विश्वव्यापी फैलिरहेको कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमणले विश्व नै आक्रान्त बनेको छ । त्राहिमाम भएको विश्व अहिले मानवीयता सोच्न बाध्य भएको छ । संसारमा हतियारको र शक्तिको दम्भ देखाउने राष्ट्रिहरु अहिले एउटा भाइरसका कारण घरभित्र सिमित हुन पुगेको छ ।
कति पय देशले त यसलाई तेस्रो विश्वयुद्धको संज्ञा दिएका छन् । यो तेस्रो विश्व युद्ध ( कोरोना युद्धको लडाईं) मा निस्वार्थ रात्रदिन नभनि अग्रमोर्चामा लडिरहेका र निरन्तर खटिनुभएका सम्पूर्ण स्वास्थ्यकर्मी, चिकित्सक लगायत सम्पूर्ण पत्रकारहरुमामा नमन गर्दछु । कोरोनाको लडाईमा कोभिड–१९ विरुद्ध सैनिक जस्तै माहामारी विरुद्ध फिल्डमा डटिरहेका सम्पूर्ण नर्सहरुमा अगाध माया छ ।
महामारी जस्तो विषम परिस्थितिमा आफ्नो जिम्मेवारीलाई कहिल्यै नविर्सेर पेसागत धर्म र दायित्वलाई आत्मबलले जित्दै आफ्ना इच्छा र आकांक्षालाई थाँति राखेर ज्यानको बाजी लगाउदै निरन्तर उपचारमा लागिराखेका र लडिरहेका सबै रास्ट्रप्रेमी जनहरुमा म एक नर्सका तर्फबाट अझ भनौं कर्णाली प्रदेशको विकट इलाका तिलेपाटा स्वास्थ्य चौकीबाट अभिवादन गर्दछु ।
छोरी बिग्रे नर्स छोरा बिग्रे पुलिस भन्ने हाम्रो समाजमा आज पुलिस र नर्सको जिम्मेवारीले यस्को महत्व र भूमिका उजागर गरिदिएको परिपेक्षमा अझ छोरीलाई सन्तानको रुपमा नचिन्ने हाम्रो समाजलाई महामारीले राम्ररी चिन्ने अवसर पनि दिएको छ । आज यस पीडादायी घडीमा नर्सहरुले गरेको सेवाप्रति नतमस्तक हाम्रो समाजले ढिलै भएपनि चिन्ने मौका पाएको छ ।
आफ्नो जीवन दोस्रो दर्जामा राखेर पहिलोमा ति विरामीलाई सेवा प्रदान गर्ने र कोरोनाको डर त्रासकै विचमा पनि लडिरहेको बिरामीलाई आफ्नो जिन्दगी जोखिममा राखेर उपचार गर्न सानोतिनो सहासले पुग्दैन होला…।
यो विपत र जोखिमको अवस्थामा महामारीसँग लड्न मनोबल उच्च बनाउन, सुन्दर सेवाको पेसालाई मन र वचनले उचित सम्मान र प्रोत्साहन दिन सरकारले जुन भूमिका खेलेको त्यसको लागि सरकारलाई पनि धन्यवाद । तर सिटामोल सम्म पनि स्वास्थ्य चौकीमा मुस्कीलले पुग्ने ग्रामिण क्षेमा यो महामारीमा कोरोना नियन्त्रणमा लाग्ने औषधी र पर्शनल प्रोेटेक्टिभ इकुइपमेन्ट प्रसस्त पुर्याउला भन्ने कल्पना पनि गर्न सकिदैन । तर सक्नु पर्छ ।
निर्दयी कोरोना
विश्वमा कोरोना माहामारी यति निर्दय बन्दै गएको छ कि, मान्छे मान्छेको सम्बन्धलाई दुरिमा परिणत गर्दैछ । आफुले चीनजान भएका आफन्तसंग भेटघाट गर्ने चाहाना हुँदा हुदै पनि सामाजिक दुरि कायम गरि बस्नु परेको अवस्था छ । यस विषम परिस्थितिमा छरछिमेकमा कुनै अवान्छित घटना घटिहालेमा टुलुटुलु हेरेर बस्नु पर्ने स्थिती छ ।
महामारिले सम्बन्धहरुलाई टाढा बनाउदै छ । कसैसंग भलाकुसारी गर्नु र्पयो भने सगैं बसेर कुराकानी गर्न मिल्ने स्थिति छैन । निश्चित सामजिक दुरि कायम राखी कुराकानी गर्नुपर्ने छ । तर विश्व परिवर्तनसङ्गै भएको टेक्नोलोजीको विकासले र विभिन्न वैज्ञानिक आविस्कारले अहिले हामीलाई हरेक कुरामा सहजता ल्याईदिएको छ । कुरा र सम्वाद पनि सामाजिक संजाल र फोनबाट गरेर आत्मीयता र सम्बन्धलाई निरन्तरता दिइराख्नु परेकोे छ ।
यो निर्दयी कोरोना अत्य हुन कति लामो समय लाग्ने हो ? अनिश्चित छ । प्रती दिन झन झन कहाली लाग्दा दृश्यहरु मडारिरहेका छन् । उपचार कम मृत्युका समाचार बढी आइरहेका छन् । उपचार भन्दा पनि भोकै भएर मृत्युवरण गरेका समचारले त झन स्तब्ध बनाउछ । विदेश गएका दाजुभाइ विदेशमै यो महामारीसंग लडिराख्नु परेको छ ।
घरमा आउने आशा निरासामा परिणत भएको छ । महामरीसंगको लडाइँ लड्दै ज्यान पनि गुमाउनु परेको अवस्था छ । यस्ता समचारले स्वदेशमा हुने आफन्तले मन बुझाई रहेका छन । यस्तो महामारी नआओस् भनेर प्रथाना पनि गरिरहेका छ्न । स्वदेश फर्किने अनुकुल वातावरण छैन । आए पनि झन ठूलो विपत्ति आउने हो कि भन्ने डर छ ।
राम्रो उपचारको बन्दोबस्त भएको देखिदैन । नेपालमा दुई जना कोरोना भाइरसका बिरामी उपचार नै नपाएर ज्यान गुमाउनु परेको तितो यथार्थता घाम जत्तिकै छर्लङ्ग छ । एकातिर कतै उपचार नै नपाएर मृत्यु हुन्छ कि भन्ने सन्त्रास मनमा छ भने अर्को तिर मरे पनि आफ्नो भुमीमा मर्नु परोस् भन्ने चाहना छ विदेश बस्ने दाजुभाइहरुको ।
आफ्नो परिवारबाट टाढा हुँदाको खिन्नता बताउन सकिने स्थिती छैन । हाम्रो ठाउँ तिर त विदेशबाट आएकाहरु बस्न बानएको क्वारेन्टाइन पनि राम्रो छैन । बसेका पनि मनपरि गाउँमा घुमिरहेका छन् । साँझ देउडा खेल्ने विहान घर घरमा गएर चिया नास्ता गरेका दृश्य पनि देख्न पाईन्छ ।
हेल्चक्र्याई किन ?
हामी स्वास्थ्यकर्मीले वारम्बार सम्झाउने, बुझाउने गर्छौ तैपनि हेल्चक्र्याई गरिरहेका छन् । सुन्दै नसुने झै गरि हिड्छन किन ? स्वास्थ्य संस्थामा उपचार गर्न आउँदा बिना मास्क आउछ्न । सुरक्षित हुनुहोस भन्दा पनि कत्ती त झगडा गर्न सम्म आउने गर्छन् ।
त्यहि माथी हामी नर्सिङ पेशामा आबद्ध स्वास्थ्यकर्मी दैनिक स्वास्थ्य सेवा लिन आउने सुत्केरी, गर्भवती महिलालाई नियमित सेवा दिनु पर्छ । सेवा दिने क्रममा हामी सङ्ग डब्लुएचओले अपनाउनु पर्ने सुरक्षित सावधानीका सामना प्राप्त छैनन । असुरक्षित तरिकाले संकरमण अरुबाट हामिलाई र हामीबाट अरुलाई बढाउने हो कि भन्ने डर छ ।
यो माहामारीको युद्धमा सफल हुन यति मात्र तयारीले पुग्ने छैन । बरु झन झन बढ्दै जाने छ र भयावह रुप लिने छ । त्यसैले सम्पुर्ण दाजुभाइ दिदि बहिनिहरु घर भित्र बस्नु एक मात्र उत्तम विकल्प हो । यदि अत्ति आवश्यक काम परे दुरिमापन गरि घर बाहिर निस्कौ नत्र ननिस्किदा नै राम्रो ।
धेरै जटिल स्वास्थ्य समस्या देखिए मात्र उपचारको लागि अस्पताल तथा स्वास्थ्य संस्थामा आउने गरौं । यो महामारीबाट विजय प्राप्त गर्न समालिएर बस्नु बाहेक अरु हामीसंग विकल्प छैन । तपाई हामी सुरक्षीत हुन सक्यौं भने मात्र हाम्रो समाज सुरक्षीत हुनेछ ।
रेशमा कुमारी विश्वकर्मा, तिलेपाटा स्वास्थ्य चौकी आठबीस नगरपालिका दैलेख
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
नेपालको राजनीतिलाई अस्थिर राजनीतिको संज्ञा दिने गरिन्छ । मिलिजुली प्रकृतिको सरकारको त कुरा छाडौ बहुमतको सरकार बन्दा पनि हामीले स्थायी सरकार प्राप्त गर्न सकिरहेका छैनौ । यो हाम्रो विडम्वना...
बंगलादेशको आधिकारिक नाम जनगणतान्त्रिक बंगलादेश हो । सन् १९४७ मा जव भारत र पाकिस्तान विभाजन हुँदै थिए । त्यो समय यसलाई पूर्वी पाकिस्तानको नामले चिनिन्थ्यो । करिब १ हजार...
दक्षिण एशियामा उदीयमान अर्थतन्त्रको रुपमा अघि बढीरहेको बंगलादेश पछिल्लो समय जनताको सामान्य माग पुरा गर्न नसक्दा उथलपुथलको दलदलमा भासिन पुगेको छ । जनताका सामान्य माग सम्बोधन गर्न हिचकिचाउदा सत्ता...
सानै उमेर देखि समाज सेवामा लागेका एक युवा व्यवसायीसंगको अन्तरंग कुराकानी आजको प्रस्तुतीमा राखेका छौं । सबै युवाले मेहेनत गरे नेपालमा नै सबै गर्न सकिन्छ भन्ने उदाहरण बनेका नगरकोट...