आदरणीय दाजु
ढोग तथा न्यानो सम्झना,
महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट त्रसित मेरो मन मस्तिष्कले हरपल हजुरलाई सम्झन्छ । स्वदेशी भूमिमा रहदा मेरो कहालिलाग्दो यो अवस्था, यो मेरो हरपल रोगसंगको लडाइ एकातिर भने भोकसंगको लडाइ अर्कातिरले मलाई मेरो भन्दा पनि पलपल हजुरको सम्झनाले सत्ताइ रहन्छ ।
मेरो मनमस्तिष्कले पलपल हे भगवान ! मेरो दाजुको स्वास्थ्यको ख्याल राख भन्दै बिन्तीभाउ चढाइरहन्छ । निरन्तर, परदेशीएको मेरो दाजुको कसैले त उद्दार गरिदिए हुन्छ भन्दै जोकोहिसित म आशावादी रही रहेको हुन्छु । कोरोना भाइरसबाट सुरक्षित रहन बन्दकोठा भित्र एकान्तवासको त्यो उकुस मुकुस भएको सारा विश्वमा हजुरको त्यो खाडी मुलुक पनि पक्कै निस्सासिएको होला ।
सामान्य अवस्थामा त निस्सासिने त्यो खाडी आज पक्कै कल्पनाको सिमाभन्दा पनि पर रहेको होला । मनका कयाेंै पीडा लुकाएर मन्दमुस्कानका साथ हजुर बोल्दा पनि मलाई लाग्दैन त्यो सत्य हो भनेर । अरु बेला त कम्पनीको जर्बरजस्त हेपाई शोषणमा पर्ने गरेका खाडीका नेपालीहरुको त्यो हृदय विदारक कथा मैले पक्कै सुनेको यति सजिलै बिर्सिसकेको छैन ।
सारा विश्व लकडाउनमा रहेको बेला, हजुरको कम्पनी पनि लकडाउनमा होला । हजुरहरु सबै काम बिहिन हुनुभएको होला, एउटै कोठामा निस्सासिएर रोगले भन्दा पनि भोकको त्रासले आक्रान्त हुनुभएको होला । एक छाक भोकै होइन, दाजु सायद हजुरले त्यो परदेशमा कयांै छाक भोकै बस्नु भएको छ होला । परदेशीको पिडा सामान्य पिडा भन्दा निकै कठिन हुन्छ भनेर सायद हजुरले पक्कै महसुस गर्न भएको थियो ।
तर आज कोरोनाका कारण आफू आफ्नो शरीरका अङ्ग, त्यो फेरिने सास अनि आफ्नो आत्मियबाट नै यतिको त्रसित हुनु पर्ने पनि दिन आउछ भनेर पक्कै कल्पना पनि गर्नभएको थिएन होला । जिवनमा त्यो पनि परदेशी भूमिमा यतिका त्रासमा बाच्न पर्ला भनेर हजुरले सायद सपनामा पनि सोच्नु भएको थिएन होला ।
कहिले काँही म सम्झन्छु स्वदेशी भूमिमा रहेको हजुरको बहिनी त निरीह बन्न बाध्य छिन । बाध्यतामक अवस्थामा मैले समाधानको कुनै राहत पाउदिन, आफ्नैबाट म आज आफ्नै भूमिमा बिरानो भएको छु । जति कराए वा चीच्याए पनि मेरो आवाज मात्रै आवाज बिहिनमा परिणित हुने सिवाय मैले केही पाउदिन तर सान्त्वनाका लागि जति दुःख होस, जति पिडा होस्, कम्तीमा म परिवारका साथमा त छु ।
स्वदेशी भुमीमा त छु तर हजुरको साथमा न म छु न त हजुरको परिवार नै छ । परिवारको काखमा रमाउन हजुरलाई कयौं मन हुदाँ हुदै परिवारका काखमा खुसी भर्नका लागि परदेश हिडेको दाजु हजुरको यहिवेला अथाह माया अनि सम्झना लागेर आउछ । पारिवारीक बाध्यता र मजबुरिले गर्दा बिरानो मुलुक तिर पाइला नचालि सुखै नपाएको त्यो हजुरको कलिलो पाइलाँ सम्झी सम्झी आज मेरो प्रत्यक पल आखाँ रसाउने गरिरहेको छ ।
त्यो समय जतिबेला हजुरको हातका हत्केलामा रेखा पनि राम्रोसँग देखापरेको थिएन । जुन बेला बाल्यकालको खेल्ने अनि त्यो उत्ताउलो गर्ने हजुरको उमेरले गहकिलो पारिवारिक जिम्मेवारी बोक्दैँ कयौं आफ्ना खुसीलाई पारिवारिक खुसीका लागि तिलाञ्जली दिएको त्यो पल आज झलझली याद आउँछ मेरो दाजु ।
हाम्रो त्योे सानै उमेरमा माओवादी दन्द्धका सिकारमा आँगन मै बाबाको लास लडिरहेको थियो । हजुर खेल्दै आउदै अनि बाबा भन्दै तोतेबोली बोल्दै बाबाकालासलाई रमाइ रमाइ सुम्सुमाउ हुनथ्यो । अनि बहिनी बाबा किन नबोल्नु भाको भन्नुहुथ्यो ।
हजुरको नजरमा आगनमा लमतन्न त्यो लासलाई केही समय पछि घाट लग्नका लागि उठाइन्छ तब हजुरले रुदैरुदै बाबा बाबा मेरो बाबा सुतिरहन्नु भएको छ कहाँ लगेको कहाँ लगेको भन्दै हजुर पछि पछि कुद्दै गरेको त्यो क्षण आज मलाई झलझल याद आइरहेको छ दाजु ।
जब हजुर हुर्किदै जानुभयो अनि केही अलि बुझने हुनुभयो त हजुरले आफूलाई सानैमा टुहुरो भएको अभागी बालकका रुपमा पाउनु भयो । जतिबेला हजुरले हाम्रो अनि परिवारका खुसीका लागि सम्पुर्ण आसुका ढिकाहरु सबै भित्रै भित्रै सुकाइ सक्नु भएको थियो । माओवादी दन्द्धको सिकार भएको र अवशेसका रुपमा रहेको त्यो सानो घरका हरेक ढुङगा अनि माटोले आज दाजु हजुरलाई सम्झिरहेका छन ।
जवान छोरालाई गुमाउँदाको पिडालाई दिनरात खेप्दै आइरहेकी मधुर दुष्टिमा रहनु भएको ८४ नाघि सकेकी हजुरआमाले आज दाजु हजुरलाई पलपल सम्झिरहनु भएको छ । हजुरले लगाएको त्यो जुत्ता अनि चुटेको चप्पल, हजुरले बोकेको डोको अनि ति डोका, नाम्लाहरुले पलपल हामीलाई हजुरको सम्झना दिलाइरहेका छन् । तिनले हजुरलाई कति सम्झिरहेका होलान ?
अरु सामान्य बेला त हजुरको यादले दिनरात हामीलाई पिरोल्ने गथ्र्याे त आज विश्व नै स्तब्ध भएको बेलामा हजुरको याद अनि सम्झनाले हाम्रो प्रत्येक सास मात्र हजुर प्रति केन्द्रित रहेको छ । कयौं सम्झना अनि यादका बाबजुत हजुरको कलिलो हातमा दुःख र पसिनाका ठेलाहरु अनि कलिलो त्यो निधारमा देखिएका कयौं धर्साहरुमा खुसी भर्न त्यो सात समुन्द्रको बाटो हजुरले त्यो कलिलो उमेरमा नै तय गर्नु परेको थियो ।
कहिले काहीं म सोच्छ,ु मन भन्दा त पक्कै धन ठूलो होइन ! तर आज कलिलो उमेरमा आफ्नो घर अनि गाउँ ठाउँलाई श्रृङ्गार्ने सपना बोकेको मेरो दाजुले ति सपनालाई तिलाञ्जली दिएर त्यो कलिलो उमेरमा नै परदेशी गाउँ अनि त्यो बिरानो ठाउँको पाइला नचालि सुखै रहेन छ । जुन म यति खेर महसुस गर्दै छु । साच्चै महङ्गियो संसार महङ्गियो सम्बन्ध, सँस्कार र सबथोक ।
पैसा बेगर सिन्को समेत नभाँचिने भयो, पैसा बेगर मान प्रतिष्ठा पनि प्राप्त नहुने भयो । पैसा नै संसार भयो, पैसा नै सम्बन्ध, संस्कार अनि सबथोक भयो । पैसा बेगरको पात्रलाई मात्र समाजमा बिल्ला अनि नमुनाको पात्रका रुपमा उभ्याइदिने त्यो सस्कारबाट बच्नका लागि परदेशीयको बाध्यता हो दाजु । जुन हजुरले त्यो हजुरको कलिलो उमेरमा नै महसुस गर्नुभएको रहेछ ।
हजुरको रेमिटेन्सले आज पलपल हामीलाई अमन चयनको केहि प्रतिशत महसुस गराएता पनि भित्र अन्र्तरमनबाट बिल्ला र तिखो काँडाले प्रहार गरेको जस्तो मात्र लाग्छ । दाजु मानिसले आजकाल इमान, जमान अनि नैतिक धर्म सबै बिर्सिसकेका छन् । बोलि पिछे बोलिने तिनका रकमी बोलि अनि रकमी व्यबहारले आजित बनाउदै हजुरलाई यति परको यात्रा तय गराउनुको प्रमुख कारण होला ।
हिजो हजारौं माइलको यात्रा पनि आफै खुट्टाले तय गर्ने ति गाउँका गाउँलेहरु आज दुइ पाङ्ग्रे र चार पाङ्ग्रे बेगर पाइला नै चाल्न बिर्सिसकेका छन् । विहान, बेलुका साइली आमाको दोकानमा चिया खानका लागि जम्मा हुने त्यो गाउँलेको भिड आज बार अनि रेष्टुरेण्ट धाउन थालेका छन् । यी र यस्तै दुश्यले गर्दा सायद आज मैले मेरो दाजुलाई क्षितिज पारिको यात्रा तय गर्दा पनि मुकदर्शक भइ बस्न बाध्य भएको होला ।
घरको सम्पुर्ण जिम्मेवारी आफ्नो काँधमा बोकि क्षितिज पारिको यात्रा मेरो दाजु हजुरले तय गर्दा आज म संग सानत्वनाको नाउँमा मनमा पिडा अनि आखाँमा आँसुसिवाय केही पनि छैन, म आफै चकित छु म आफैमा थाकिसकेको छु । आदरणीय दाजु, त्यो हामो बाल्यकाल यसो सम्झनु त जति दुःख अनि पिडा दायीक भएता पनि तत्कालिन समय कुनै प्रतिस्पर्धाको समय थिएन ।
गाउँले एक जनाको दुःखलाई सारा गाउँले आफ्नै दुःख अनि पिडा जसरी बोक्दा लाग्थ्यो गाउँले सारा एक्कै घरका परिवार हुन । याद छ हजुरलाई, त्यति खेर न कुनै पैसाको बोलि नै बिक्थ्यो नत कुनै रकमीको बोलिनै, समय थियो इमान, जमान अनि नैतिकता र मानवीयताको है । कति आनन्द अनि कति शान्तिमय थियो त्यो समय है दाजु ।
मलाई त्यो समय सम्झदा आज एकादेशको कथा भएको देख्दा आफैलाइ आश्चर्य लाग्छ । विहान उठेर पछि पानी पधेरा जादा खेरी ति गाउँले दिदि बहिनी अनि आमा सानीआमासगंको त्यो हाँसिमजाक अनि माया प्रेम बास्तबकै एक स्वर्गीय आनन्द नै थियो । त्यो मर्दा पर्दा एक घरले अर्काे घरलाई गरिने सहयोग कति प्रेमपुर्ण थियो । हाम्रो त्यो जीन्दगी कति शान्त र आनन्ददायी थियो ।
जहाँ कुनै प्रतिस्पर्धा नै थिएन, जहा कुनै रिस राग नै थियो । आहा ! यसो सम्झदा पनि चरम सुखको प्रत्याभूति दिलाउँछ है । दाजु सम्झनुत त्यो समय जहा हजुरलाई र मलाई आमाले पढाउने बेलामा अनि सुताउदा खेरीका कयौँ र लोहरीका मदुर आवाजले त्यतीखेर हाम्रो मनमष्तिकलाई कति आनन्दको प्रत्याभूति दिलाउँथ्यो ।
आज समयले कति चाडै कोल्टो फेरेछ ? शिक्षा दिक्षा पनि पैसामा सट्टापट्टा हुने जमाना । क्षमताले शिक्षा आर्जन गर्नु भन्दा पनि पैसाको बिटोमा मान्छेको विधोता आदान प्रदान हुने जमाना । शिक्षा पनि पैसाले किन्नु पर्ने है दाजु, यो जमाना बिहान उठे देखि बेलुका नसुते सम्म अभावै अभाव ।
सम्झदा पनि आसु आउँछ, हामी हुर्किएको त्यो पल आमाको न्यानो काख अनि हजुरबाबा, आमा लगायत कयौं आफन्तका हातैहात हुकिदै गरिएको एकले अर्कामा अंकमाल आजका आधुनिक सिकन्दरले पुरै लृटिदिएको छ । त्यो आधुनिक सिकन्दरको सिकारमा हजुर परदेशीन बाध्य हुनु पर्यो दाजु । आज हजुरको लागि आमा, बहिनी अनि आफ्न्त सबै फेसबुक अनि म्यासेन्जर नै हुन गयो ।
हजुरलाई यो पत्र लेख्दै गर्दा कयौं आसुका ढिकालाई मैले आँखा भित्र सुकाइ दिएको थिए । अलारामको गतिमा खाडिको राँपमा आफूलाई तताएर हजुरले पठाइ दिएको रेमिट्ेन्सले आज मूलकको अर्थतन्त्र उकासिएको छ । आमाले र मैले पनि छात्ती नै ढाकिने खाले मोबाइल बोक्न पाएका छौं । विदेशी ब्राण्डका मीठाइ, घरका भित्ता नै ढाकिने खाले टिभिको आनन्दमा आज हामी रमाउन पाएका छौं ।
त्यो हिजोको हाम्रो घर आज सिमेन्टेड भएको छ । हामी जस्ता कयौंका जिवनमा परिवर्तन आएको छ । त्तँह् अनि ठूला ठूला सुपरमार्केट आज रेमिटेन्स भरिपूर्ण छ । हजुरको त्यहाँ खाडीको पलपलमा बगाएको पसिनाको थोपाले यहाँ बालबच्चा पढाउने निजि स्कूलमा मास्टर छैन, मर्दापर्दा भन्ने शब्द नै मरिसकेको छ ।
विडम्बना, हजुरका रेमिटान्समा रमाउनेहरुले आज हजुरलाई नै बिर्सिसकेका छन । हजुरको देशले आज हजुरलाई पराइको व्यवहार गरिरहेको छ, हजुरलाई मात्र दुधदिने गाईको रुपमा लिइएको छ । हिजो देश अनि देशवासीको खुसीका लागि कयौं हाम्रा पुर्खाले रगत पसिना ति सात समुद्र पारि नबगाएको भए, देशका खाँतिर आफ्नो रगत नबगाएको भए आज यो खुसी आउने थिएन ।
तर आज तमाम इतिहास मात्र तमासामा सिमित र¥यो दाजु । आदरणीय दाजु अब सोच्नु पर्छ । त्यो प्रदेशी भूमिमा बगाएको त्यो रगत पसिना अब स्वदेशी भूमिमा नै बगाउदा पक्कै हजुरको रगत पसिनाले उचित मुल्याङ्कन पाउने छ । हजुर फेरी उपन्यास सिर्जनाको विषय बस्तु बन्नु पर्छ । सरल जिन्दगी अनि सादगीले भरिपुर्ण जिन्दगीको उपहार हजुरले दिनै पर्छ ।
हजुरकी प्यारी बहिनी
मुना बस्नेत
Katunje-5, Bhaktapur
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । अभिनेत्री चैत्यदेवी सिंहलाई दीर्घसाधनाबाट सम्मान गरिएको छ । चलचित्र विकास बोर्डले आयोजना गरेको राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नगद ३ लाख ७५ हजार...
काठमाडौं । ‘ह्रस्व दीर्घ’ले घरेलु बक्स अफिसमा सुखद् कमाइलाई निरन्तरता दिइरहेको छ । प्रदर्शनको तेस्रो दिनसम्म २ करोड ७५ लाख कमाइ गरेको कम्पनीले जनाएको छ । शुक्रबार ८० लाख...
काठमाडौं। प्रदर्शनमा आएको नेपाली चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले नेपालभरका हलमा तीन सय ८० भन्दा बढी ‘शो’ पाएको छ । यसले नेपाली चलचित्र इतिहासमा एकैदिन सबैभन्दा धेरै ‘शो’ पाउने नेपाली...
दाङ । कात्तिक १५ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र पूर्ण बहादुरको सारङ्गीका कलाकारसँग चलचित्र पत्रकार दाङ शाखाले साक्षात्कार गरेको छ । प्रचारप्रसारका लागि दाङ आएको टिमसँग बुधबार रिपोटर्स...