काठमाडाैं । “गाउँछ गीत नेपाली ज्योतिको पंख उचाली” धुन गुन्जिदै त्रिभूवन विश्वविद्यालयको झण्डासहित प्रोसेसनको टिम जब मञ्चतीर अगाडि बढ्यो तब दशौंहजार विद्यार्थी र उनका अविभावक उत्साहित भई उभिएर स्वागत गरिरहे । अधिकांश महिला सारी र ब्लाउज अनि पुरुष कोट र दौरा–सुरुवालका साथै विभिन्न परम्परागत पोसाक त्यसमाथि कालो गाउन, घाँटीमा थरीथरीका स्काफसँगै शीरमा गोलाकार चुच्चे टोपी पहिरिएर दीक्षित हुँदा विद्यार्थीहरु निकै उत्साहित भए ।
उनीहरुसंगै उनका अविभावक हरु खुसीले गदगदमात्रै भएनन्, आफ्ना सन्ततीले गरेको कडा मेहनतको फल पाँउदा मन्त्रमुग्ध भएका देखिन्थे । दीक्षान्त समारोहको यो अविस्मरणीय क्षण क्यामरा र मोवाइलमा कैद गर्न अविभावक र विद्यार्थीलाई भ्याइनभ्याइ थियो । हुन पनि लामो मेहनत र परिश्रमको फलस्वरुप दीक्षित हुन पाइने अवसरले कसलाई पो उत्साहित नबनाउला र !
त्रिभुवन विश्वविद्यालयको ४५ औँ दीक्षान्त समारोहमा सहभागी विद्यावारिधि, कानुन संकाय, कृषि तथा पशु विज्ञान अध्यन सस्थान, चिकित्साशास्त्र अध्यन सस्थान, इन्जिनियरिङ्ग अध्यन सस्थान, वन विज्ञान अध्यन सस्थान, शिक्षाशास्त्र संकाय, मानविकी तथा सामाजिकशास्त्र संकाय, व्यवस्थापन संकाय, विज्ञान तथा प्रविधि अध्यन संस्थानका गरि १० हजार १ सय ८३ विद्यार्थी दीक्षित भए ।
ललितपुरस्थित पुल्चोक इन्जिनियरिङ क्याम्पसको प्राङ्गणमा उपस्थित भएका उनीहरुको मुहारमा दीक्षित हुन पाउँदाको खुसी नितान्त चमकदार थियो । यही उत्साहका बीच दीक्षान्त समारोहमा राजनैतिकशास्त्रमा विद्यावारिधि गरी दीक्षित भएका दैलेख जिल्ला आठबीस नगरपालिका ९, छेपाडीका डा. कृपाराम विश्वकर्माले कर्णाली प्रदेशको विकट ठाँउमा अध्ययन गर्दाताकाका अनेकथरी व्यवधानलाई भुलेर ४५ औँ दीक्षान्त समारोहमा दीक्षित हुन पाउँदा खुसीको सीमा नै नरहेकाे वर्णन गरे ।
डा.कृपाराम विश्वकर्मा
उनले आफुले गरेको मेहनतले गाउँघर र दुरदराजका विद्यार्थीलाई थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरे । नेपालमा उत्पादन भएका शिक्षित जनशत्ति देशविकासको सट्टा विदेशीयको प्रति ईङ्गित गर्दै राज्यले त्यसको उपयोग गरी शैक्षिक जनशक्तिलाई नेपालमै प्रयोग गर्न बहस र छलफलको आवश्यकता रहेको उनले बताए । अनेकौं समस्याका बाबजुत पनि दीक्षित हुदा अत्यन्तै उत्साहित भएको भन्दै वौदिक समुदायले नेपालमा संघिय संरचना भएपनि शिक्षाको गुणात्मक रुपान्त्रण कसरी गर्ने भन्नेमा सोचु जरुरी रहेको बताए ।
छोराले राजनैतिक शास्त्रमा विद्यावारिधि गरेको र दीक्षान्त समारोहमा दीक्षित हुदा खुसी र गौरव महशुस गरेको डा.कृपाराम विकका बुवा बजीरसिह विश्वकर्माले बताए । उनले भने, ‘शिक्षाको निम्ति सुदुर गाँउमा जुन कुरा सोचेका थियौं । आज त्यो पुरा भएको जस्तो महशुस गरेकाे छु ।’ शिक्षा हासिल तीर भन्दा पनि पेटका लागि भारतको कालापहाड मजदुरी गर्न जाने परमपरा गाँउमा रहेको भन्दै उनले उत्तरकोरीयाको जस्तै शिक्षा नेपालमा भैदिएको भए नेपाली समाज धेरै अगाडि पुग्ने जिकिर गरे ।
बीचमा सेताे स्वीटरमा बुवा बजिरसिंह विक
भावि सन्ततीले पनि समाज निर्माणकै विषयमा सोच्नु पर्ने भन्दै विकले विशेष गरी कर्णाली प्रदेशका अधिकांश बालबालिकाकाे पढाईमा राज्यले विशेष ध्यान दिनु पर्ने बताए । कुटो, कोदाली चलाएर भएपनि परिश्रम गर्दै छोराले पीएचडि गर्दा सगरमाथाको चुचुरो चुमेजस्तै अनुभुति गरिरहेको बताए । अब कृपाजस्तै हरेक नागरिकले कडा मेहनतका साथ विद्यावारिधि गर्नुपर्ने उनको भनाई छ ।
दीक्षान्त समारोहमा दैलेख जिल्ला दुल्लु नगरपालिका बडलम्जीका डा. रमेश आचार्य पनि राजनीतिशास्त्रमा विद्यावारिधिबाट दीक्षित भए । उनले गौरवको अुनभुति गरिरहेको बताए । आफुले गरेको मेहनतबाट अरुविद्यार्थीले पनि प्रेरणा लिनु पर्ने बताए । डा. रमेश आचार्य जस्तै म्यानेजमेन्टबाट दीक्षित हुन पाँउदा सदिक्षा मानन्धरले खुसी व्यक्त गरिन् । सदिक्षा मानन्धर जस्तै प्रीय शाक्यको पनि अुनभुति उस्तै छ । मेहनतको फल प्राप्त गरेकाे उनकाे भनाइ छ ।
डा. रमेश आचार्य
जनप्रशासनबाट दीक्षित रविन्द्र थापा त दीक्षितहरूले शिक्षाको जागरण अभियान थाल्नु पर्ने बताउछन् । समारोहलाइ संबाेधन गर्दै सहकुलपति तथा शिक्षामन्त्री गिरीराजमणी पोखरेलले शिक्षालाई समृद्धिको एउटा पूर्वाधारका रुपमा अगाडी बढाउन पहल भएरहेको बताए । प्रमुख अतिथिकाे आसनबाट बाेल्दै बंगलादेशको ढाका विश्वविद्यालयका उपकुलपति प्रा.डा. मोहम्मद अख्तरुज्जमानले दीक्षित विद्यार्थीलाइ बधान दिए । नेपाली विद्यार्थीबाट बंगलादेशी विद्यार्थीले पनि सिकाे गर्नु पर्ने बताए ।
त्रिविबाट वर्षेनी विभिन्न संकायका हजारौँ विद्यार्थी दीक्षित भइरहँदा नेपालको शिक्षा क्षेत्रले छलाङ मारे जस्तो देखिए पनि स्नातक र स्नातकोत्तर गरेका विद्यार्थी खाडी तथा अन्य मुलुकमा अदक्ष कामदारको रुपमा श्रमबेच्न बाध्य भएका छन् । हजारौँको संख्यामा उत्पादन भएका शिक्षित बेरोजगार जनशक्तिलाई नेपालको विकासमा सहभागी गराउन सरकारले गम्भीरढंगले सोच्न जरुरी छ ।
पुल्चोक क्याम्पसमा आयोजना भएको त्रिविको दीक्षान्त समारोहबाट सबैभन्दा बढी व्यवस्थापन संकायका ३ हजार ७०३ जना विद्यार्थी दीक्षित भएका छन् । यसैगरी मानविकी संकायतर्फ २ हजार ९१, ईञ्जीनियरिङ्गमा १ हजार १८६, विज्ञानतर्फ १ हजार ९८ र चिकित्सा तर्फ ८६४ जना विद्यार्थीहरु दीक्षित भएका छन् । त्यसैगरि कानुनमा १८०, वन विज्ञानमा ३३, कृषि तथा पशु विज्ञानमा १३२, शिक्षामा ७७१, जना स्नातकोत्तर र स्नातक तह उत्तिर्ण विद्यार्थी दीक्षित भएका हुन् ।
यस्तै विद्यावारिधि (पीएचडी) मा ८५ र एमफीलमा ४० जना दीक्षित भएका छन् । त्रिविले विभिन्न संकायमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पदक समेत प्रदान गरेको छ । यो वर्ष दीक्षान्त समारोहमा सहभागी हुन ७० हजार ७७ विद्यार्थी योग्य भए पनि १० हजार १ सय ८३ विद्यार्थीले मात्र फाराम भरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं, ६ जेठ । संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्ने भएको छ । बैठकको कार्यसूचीअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् नियमावली, २०७९ को...
काठमाडौं, ३ जेठ । सगरमाथा संवाद २०२५ को दोस्रो दिन आज (शनिबार) काठमाडौंमा जलवायु परिवर्तन र दिगो विकासका मुद्दाहरूमा केन्द्रित ९ वटा छलफल सत्र सञ्चालन हुँदैछन्। बिहान ९:०० बजेदेखि...
मध्यपुरथिमि, ३१ चैत । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्वप्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ यस वर्ष पनि निरन्तर रहने भएको छ। यस वर्ष स्थानीय २८ वर्षीय...
काठमाडौं, ३० चैत । विसं २०८१ नेपाली चलचित्र क्षेत्रका लागि समग्रमा उत्साहजनक रह्यो । यो वर्ष प्रदर्शन भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले घरेलु बजारमा ४६ करोड ८० लाख (ग्रस) को...