयौँ पटक मार्न सक्छौँ ।’

‘मेरो हिसाबमा एक पटक मर्नु वा पटक पटक मर्नुमा केहि फरक छैन ।’ सिका पिँढीका धेरै चिनियाहरु यो मान्छन् की त्यो समय जब स्कुल बन्द भएको थियो उनी ज्यान बचाएर लुक्ने गर्थे । तब मुस्किलले उनको जिन्दगीमा गहिरो असर पर्यो । उनलाई थप बलियो बनायो ।
पढाईको भाेक
स्वयं जिङ पिङ भन्छन् की मलाई आफ्नो गल्ति बताउँदा नराम्रो लाग्न थालेको थियो । यद्यपी उनी स्वयं भन्छन् की सबै कुरालाई गम्भिरतासँग लिँदैनन् । साठीको दशकमा चीनमा गाँउको जिन्दगी धेरै कठिन थियो । बिजुली थिएन । गाँउसम्म जाने बाटो पनि राम्रो थिएन । खेती गर्ने उपकरणहरु थिएनन् ।

त्यो समय उनले बाँध बनाउने तथा सडक मर्मत गर्ने लगायतका कामहरु सिके । उनी जुन गुफामा बस्थे । त्यहाँ किरा फट्याङ्ग्राहरु पनि रहन्थे । त्यहाँ उनी इटाको विस्तारमा तीन अन्य मानिससँग सुत्ने गर्थे । त्यो समय खानको लागी दाल र अन्य तरकारीहरु पाइन्थ्यो ।

उनका एक किसान साथी लू होउशेंगले बताए की भोक लाग्दा उनी केहि हेर्दैनथे की खानामा के पाइएको छ । रातमा सि जिङपिङ आफ्नो गुफामा (टुकी) ढिबरीको प्रकाशमा पढ्ने गर्थे । उनलाई पढ्ने सोख थियो । उनी चुरोट पनि धेरै पिउँथे ।उनी प्रायजसो माओका भाषण एवं पत्रिकाहरु पढ्ने गर्थे । किनकी पढ्नको लागि यसबाहेक अरु केहि थिएन ।

महत्वकांक्षा
सिका साथी लू ले बताएका थिए की सि धेरै सतर्क रहन्छन् । हाँसो मजाक उनलाई मन पर्दैन । उनी साथीसँग खेल्ने काम पनि गर्दैनथे । न त उनको सोख गर्लफ्रेण्ड बनाउनमा थियो । १८ सालको उमेरमा उनी आफ्नो राजनीतिक यात्रा सुरु गर्नको लागि तयार थिए । उनी कम्यूनिष्ट युथ लिगमा समाबेश भए । २१ बर्षको उमेरमा उनी धेरै संघर्षपछि कम्युनिष्ट पार्टीको सदस्य बने । उनको ध्यान सदैव लक्ष्यमा केन्द्रित हुन्थ्यो ।

उनका साथीहरु खेलकुदमा लागेको बेला उनी काममा व्यस्त हुन्थे । उनी धेरै महत्वकांक्षी थिए । कम्युनिष्ट क्रान्तिपछि उनी कट्टर कम्युनिष्ट बने । जब सि २५ बर्षका थिए, उनका बुबा फेरी पार्टीमा फर्किए । उनलाई गुआंगडान्ग सूबेमा काम गर्नको लागि पठाइयो । सूबा हङकङबाट नजिक थियो । यो चीनको आर्थिक पावरहाउस बनेको थियो ।

बुबाको सहयोगबाट उनले आफ्नो करियर अझै बलियो बनाए । बिस्तारै पार्टीमा उनका साथीहरुको पनि भिड भएको थियो । सत्तरीको दशकमा उनी चीनको सेनामा समाबेश भए । उनले कम्युनिस्ट पार्टीका उच्चस्तरीय नेताहरुसँग सम्बन्ध बनाउने उद्देश्य लिएका थिए । जिन्दगीका सबै कदमहरु उनी यसै उद्देश्यका साथ उठाउँदै गए ।

सी को व्यक्तित्व
सि आफैमा व्यस्त हुने व्यक्ति थिए । उनी धेरै अन्र्तमुखि थिए । सायद यहि कारण थियो की एक कुटनीतिज्ञकी छोरीसँग उनको पहिलो विवाह सफल भएन । यसको फायदा उनको राजनीतिक करियरमा भयो । जब उनी सत्ताको शिखरमा पुगे तब सबैलाई थाहा भयो । तर यसभन्दा पहिले सिले प्रगतिको खुड्किलाहरु धेरै शान्तसँग, दबिएका पाइलासँग चढे ।

त्यो समय उनले हेडलाइनहरु धेरै नै पाएका थिए जब उनले आफ्नी पत्नि पेंग लियुआनसँग विवाह गरे । पेंग एक चर्चित गायिका थिइन् । बर्षौको पहिचान उनको पतिको रुपमा भयो । सि जिङपिङको सुरुवाती समय कभर गर्ने एक सरकारी पत्रकारले बताएका थिए की उनी धेरै बोर मानिस हुन् । उनले मानिसलाई सजिलैसँग भुलाउन सक्थे । आफ्नो नाममा दाग लाग्नबाट बच्नको लागि उनी सदैव सतर्क रहन्थे ।

सिले देखेका थिए की उनका पितालाई माओले कसरी सताएका थिए । यसकारण उनी धेरै शान्त रहन्थे । ४०–५० को उमेरमा एक सिनियर नेता बन्नुको बाबजुत उनी केवल काम राख्ने गर्थे । एक नजिकका व्यक्तिले भनेका छन्, सि जिङपिङ यस्ता सुई हुन् जो रशमको कभरमा बन्द रहेका छन् ।

अनुमान
अमेरिकामा सि जिङपिङ सन् १९८५ मा केहि दिन एलेनोर ड्वोरचाकको घरमा बसेका थिए । उनी उनका छोरोका साथ त्यो कोठामा सुत्ने गर्थे । जहाँ भित्तामा ‘स्टारट्रेक’ फिल्मको पोस्टर लागेको थियो । एलेनोरको घर अमेरिकाको आयोवा सूबेको मस्केटिन शहरमा छ ।

जब २०१२ मा जिङपिङग आयोवामा आएका थिए, तब एलेनोरले बताएका थिए की कसैलाई शंका थिएन की उनको घरमा आएका व्यक्ति कुनै दिन कुनै देशको राष्ट्रपति बन्नेछन् । २०१२ मा सि चीनका कम्युनिष्ट पार्टीका नेता बने । उनी कम्युनिष्ट पार्टीका तमाम क्याम्पहरुको आम सहमतिबाट चुनिएका थिए । तर कसैलाई यो अनुमान थिएन की आउने ५ बर्षमा उनी कस्तो खालको नेता बनेर उपस्थित हुनेछन् ।

कानूनकाे पाठ सिकाए
११ जुन २०१५ लाई सेतो कपाल भएको एक व्यक्ति अदालतको कठघरामा उभिएका थिए । उनी ती सुरक्षाकर्मीबाट घेरिएका थिए, जो कहिले उनको हुकुममा चल्ने गर्थे । बर्षौसम्म यो व्यक्ति चीनमा डरको दोस्रो नाम थियो । चीनको प्रहरीमा उनको नियन्त्रण थियो । उनी अर्धसैनिक बलका, जेल एवं गोप्य अपरेशनका अगुवा थिए । तर डेड बर्षपछि उनको भाग्य उल्टियो । कानुनले उनलाई त्यसै अदालतमा अपराधी बनायो, जुन पद्धतीलाई पहिले उनी चलाउँथे ।

अदालतमा ती व्यक्तिले अपराध स्वीकार गरे । अनी सजायको विरुद्ध अपिल गर्दिन भने । त्यो व्यक्तिको नाम थियो चाउ योंगकांग । चीनमा कम्युनिष्ट शासनको इतिहासमा कानुनको सामना गर्ने वाला उनी सबैभन्दा सिनियर नेता थिए । चाउ बाहेक एक अन्य वो सिलाई नामका एक नेतालाई यसैप्रकार सिले कानुनको पाठ सिकाए । आरोप थियो की सिलाई एवं दुई फौजी मिलेर पार्टी एकतालाई हानि पुर्याउने काम गरिरहेका छन् ।

फैसला
सरकारको खर्च रोक्नको लागि सिले ठुलाठुला भोज भतेर आयोजना गर्नबाट रोक लगाए । उनी कारमा यात्रा गर्नुको सट्टा कैयौँ पटक भ्यानमा यात्रा गर्न लागे । जब सि जिङपिङ सत्तामा आए उनले जनतासँग स्पष्टसँग सरकारको बाचा गरे । सि ले भष्ट्रचार विरुद्ध कदम चाल्ने भरोसा दिलाए । उनी प्रत्येक साना ठुला नेतालाई पाठ सिकाउन चाहान्थे । उनी यस बाधालाई पुर्णता दिन लागे ।

जो पैसा कमाउन चाहान्छ उसलाई कम्युनिष्ट पार्टीमा नआउन सिले भने । तर पार्टीमा ९ करोड बढी कार्यकर्ताको उद्देश्य नै पैसा कमाउनु हो । कम्युनिष्ट पार्टी बर्षौंदेखि घुसखोरी, भ्रष्टचार तथा नातवादले नै चल्दै आएको छ । सिले यस पद्दतीको अन्त्य गर्न कदम चाले । पार्टीका नेताको कार्यालयदेखि लिएर नेताहरुको डिनर तथा भाँडाहरुमा पनि मापदण्ड बनाउन लागे । उनी प्रायजसो गाँउका मानिसहरुसँग पनि भेट्न जान्थे । उनी आफुलाई कम्युनिष्ट पार्टीको धनी र भ्रष्ट नेताबाट अलग हुन चाहान्थे ।

भ्रष्टचारमा रोक
कैयौँ कोशिसको बाबजुत पनि उनी पार्टीका धनी नेताहरुबाट अलग हुन सक्दैनथे । सि राष्ट्रपति हुनुभन्दा पहिले नै उनका कैयौँ नातेदार करोडपति भएका थिए । यसमा उनको हात हुनसक्छ तर यसको कुनै प्रमाण फेला परेन । सिलाई थाहा छ, की चीनको समाज कति भ्रष्ट भएको छ । धनी बन्ने लालचले सबैलाई बिगारेको छ । जस्तो चाउ योंग कांगलाई लिनुहोस् । उनको परिवार खेती गर्थ्याे । आम्दानीको लागी उनीहरु माछा मार्ने काम गर्थे । उनको परिवारको ठुलो छोरा इन्जिनियर बनेपछि परिवारको तस्बिर नै बदलियो ।

फेरी प्रगति अनि भ्रष्टचारको यस्तो ककटेल बन्यो की चाउ धेरै शक्तिशाली व्यक्ति बने । यस नेटवर्कलाई सिले धेरै मुस्किलले तोडे । चाउको कोर्टमा पेश हुनुभन्दा पहिले उनको एक कारोबारीलाई मृत्युको सजाएँ दिइएको थियो । यद्यपी चाउका गाउँमा मानिसहरु मान्छन् की उसलाई गलत सजाएँ दिइएको छ । उसले देश एवं पार्टीको लागि धेरै काम गरेको छ । तर सि जिङपिङले उनलाई झुटो आरोप लगाए ।

अभियान
पछिल्लो पाँच बर्षमा धेरै ठुला नेता एवं कारोबारी लापत्ता भए । भनिन्छ कि यी मध्ये धेरै चीनमा नजरबन्दमा छन् । सन्देश स्पष्ट छ कि सि जिङपिङसँग निहुँ खोज्यौ भने मर्छौ । भ्रष्ट्राचारको आरोपमा जिङपिङले धेरे नेतालाई पार्टीबाट निकालेका थिए । सिको विरोधी एवं बागी नेता गुओ वेंगुई भन्छन् की सिका नजिकका किसान स्वयं धेरै भ्रष्ट छन् ।

गुओ वेंगुई न्यूयोर्कमा बस्छन् । उनले युट्युबबाट सि नजिकका नेतालाई हमला बोल्छन् । तर उनले हालसम्म जिङपिङ विरुद्ध सिधा आरोप लगाएका छैनन् । धेरै प्रयासको बाबजुत भ्रष्टचारमा कमी आएको छ । तर पनि जिङपिङको उद्देश्य र प्रयासमा कमि आएको छैन ।

निगरानी
सि जिङपिङ चाहान्छन् कि चीन एक धनी राष्ट्र बनोस् । देश एकजुट एवं बलियो होस् । देशमा केवल एउटा पार्टीको राज होस् । मानिस अनुशासनमा रहुन् । उनी मानिसलाई पुर्ण रुपमा बफादार बनाउन चाहान्छन् । युनिभर्सिटीमा पार्टीको पहुँच बढाइएको छ । किताबहरुमा पश्चिमी सभ्यताको निशान मेटाइएको छ ।

शक्ति
सि जिङपिङको शक्तिको बारेमा केवल चीनका मानिसलाई मात्र थाहा छैन । बर्ष २०१४ मा अस्ट्रेलियाका प्रधानमन्त्री टोनी एबटले जर्मन चान्सलर एन्जेला मर्केललाई आफ्नो चीन नीतिको बारेमा बताएका थिए । एबटले भनेका थिए कि अष्ट्रेलिया एवं चीनको सम्बन्ध डर एवं लालचको छ । पुरै संसारलाई चीन कति महान छ भन्ने देखाउने कोशिस गरिएको छ । सि चीनिया मुलुकका मानिसलाई यो अपिल गर्छन् की उनी आफ्नो आफ्नो देशमा चीनको महान इतिहास एवं यसको सिक्तको बारेमा मानिसलाई बताउन् ।

२०१५ मा जब उनी अमेरिका गए तब एप्पल, माइक्रोसफ्ट, सिस्को, एमेजन जस्ता कम्पनीका प्रमुख लाइन लागेर सिसँग भेट्नको लागि कुरेका थिए । फेसबुक जो चीनमा प्रतिबन्ध छ, त्यसका प्रमुख जुकरबर्ग पनि जिङपिङसँग भेट गरेका थिए । गुगल पनि चीनमा प्रतिबन्ध छ । तीनका अधिकारीहरुलाई त सिसँग भेट गर्न दिइएन ।

कसरी राजनीति
सि जिङपिङ माओको परम्परालाई अगाडि बढाउन चाहान्छन् । उनी आफैलाई माआको उत्तराधिकारी सम्झिन्छन् । उनले देशका जनतासँग बाचा गरेका छन् की उनले देशलाई धनी र शक्तिशाली बनाउँछन् । उनी जान्छन् की जनताको राजनीतिमा चाख कति खतरनाक हुन्छ । यसकारण उनी जनताको अभिव्यक्तिलाई ज्यादा स्वतन्त्रता दिने पक्षमा छन् ।

जिङपिङले सोवियत संघको विघटनबाट पनि जिन्दगीको पाठ सिकेका छन् । उनी मान्छन् कि सोभियत संघको पतन यसकारण भयो किनकी सोभियत नेताहरुले आफ्नो उद्देश्य भुलेको थिए । फेरी पनि विघटनलाई रोक्ने कोसिस गरेनन् । उनी खुल्लापनको विरुद्धमा छन् ।

चुनौतीहरु
चीनको बारेमा सिंगापुरका महान् नेता ली कुआनले भनेको थिए, ‘उनी संसारका इतिहासका सबैभन्दा ठुला खेलाडी हुन् ।’ २०१२ मा सत्तामा आउनासाथ सिले चीनलाई सबैभन्दा ठुलो खेलाडी बनाउने सोँचेका थिए । चीनमा कम्युनिष्ट पार्टीका सयौँ वार्षिकोत्सव अर्थात सन् २०२१ सम्म चीन आर्थिक प्रगतिको मामिलामा औषत देश हुनेछ । त्यहि चीन कम्युनिष्ट सत्तामा आएको सय बर्ष अर्थात सन् २०४९ मा पुर्ण रुपमा विकसित, धनी तथा शक्तिशाली बन्नेछ । छिट्टै चीनको अर्थव्यवस्था अमेरिकाभन्दा ४० प्रतिशत धेरै हुनेछ ।

मौका
जब पश्चिमले आफ्नो देश चीनको लागि खोल्यो तब सिको पिँढीका कैयौँ मानिस देश छोड्ने निर्णय गरेका थिए । तर सिलाई थाहा थियो की आफ्नो देश छोडेर जाने व्यक्ति खास केहि गर्न सक्दैनन् । उनी विदेशिहरुसँग धेरै आत्मविश्वासका साथ बोल्छन् । उनी भन्छन्, ‘चीन क्रान्तिको निर्यात गर्दैन । भोकमरी एवं गरिबीको निर्यात गर्दैन । चीन तपाईंको टाउको दुखाईको कारण बन्दैन ।’

उनले विवादित दक्षिणी चीन सागरमा बनावटी द्धीप बनाउनेदेखि लिएर बेल्ट एण्ड रोड प्रोजेक्टसम्म उनले आफ्नो देशलाई दिएका छन् । चीनले ट्रम्पको पेरिस जलवायु सम्झौता एवं व्यापार सम्झौताहरुसँग हटेको कुरामा पनि फाइदा उठाएको छ ।
राम्रो कुरा यो छ की सि भन्दा पहिले चीनका कम्युनिष्ट पार्टीले धेरै चुनौतीहरुको सामना गर्न पर्यो । ती चुनौतीमा जीत हासिल भएको छ । माओको समयमा अकालदेखि लिएर साँस्कृतिक क्रान्तिसम्मको चुनौतीहरु झेल्नु पर्यो । १९८९ मा लोकतान्त्रिक आन्दोलनलाई झेल्नुपर्यो । सि जिङपिङको राजमा अपराध गर्ने धेरै नेताहरुलाई उनले जेल पठाएका छन् । भ्रष्ट्रचार विरुद्ध कारबाही गरेका छन् ।

एजेन्सीकाे सहयाेगमा…

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda