मार्क्सवाद के हो ?

मार्क्सवाद के हो ? image

मार्क्सवाद सर्वहारा क्रान्तिको विज्ञान हो । कार्ल मार्क्स र उनका अनन्य मित्र तथा सहयोगी प्र. फेडरिक एंगेल्सद्वारा मार्क्सवादको सृजना गरिएको हो । मार्क्सवाद सर्वहारा श्रमजीवा वर्गको मुक्तिको सिद्धान्त हो । मार्क्सवाद एक वैज्ञानिक सिद्धान्त हो ।

मार्क्सवाद पूँजीवादको प्रारम्भिक अवस्थामा विकसीत भएको हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त, वर्ग संर्घष तथा इतिहासमा बल प्रयोगको भूमिका र वैज्ञानिक समाजवाद तथा साम्यवाद यसका आधारभूत मान्यता हुन् ।

अतः प्रकृति, समाज, चिन्तन, राज्यव्यवस्था आदि बारेमा कार्ल मार्क्स र फेडरिक एंगेल्सले महान खोज र प्रयोगद्वारा निकाल्नु भएको वैज्ञानिक तथा क्रान्तिकारी विचार र सिद्धान्त एवं व्यवहारको संयुक्त योगलाई मार्क्सवाद भनिन्छ । मार्क्सवादको दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद हो । मार्क्सवादको दर्शनको सिद्धान्त भौतिकवाद हो । यसले पदार्थ, प्रकृतिलाई पहिलो र सामाजिक चेतनालाई दोश्रो स्थानमा राख्दछ ।

मार्क्सवादले चेतनालाई वस्तुगत जगतको आत्मिक प्रतिविम्ब मान्दछ र विश्वलाई बोधगम्यं बताउँछ । यस दर्शनको पद्धति द्वन्द्ववाद हो । मार्क्सवादका तीन संघटक अंग दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद तीन संघटक अंग हुन् । कार्ल मार्क्स (५ मई १८१८–१४ मार्च १८८३) र फेडरिक एंगेल्स (२८ नोबेम्बर १८२०–६ अगस्ट १८९५) दुवैको संयुक्त प्रयासबाट मार्क्सवादको जन्म भएको हो ।

भी.आई. लेनिनल– मार्क्सवाद मार्क्सका विचारहरू र उनको शिक्षाको व्यवस्थित श्रृंखला हो भन्नु भएको छ । स्टालिनले, मार्क्सवाद प्रकृति र समाजको विकासलाई संचालन गर्ने विज्ञान हो, मार्क्सवाद सारा जडसूत्रवादको शत्रु हो भन्नु भएको छ । माओत्सेतुङले “मार्क्सवाद ज्ञानका अनेक शाखाहरूबाट बनेको छः मार्क्सवादी दर्शन, मार्क्सवादी अर्थशास्त्र र मार्क्सवादी समाजवाद अर्थात वर्गसंर्घषको सिद्धान्त, तर जग मार्क्सवादी दर्शन हो ।

यदि यसलाई मनन गरिदैन भने हाम्रो एउटा साझा भाषा वा कुनै साझा तरिका हुने छैनन्, हामी चीजहरूलाई स्पष्ट नपारिकन यताउताको कुरा उठाई तर्क मात्र गरिरहेका हुन्छौं । द्वन्द्वात्मक भौतिकवादलाई मनन गरिसकेपछि थुप्रै दुःख कष्टबाट जोगिने छ र धेरै गल्तीहरू हट्ने छन्, भन्नु भएको छ । लेनिनले मार्क्सवादका तीन स्रोतको उल्लेख गर्नु भएको छ र यसै आधारमा मार्क्सवादका तीन संघटक अंग पनि निर्मित भएका छन् ।

तदनुसार दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद मार्क्सवादका तीन संघटक अंग हुन् । मार्क्सवाद–लेनिनवाद–माओविचारधारा सर्वहारावर्गको मुक्तिको सिद्धान्त हो । सर्वहारावर्गलाई मार्गदर्शन र पथप्रदर्शक गर्ने मार्क्सवाद–लेनिनवाद–माओविचारधारा बाहेक अर्को क्रान्तिकारी सिद्धान्त छैन । आज संसारमा धेरै प्रकारका दर्शनहरू देखिए पनि मुख्यतः दुइ प्रकारका दर्शनहरू छन् ।

जो चेतनालाई आदि तत्व मान्ने, जगतलाई त्यसको स्वतः स्फूर्ततामा मान्ने र संसार अवोधगम्य छ अर्थात् जान्नै नसकिने खालको छ भन्ने आध्यात्मवादी (आदर्शवादी) दर्शन र अर्को पदार्थलाई आदितत्वा मान्ने अर्थात् संसार बोधगम्य छ र संसारका सबै कुराहरू जान्न सकिन्छ बुझ्न सकिन्छ भन्ने दर्शन भौतिकवादी दर्शन हो । मार्क्सवादी दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन हो ।

मार्क्सवाद, जसले अहिले मार्क्सवादको गुणात्मक विकासको दोश्रो चरण लेनिनवाद र मार्क्सवाद–लेनिनवादको गुणात्मक विकासको तेश्रो र नयाँ चरण माओ विचारधाराको जुन गुणात्मक र नयाँ चरणमा विकास भएको छ । यसरी आज मालेमा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोणमा आधारित छ । द्वन्द्ववादको सारतत्व भनेको आलोचनात्मक र क्रान्तिकारी रहेको छ । मार्क्सवादी दर्शनका दुई भाग छन्, द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद ।

मार्क्सवादको दार्शनिक आधार द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद भएकाले यसले पदार्थ, प्रकृति वा सामाजिक सत्तालाई पहिलो र चेतना, विचार वा सामाजिक चेतनालाई दोश्रो स्थानमा राख्ने गर्दछ । मार्क्सवादी दर्शन भौतिकवादी भएकोले यसमा भौतिकवाद र द्वन्द्ववाद अभिन्न रूपले सम्बन्धित छन् ।

निश्चित सामाजिक र आर्थिक अवस्थाले नै यसलाई जन्माएको हो र यसको सुनिश्चित वैज्ञानिक तथा दार्शनिक पूर्वाधार पनि यही हो । वैज्ञानिक तथा दार्शनिक चिन्तनको सम्पूर्ण गतिविधिले मार्क्सवादी दर्शनको प्रादूभाव गरेको हो । जीवन र जगतको विकासको सामान्य चित्रको अध्ययन गर्नु भौतिकवादी द्वन्द्ववादको एउटा महत्वपूर्ण लक्ष्य हो ।

यस विषयमा फेडरिक एंगेल्सले भनेकाछन्,–द्वन्द्ववाद भनेको प्रकृति, मानव समाज र चिन्तनको गति सम्बन्धि सार्वभौम नियमहरूको अध्ययन गर्ने नियम हो । यो पूँजीवादको प्रारम्भिक अवस्थामा विकसित भएको हो । अतः मार्क्सवाद एक व्यवहारिक विज्ञान समेत भएकाले मार्क्सवाद युगको विज्ञानसँग सम्बन्धित दर्शन हो । मार्क्सवाद सर्वहारा क्रान्तिको विज्ञान हो । यो पुँजीवादको प्रारम्भिक अवस्थामा विकसित भएको हो ।

द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त, वर्गसंघर्ष तथा इतिहासमा बलप्रयोगको भूमिका र वैज्ञानिक समाजवाद तथा साम्यवाद यसका आधारभूत मान्यता हुन् । अर्थात प्रकृति, समाज, राज्यव्यवस्था आदिका बारेमा कार्लमार्क्स र फेडरिक एंगेल्सले महान् खोज र प्रयोगद्वारा निकाल्नु भएको वैज्ञानिक तथा क्रान्तिकारी विचार, सिद्धान्त र व्यवहारलाई मार्क्सवाद भनिन्छ ।

मार्क्सवादले पूँजीपति वर्गको राज्यव्यवस्थालाई ध्वस्त पारि त्यस ठाउँमा सर्वहारा श्रमजीवी वर्गको राज्यव्यवस्था स्थापना गर्ने क्रान्तिकारी बाटो देखाउँदछ । मार्क्सवादका मौलिक विशेषताहरू द्वन्द्वात्मक भौतिकवाद, ऐतिहासिक भौतिकवाद, वर्गसंघर्ष, अतिरिक्त मूल्यको सिद्धान्त, सर्वहारा अधिनायकत्व, तल्लो वर्गको जनतामा राज्यको शक्ति निहित आदि कुरा हुन् ।

माक्सवादी दर्शन कार्ल मार्क्स र फेडरिक एंगेल्स मार्क्सवादी दर्शनका संस्थापक हुनुहुन्छ । पूँजीवादी समाजमा पुँजीपती वर्ग र सर्वहारा वर्गबीचको वर्गसंघर्षको अवस्था, प्रकृति विज्ञानका नयाँ नयाँ खोजहरू र जर्मन शास्त्रीय दर्शन, इंगल्याण्डको राजनीतिक मार्क्सवादको जन्मका भौतिक तथा सैद्धान्तिक आधार बन्न पुग्दछन् ।

पूँजीवादी दर्शनमा काण्ट देखि लिएर हेगेल एवं फायरवाखसम्म आउँदा दर्शनमा जुन समस्या पैदा भएका थिए, मार्क्स र एंगेल्सले तिनको समाधान गर्नुभयो । मार्क्सवादी दर्शनको नाम द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद हो । मार्क्सवाद सर्वहारा वर्गको समग्र विचारधारा हो । दर्शन, राजनीतिक अर्थशास्त्र र समाजवाद तीन तत्व मिलेर मार्क्सवाद बन्दछ । वर्गसंघर्ष इतिहासमा बल प्रयोग भूमिका, सर्वहारावर्गको अधिनायकत्व, साम्यवाद मार्क्सवादको इतिहास मीमांसाका मूल विषय हुन् ।

दर्शनलाई विज्ञानको एउटा विशिष्ट विज्ञानको अर्थमा विश्व दृष्टिकोणका रूपमा परिभाषित गर्नु, दर्शन शास्त्रको वैज्ञानिक अध्यापनका लागि मौलिक प्रश्नको समस्या सही ढंगले हल गर्नु, द्वन्द्ववाद र भौतिकवादलाई एकै ठाउँमा मिलाई द्वन्द्वात्मक भौतिकवादी दर्शनको स्थापना गर्नु, समाजवादको विचारधारालाई केन्द्रविन्दुमा राखि भौतिकवादको सिद्धान्त र द्वन्द्ववादको पद्धति अवलम्बन गरि नयाँ दार्शनिक प्रणालिको निर्माण गर्नु मार्क्सवादी दर्शनका मूल विशेषता हुन् ।

हामीले बुझ्ने कुरा के हो भने मार्क्स–एंगेल्सको समकालिन सन्दर्भ र त्यस यता दर्शनमा निकै विकास हुँदै आएको छ । आजको अवधि साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको अवधि हो । यस अवधिमा दर्शनका विकासका मुल तीन धारा रहेका छन् । ती हुन् (१) साम्राज्यवादी युगको पूँजीवादी दर्शन, (२) संशोधनवादी दर्शन र (३) मार्क्सवादी–लेनिनवादी–माओविचारधारा दर्शन ।

यही नै हो दर्शनको ऐतिहासिक विकास प्रक्रियाको अति संक्षिप्त टिप्पणी । दर्शनको इतिहासबारे एंगेल्सले भन्नु भएको छ– प्रत्येक युगको दर्शन वस्तुतः श्रमविभाजनको निश्चित क्षेत्र हो, अतः त्यसले पूववर्ति दर्शनबाट प्राप्त केही निश्चित क्षेत्र हो, त्यसले पूववर्ति दर्शनबाट प्राप्त केही निश्चित चिन्तन सामग्रीलाई पूर्व मान्यताका रूपमा ग्रहण गर्दछ र त्यही त्यसको प्रस्थानविन्दु पनि हो ।

त्यसैकारण आर्थिक दृष्टिले पीछडिएका देशले दर्शनमा नेतृत्व गर्न सक्छन, जस्तै अठारौं शताब्दीमा इंगल्याण्डको दर्शनमाथि नै आफ्नो दर्शनलाई आधारित बनाउने फ्रान्स इंगल्याण्डको तुलनामा अगाडि बढ्यो अथवा जर्मनी यी दुवैको तुलनामा अगाडि उभियो ।

१. मार्क्सवादी दर्शनको परिचयः मार्क्सवादी दर्शन सर्वहारावर्गको विश्वदृष्टिकोण हो । यसलाई द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद भनिन्छ । मार्क्सवादी दर्शन एक वैज्ञानिक दर्शन हो । मार्क्सवादी दर्शन एक वर्ग दर्शन हो । सर्वहारा वर्गको दर्शन हो । यस दर्शनलाई स्टालिनले मार्क्सवादी लेनिनवादी पार्टीे विश्वदृष्टिकोणको रूपमा परिभाषित गर्नु भएको छ ।

२. मार्क्सवादी दर्शनका जन्मका पुर्वाधारहरूः मार्क्सवादी दर्शनको जन्म दर्शनशास्त्रको इतिहासको लामो विकास प्रक्रियाका बीचबाट भएको हो । मार्क्सवादी दर्शनको जन्म ऐतिहासिक आवश्यकताको कारणबाट भएको थियो । विश्व राजनीतिक रंगमञ्चमा एक स्वाधिन शक्तिको रूपमा देखापरेपछि सर्वहारावर्गको लागि एक साच्चिकै वैज्ञानिक दर्शनको खाँचो पर्न गयो ।

त्यो एक प्रकारको ऐतिहासिक आवश्यक्ता थियो । विश्वको क्रान्तिकारी रूपान्तरण गर्ने ऐतिहासिक जिम्मेवारी वहन गरेको सर्वहारा वर्गको प्रयासलाई मार्क्सवादी दर्शनले सैद्धान्तिक आधार प्रदान गर्यो । मार्क्सवादी दर्शनमा सर्वहारा वर्गले संसारलाई ठिकसीत बुझ्ने र त्यसलाई बदल्ने एक अचुक बौद्धिक अस्त्र भेटायो ।

लेनिनले मार्क्सवादी दर्शनको महत्वलाई यसरी दर्शाउनु भएको छ– मार्क्सको दर्शन एउटा यस्तो परिपूर्ण भौतिकवाद हो, जसले मानव जातिलाई र खास रूपले मजदुरवर्गलाई ज्ञानका शक्तिशाली औजारहरू प्रदान गरेको छ ।

यस दर्शनका बारेमा स्वयं मार्क्सले लेख्नु भएको छ–जसरी दर्शनले सर्वहारा वर्गमा आफ्नो भौतिक हतियार भेटाउछ, त्यसरी नै र्सवहारा वर्गले दर्शनमा आफ्नो बौद्धिक हतियार भेटाउँछ । अतः जुन परिस्थिति र परिवेशमा मार्क्सवादी दर्शन जन्मियो त्यसका आवश्यक पूवाधारहरू निम्न रहेका छन् ।

१. सामाजिक – आर्थिक पुर्वाधार
मानव समाजको विकासक्रमको प्रक्रिया अन्तरगत उन्नाइसौं शताब्दिको मध्यतिरसम्म आइपुग्दा युरोपका कतिपय देशहरू इंगल्याण्ड, फ्रान्स लगायतका देशहरूमा सामन्तवादका विरुद्ध पूँजीवादीक्रान्ति सम्पन्न हुँदै गए । त्यसै अवधिमा उत्पादक शक्तिको तीव्र विकास भएर गयो र यसै प्रक्रियामा औद्योगिक क्रान्ति भयो ।

पूँजीपति वर्गको गर्भबाट औद्योगिक सर्वहारावर्गको जन्म भयो । त्यसपछि समाजमा पूँजीपति र सर्वहारावर्ग बीचमा संर्घष चर्कदै जान थाल्यो । अतः पूँजीपति वर्गका विरुद्धको संर्घषमा सर्वहारा वर्ग आफ्नो हक, हित र अधिकारका लागि आन्दोलनको प्रक्रिया अगाडि बढाउन थाल्यो । त्यसै क्रममा सन् १८११ – १८१२ बेलायतका मजदुरहरूले स्वतः स्फूर्त रूपले मेशिन तोड (लुडायक) आन्दोलन चलाएका थिए ।

फ्रान्सको लियो शहरका कपडा कारखानाका मजदुरहरूले सन् १८३१ मा संगठित रूपले विद्रोह गरेका थिए । इंगल्याण्डमा सम्पन्न चार्टिष्ट आन्दोलन (१८३८ – १८४२) यस सन्दर्र्भमा विशेष उल्लेखनीय रहेको छ । वास्तवमा चार्टिष्ट आन्दोलन मजदूर वर्गको पहिलो संगठित आन्दोलन थियो । ठिक यही परिस्थितिमा मजदूर वर्गको मुक्ति, उद्देश्य र आन्दोलनको लागि सुसंगत, क्रान्तिकारी, विचारधाराको निर्माण एक ऐतिहासिक आवश्यकता बन्न गयो ।

२. प्रकृति विज्ञानका पुर्वाधारः
सामान्यतः दासताको युगको अन्त्य र पूँजीवादको विकाससँगै विशेषतः युरोपको पुनर्जागरण कालयता प्रकृति विज्ञानका क्षेत्रमा प्रशस्त विकास हुँदै आयो । ज्योतिषशास्त्र, गणित, भौतिक शास्त्र यन्त्रशास्त्र, रसायन विज्ञान, जीवविज्ञान लगायत प्रकृति विज्ञानका विविध क्षेत्रमा नयाँ नयाँ खोज हुँदै गए ।

प्रकृति विज्ञानको क्षेत्रमा सौर्यमण्डलको सिद्धान्त, दशमलब, अंक पद्धति, प्रारम्भिक वीजगणित जस्ता चीज अरबहरूबाट प्राप्त हुन थाल्यो । युरोपीय पुनर्जागरण कालयता प्रकृति विज्ञानको क्षेत्रमा नयाँ चरणको थालनी भएको थियो । यसै सन्दर्भमा कोपरनिकस ग्यालिलियो, न्यूटन जस्ता वैज्ञानिकहरूले खगोल विज्ञानको क्षेत्रमा महत्वर्पूण भूमिका खेले । त्यस्तै अन्य क्षेत्रमा पनि नयाँ खोज हुँदै गए ।

प्रकृति विज्ञानको क्षेत्रमा विशेष गरि भौतिक विज्ञानमा मायर, जुल तथा कोल्डिङ्गको उर्जा संरक्षण तथा रूपान्तरणको सिद्धान्त जीव रसायनविज्ञानमा खान्न तथा इलेइडेनको जैविकोषिकाको सिद्धान्त र डार्विनको विकासवाद उल्लेखनीय रहेका छन् ।

अतः यी सबै नयाँ खोजको परिणाम प्रकृति विज्ञानमा यान्त्रिक तथा अधिभूतवादी चिन्तनका विरुद्ध द्वन्द्ववादको स्थापना, प्रकृति तथा प्रकृति विज्ञान द्वन्द्ववादी रहेको पुष्टि, प्रकृतिका प्रक्रियाहरूबारे परिकल्पनाका स्थानमा भौतिकवादी पुष्टि हुनु र यस स्थितिमा तथाकथित प्रकृति दर्शनको अन्त्य भै प्रकृति विज्ञानका विविध शाखाहरूले स्वतन्त्र विज्ञान बन्नका लागि राम्रो आधार तयार भयो ।

३. सैद्धान्तिक पूवाधार
मार्क्सवादका सैद्धान्तिक पूर्वाधारहरू तीनवटा रहेका छन् । जर्मन दर्शन शास्त्र, अंग्रेजी राजनीतिक अर्थशास्त्र र फ्रान्सेली समाजवाद

क. उन्नाइसौं शताब्दिमा जर्मनीमा हेगेल र फायरवाखमा आएर दर्शनले एउटा उत्कर्षप्राप्त गरेको थियो । हेगेलले द्वन्द्ववादको चरम रूपमा विकास गरेका थिए । तर हेगेलको द्वन्द्ववाद अगाडि विकसीत हुन सक्तैन थियो, किनकी उनको द्वन्द्ववादको चरम सिमा निरपेक्ष विचार थियो । एंगेल्सले यसलाई हेगेलीय प्रणालीको एक भयंकर र अन्तिम भू भ्रणपात बताउनु भएको थियो । हेगेलको यो निरपेक्ष विचार उनको आदर्शवादकै अभिव्यक्ति–थियो ।

यसैगरी त्यो बेला आदर्शवादका विरुद्ध फायरवाखको भौतिकवाद थियो । तर त्यो यान्त्रिक र साथै नैतिकताको मामिलामा आदर्शवादी थियो । दर्शनका क्षेत्रमा भएको सबभन्दा पहिलो विकास शास्त्रीय जर्मन दर्शनका रूपमा हेगेलको द्वन्द्ववाद र फायरवाखको भौतिकवाद थियो । हेगेल द्वन्द्ववादी थिए, तर भौतिकवादी थिएनन्, आदर्शवादी थिए ।

फायरवाख भौतिकवादी थिए तर द्वन्द्ववादी थिएनन् । अतः तत्कालिन समयमा देखापरेका यी दुवै दर्शनका मूल्यवान तथा सुसंगत विचारहरूलाई आत्मसात गरेर मार्क्स–एंगेल्सले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शनको विकास गरे ।

ख. त्यसै क्रममा इंगल्याण्डमा राजनीतिक अर्थशास्त्रको नयाँ ढंगले विकास हुँदै गएको थियो । यस कार्यमा आदम स्मिथ र डेविट रिकार्डोले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनीहरूले भनेका थिए– सबै सम्पति र मूल्यको मूल श्रोत श्रम हो । यो एउटा महत्वपूर्ण प्रस्थापना थियो ।

मजदूरले आफ्नो श्रमबाट जुन मूल्यको सृष्टि गर्दछ, त्यो उसले पुरै प्राप्त नगरि किन पूँजीपति वर्गलाई दिर्नुपर्दछ ? भन्ने प्रश्न खडा गरि दिएका थिए । तर यो अन्तरविरोधको समाधान कसरी हुन सक्छ – उनीहरूले यो प्रश्नको जवाफ खोज्न सकिरहेका थिएनन् । तब स्मिथ र रिकार्डोले अगाडि सारेका मूल्यका श्रमसिद्धान्तका आधारमा मार्क्सले अतिरिक्त मूल्यको सिद्धान्तको रूपमा नयाँ सिद्धान्तलाई विकसीत गरे ।

ग. त्यसै क्रममा नै फ्रान्सेली समाजवादको धारा पनि कैयौं नयाँ विचार लिएर अगाडि बढ्यो । यस सन्दर्भमा फ्रान्सका सेन्ट साइमन तथा चाल्र्स फुटिए र इंगल्याण्डका रोवर्ट ओवेनहरू प्रमुख रहेका छन् । समाजमा बढ्दै गएको पूँजीवादी उत्पडिन, पूँजीपति र मजदुर वर्गको बीचको अन्तरविरोध, पान्सेली राज्य क्रान्तिका स्वतन्त्रता, समानता र भातृत्वका सपनाहरूको ध्वंस पूँजीपति वर्गको छलकपट, होडवाजी, भ्रष्टाचार र चरम अनैतिकताका कारण तिनको पूँजीवादप्रतिको मोह समाप्त हुँदै गयो ।

तिनले दार्शनिक तर्क बुद्धिवादका आधारमा एक सुन्दर सामन्जस्यपुर्ण र शोषणविहिन समाज स्थापना गर्ने कुराको अर्थात् समाजवाद र साम्यवादको आदर्श प्रस्तुत गरे । तर वास्तविक जीवनमा त्यस प्रकारको समाज कसरी स्थापना गर्न सकिन्छ ? भन्ने ठोस विचार उनीहरूले रूपरेखा प्रस्तुत गर्न सकेनन् । यो सबैको सही संश्लेषण र विज्ञान सम्मत स्पष्टिकरण अनिवार्य बन्न गयो । त्यो काम मार्क्सवादले मात्र पूरा गर्यो ।

दार्शनिक फाँटमा क्रान्ति
कार्ल मार्क्स (१८१८–१८८३) ले प्राचीन युनानको सहज भौतिकवाद र द्वन्द्ववाद, विशेषतः कान्टदेखि हेगेलसम्म विकसीत हुँदै गएको जर्मन शास्त्रीय दर्शन, हेगेलको द्वन्द्ववाद र फायरवाखको भौतिकवादको गम्भीर अध्ययन गर्नुभयो । हेगेलमा द्वन्द्ववादको चरम विकास भएको थियो तर उनी आदर्शवादी थिए ।

फायरवाखमा भौतिकवादको राम्रो विकास भएको थियो तर उनी अधिभूतवादी धार्मिक, नैतिक क्षेत्रमा आदर्शवादी थिए । मार्क्स एंंगेल्सले हेगेलको आदर्शवादको विरोध गर्दै उनको द्वन्द्ववादलाई अंगीकार गर्नुभयो । त्यस्तै उहाँहरूले फायरवाखमा विद्यमान अधिभूतवाद र आदर्शवादको विरोध गर्दै उनको भौतिकवादलाई अंगाल्नु भयो ।

यसरी मार्क्स–एंगेल्सले द्वन्द्ववाद र भौतिकवादलाई परिमार्जित, संश्लेषित र एकीकृत बनाउँदै नयाँ दर्शनको आधारशिला तयार पार्नुभयो । कार्ल मार्क्सद्वारा दार्शनिक फाँटमा सम्पन्न क्रान्तिलाई बुझ्नको निम्ति प्रकृति विज्ञान र इतिहास विज्ञान बारे केही प्रष्ट हुन जरुरी छ । मार्क्स भन्दा पहिले यि दुवै विज्ञानको क्षेत्रमा आदर्शवाद र अधिभूतवाद व्याप्त थिए ।

मार्क्सले प्रकृति विज्ञान र इतिहासलाई अधिभूतवादबाट मुक्त गरि स्वतन्त्र विज्ञानको हैसीयत प्रदान गर्नुभयो र साथै दर्शनको पनि विशिष्ट क्षेत्र निर्धारण गर्नुभयो । त्यसरी नै मार्क्स एंगेल्सले इतिहास विज्ञानको क्षेत्रमा हात हाल्नुभयो र इतिहासको भौतिकवादी मान्यताको आविस्कार गर्नुभयो । इतिहासको यो भौतिकवादी मान्यतालाई आधार बनाउँदै मार्क्स एंगेल्स कुन निष्कर्षमा पुग्नुभयो भने आदिम युगलाई छोडेर समस्त विगतको इतिहास वर्ग संर्घषको इतिहास हो ।

मार्क्स एंगेल्सले दार्शनिक फाँटमा ठूलो क्रान्ति गर्नुभयो । उहाँहरूले प्रकृति विज्ञान र इतिहासको क्षेत्रमा वास्तविक अन्तः सम्बन्धका ठाउँमा काल्पनिक अन्तः सम्बन्ध प्रस्तुत गर्ने आदर्शवाद र अधिभूतवादका विरुद्ध संर्घष चलाउँदै ती दुवै क्षेत्रका वैज्ञानिक नियमहरूलाई राम्रोसँग उद्घाटन गर्नुभयो । प्रकृति, समाज र चिन्तनमा विद्यमान गतिका सामान्य नियमहरूको खोज गर्नु नै यो उद्घाटनको वास्तविक कुञ्जी बन्न गएको छ ।

अतः यस प्रकारको अध्ययन र खोजले एकातिर प्रकृति दर्शन र इतिहास दर्शनको प्रभुत्वबाट प्रकृति विज्ञान र समाज विज्ञानका विविध शाखाहरूलाई मुक्त गरि तिनलाई स्वायत्त विज्ञानको हैसीयत प्रदान गर्यो भने अर्कातिर एक विशिष्ट सकारात्मक विज्ञानका रूपमा दर्शनशास्त्रलाई अन्तर्वस्तु तथा रूप दुवै दृष्टिले परिमार्जित गरि नयाँ ढंगले विकसीत गर्ने काम भयो ।

तर्सथ यस प्रकारको नयाँ संश्लेषणबाट सर्वहारा वर्गको वैचारिक अस्त्रका रूपमा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको प्रार्दूभाव हुन्छ । त्यो पुरानो ढंगको दर्शनशास्त्र नभई नयाँ विश्व दृष्टिकोण बन्न पुग्दछ । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद सर्वहारावर्गको चिन्तन तथा विश्वदृष्टिकोणलाई द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद भनिन्छ ।

ABOUT KARL MARX :

Karl Marx was the third child and eldest son of Heinrich Marx (born 1782), a lawyer of local distinction and moderate wealth who was appointed magistrate a year after formal conversion to the Evangelical Lutheran church in1817. The elder Marx combined enlightened Voltairean and deist inclinations with middle-class cultural interests, liberal Prussian patriotism, and a strong paternal affection for Karl.

Both Heinrich and his Dutch wife, Henriette Pressburg, came from distinguished rabbinical families, Heinrich’s having been of particular prominence since the early fifteenth century in Germany Italy, and Poland, and Henriette’s for a century in Holland and before that in Hungray. Although there was no Jewish education or tradition in the upbringing of their children–indeed, the home was deliberately separated from family connections— Jewish self consciousness was to some extent unavoidable. There were nine children of whom four survived early childhood.

Marx was educated (1830–1835) at the Fried rich Wilhelm-Gymnasium in Trier, formerly a Jesu it school, where he was influenced chiefly by the headmaster, who was also the history teacher. But greater encouragement came from his father’s interest in the poet Gotthold Lessing and the French classics, and from their devoted neighbor, Baron Ludwig von Westphalen, who, with warmhearted-enthusiam, read Homer, Dante Cervantes, and Shakespeare as well as such advanced political thinkers as Saint-Simon, with young Marx.

To his mother Karl was “the best and most beloved” and he wrote to his father of his “angel of a mother” despite the lack of any mutual intellectual or political sympathy. Heinrich Marx died in 1838, Henriette Marx in 1863.

BIOGRAPHY

During 1835–1841, Marx studied at the Universities of Bonn and Berlin reading law at his father’s request but turning to philosophy and history. After initial resistance, he studied Hegel thoroughly, in part through the lectures of Eduard Gans but more deeply with an intellectual club of somewhat older philosophers among them Bruno Bauer and later Arnold Ruge.

In 1836 Marx became engaged to Jenny von Westphalen, daughter of his beloved older friends; they were married in 1843. Hoping for an academic career, he submitted a dissertation entitled “The Difference Between the Democritean and Epicurean Philosophies of Nature”to the University of Jena in 1841 and was awarded the doctorate.

Central to that dissertation was Marx’s praise for Epicurus’s addition of spontaneity –the famous“swerve”to the determinism of the Democritean atomic dynamics, and for the Epicurean recognition of an animate level of human will along with the inanimate level of human will along with the inanimate mechanisms of natural necessity.

Immersed for some time in the history of philosophy Marx followed Hegel’s cultural setting of philosophical thought in an inherently rational and explicable sequence that is the historical as well as the systematic maturation of awareness and self awareness of the human spirit.

The young Marx understood Hegel’s work to be also a fundamental advance in logic and methodology of inquiry, one that would enable philosophers to comprehend the movement of ideas in their actuality,their potentialities their mutual conflicts and inner tensions, and their syntheses.

The scope of this outlook was vast, for it was to reach all the achievements of civilization with every specialty to be understood in its own historical development and in its relation to other; religions and philosophies but also the arts and literature fashions and superstitions, wars and revolutions, politics, jurisprudence, technologies, and the science of nature and of mankind. Above all, Marx thought that Hegel would make clear the relation of man to his environment, to his fellows, and to himself by a philosophy that was at once an epistemology, a history, and a psychology.

In contrast with the orthodox conservative reading of Hegel (according to which all that exists is to be understood by rational methods, and to be understood and defended as being rational, necessary, and good, the progressive embodiment of reason in history), Marx joined with the Young Hegelians in seeing basic challenge and change to be central for Hegel, with progress the recurring theme of the increasing self-awareness of human consciousness, in the larger society as much as in the philosophical mind.

For young Marx the task of philosophical reason was to criticize whatever exists, whether in social institutions, religious doctrine, or the realm of ideas; for what exists is limited, always incompletely rational, and potentially open.

Illusions, self-deceptions, group delusions, plain factual errors were to be exposed; the incompletely rational, the spurious, and the idolatrous would be recognized and, partly by being known, righted.

Not unexpectedly, the initial target of these young radical thinkers was religious doctrine, in its logic, its historical evidence, its social roles, and its relation to political interests and to scientific knowledge. Marx’s personal hero was Prometheus, “who stole fire from heaven and began to build houses and settle on earth .”Philosophy, for Marx,“turns itself against the world that it finds”.

If only on ideological grounds, Marx was unable to begin an academic career . His friend Bauer was dismissed from his teaching post at Bonn because of his secular critique of the Christian Gospels, and Marx, seeing his academic hopes disappearing, turned to journalism.

He joined the staff of a liberal newspaper in Cologne, the Rhenished Zeitung; became editor by October 1842; and resigned early in 1843, just before the paper was closed by the Prussian censor. He met Friedrich Engels briefly in Cologne; and by their second meeting in Paris in 1844, a friendship had flourished that was to last until Marx’s death and to be an example of intimate collaboration, personal affection, steadfastness, and mutual respect.

Marx went to Paris in October 1843, already committed to a life that would combined sciencetific work with political activity. He had begun thorough studies of economics, in particular the writing of Adam Smith and Ricardo, and he was coming to terms with Hegelian and post-Hegelian philosophy. He joined the radical German colony in Paris, and collaborated in a short-lived publication.

Arnold Ruge’s radical Deutsch französischre JahrbucherFor the first time Marx met revolutionary members of the urban working class; he knew the French socialist Prodhon the Germany poet Heine, and the Russian anarchist Bakunin; he associated himself with a secret communist group, the League of the Just; he became a socialist and a communist. He was in Paris for only three years but they were the years of his early maturity of his decisive intellectual professional and political transformation.

From those years come his incisive and profound notebooks, published a century alter(the influential Economic and Philosophic Manuscripts of 1844) and his first writings with Engles.

Deported from France in 1845, Marx lived in Brussels until the revolutionary year of 1848 when he returned briefly to Paris at the invitation of the provisional government; he then went to Cologne to organize the Neue Rheinische Zeitung Within six months he had been charged with incitement to rebellion and tried in court Although acquitted in February 1849.

Marx was expelled once more He stayed briefly in Paris was again ordered from France and in July 1849. settled himself and his family permanently in London Engles came to London in November of that year and in 1850 he settled in Manchester to work in his father textile firms thereby providing Marx, principal financial support.

Aside from some ten years writing political commentary mainly for the New York Tribune(1852–1862), Marx had no regular income. Despite Engle support he was often desperately poor and was beset by chronic and for extended periods very painful illnesses.

In the 1860’s he wrote of the family’“humiliations torments and terrors”yet his three surviving daughters recalled with gratitude his unending story storytelling his games with them and his entrancing reading aloud from the whole of Homer, the Niebelungenlied Don Quixote the Arabian Nights and that Bible of the Marx household which was Shakespeare.

0nly in his last decade when Engele had retired from his prosperous business to settle in London was Marx somewhat free from financial trouble.

Marx’s political activities were manifold from his first contacts with working-class people in the early 1840’s his repeated organizational efforts; the German Communist League in Brussels (1847);various workers and democratic associations in subsequent years; the Manifesto of the Communist party written with Engles and published in 1848; the International Working Men’s Association of 1864 with its several congresses and its national section (ultimately dissolved in 1876 after a struggle with Bakunin); the uniting of the various German workers’; parties in 1875; continuing relations with the Chartists and with other British labor organizations efforts to assist refugees after the fall of Paris Commune in 1871; and throughout his life, a voluminous correspondence with European and American socialists and sympathetic thinkers and activists.

Nevertheless, Marx’s principal energies were devoted to his studies of empirical material and theoretical models relating to the development and functioning of modern European society, the political economy of capitalism. He saw the first volume of his chief work Das Kapital published in 1867; the second volume (1885) and the third (1894)were edited from Marx’s notes and drafts by Engels; further portions (1905–1910) were edited by Karl Kautsky.

The important preparatory outlines and studies for Kapital the Grundrisse of 1857–1858 were first published at Moscow in 1939–1941 but became widely available only with the Berlin edition of 1953. Aside from these Marx’s works comprise more than a dozen monographs and treatises, and hundreds of shorter articles. Since 1957 the collected Marx-Engles Werke have appeared in forty volumes. Marx and a science . Marx’s scientific work was entirely within the social sciences but on several counts his work related to the natural sciences.

First he sought to be scientific in his understanding of society. He gave recurrent attention to scientific methodology, at times in the context of comparing a natural science with social science but more often in his appreciative but critical fusion of Hegle’s mode of understanding with empirical studies or in his critical studies of the methods of classical political political economics.

As general methodolgist of science, Marx is of historical and systeamatic interest beyond his great influence upon economis, history, and sociology.

Second Marx’s conception of explanation in social science was entirely historical with the consequence that he gave particular attention to the nature of historical understanding.

Here again his methodological views are of broad interest, to the philosopher of science and to historians of ideas, as well as directly to the historian of science as historiographer, as specialist-investigator, and as historiographer, as sepcialist-investigator, and as the interpreter of science as a component of civilization.

Third, Marx’s central conception of natural science as a social phenomenon requires that historians and philosophers of science—and scientists—set their accounts of the cognitive as well as the practical character of science within the framework of an understanding of the societies within which science arises and develops.

For Marx himself, as we shall see, this social character of science suggested an agenda of separate issues about the sciences. It required both a coherent Marxist history of science and technology, and the elaboration of a political economy of science, but Marx himself was unable to devote energy to these tasks.

Fourth, Marx’s materialist outlook upon mankind as situated within the natural environment, together with his conception of human emancipation through mastery of natural and social forces, bring his theory as well as in his epistemology and methodology. Here the relations between the Marxian dialectic, the Marxian understanding of materialism, and both of these with Marx’s concept of nature, take their place.

Science. The principal contribution of Karl Marx to the understanding of the sciences was his emphasis on their social character. Although he admired the great advances in knowledge that the sciences have provided, especially since the Renaissance—that is, he acknowledged the cognitive successes of the sciences–Marx nevertheless comprehended them as social phenomena.

For the sciences to be social meant, to begin with, that they were part of the general social and economic processes of their times, changing with the changes in those historical processes; and if at times they were isolated from social forces, then they were understood as a product of social conflict and pressures that allow such isolation.

To be social meant, further, to respond to socially produced motivations and purposes, and to do so with socially stimulated modes of inquiry and explanation, and criteria of success or failure.

At times a component of leisure-class playtime and the object of curiosity, and often characterized for many scientists by the pleasant fulfillment of creative labor rather than by the imposition of necessity, the sciences were nevertheless not in any full sense promoted by such pleasurable motivation, for in the development of the sciences Marx saw a central contribution to the grim and practical task of mastering nature. By the mid-nineteenth century, mastery had come to a novel and high point in human history, accompanied by the bourgeois revolution and the development of industrial capitalism. Where, Marx wrote,“…would natural science be without industry and commerce? Even this ’pure’ natural science is provided with an aim, as with its material, only through trade and industry, through the sensuous activity of men” (The German Ideology [New York ed.], 36).

As an element in the general historical process, science would be understood only in a completely historical way. Whether Hegelian or not in his historical epistemology, Marx imposed upon himself the task of comprehending scinece, like other human phenomena, within the political and economic history of mankind.

Perhaps it is not evident that engineering, the technologies, and the practical arts must be described and understood in their social context and their historical development, with the external play of economic, military, political, cultural, and other forces upon them, as well as the internal sociology of inventivess, learning, and genius (these notions, too, would have to be investigated and supplemented, as well as set within historical contexts); but it was surely not so evident when Marx was writing.

The noted pioneering works on the development of technology were Johann Beckmann’s Beiträge zur Geschichte der Erfindungen (5 vols. [Leipzig, 1782–1805]) and J. H. M. Poppe’s Geschichte der Technologie (3 vols. [Göttingen, 1807–1811]).

Both were known to Marx, and neither paid much attention either to the steam engine in particular or to the industrial revolution at large. Even Charles Babbage limited himself to an analysis of individual technological accomplishments, rather than striving for general historical comprehension, in his standard work On the Economy of Machinery and Manufactures (London, 1832).

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda