भर्खरै : Sorry, your browser does not support inline SVG.
दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट | चितवनमा अप्ठेरोमा परेकालाई घरमै खाना पकाउने ग्यास उपलब्ध गराइने | इण्डोनेसियाको जाभा समुद्रमा यात्रुवाहक जहाजमा आगलागी, ५ जनाको मृत्यु | आउँदो तीन दिन मनसुन सक्रिय, भारीदेखि अति भारी वर्षाको सम्भावना | नर्सिङ सुधारको माग गर्दै वीर अस्पतालमा प्रदर्शन | साढे ९ वर्ष बित्दा पनि कञ्चनपुरको हुलाकी सडक अधुरै, ठेकेदारको लापरबाहीले निर्माण अलपत्र |

‘मोटो मानिस’ भन्नुकाे सट्टा यसाे भन्नु पर्ने…

‘मोटो मानिस’ भन्नुकाे सट्टा यसाे भन्नु पर्ने…

मोटोपन घटाउन आफैलाई दोष दिन नहुने या चिन्ता गर्न नहुने वरिष्ठ मनोचिकित्सकले सुझाएका छन्। मोटो मानिसमाथिको लाञ्छना शब्दमा परिवर्तन गर्नुपर्ने सुझाव दिदै ‘मोटो व्यक्ति’को सट्टा मोटोपनले ग्रस्त मानिस भन्नुपर्ने छ। यस्तो शब्दले उनीहरूमा तौल घटाउनका लागि सहयोग पुग्ने विश्वास लिइएकाे छ ।

सन् २००५ देखि २०१७ सम्ममा मोटोपनको दर १८ प्रतिशतले वृद्धि भएको छ। हालै सार्वजनिक एउटा प्रतिवदेनका अनुसार यसमा मानसिक अनुभवको बढी भूमिका हुन्छ। प्रतिवेदनमा बेटफोर्डसायर विश्वविद्यालयका मनोचिकित्सक डा. एंगेल चेटरले मनोचिकित्सकले आफ्ना स्वास्थ्यकर्मीलाई प्रशिक्षित गर्न सक्छन्, ताकि मोटोपनबारे पर्याप्त छलफल होस् भनेका छन्।

उनी भन्छन्, ‘मोटोपनको उपचार कठिन हुन्छ भन्ने सन्देश दिन यो प्रतिवेदन तयारी पारिएको होइन।’ उनका अनुसार मोटोपन घटाउने इच्छा भए पनि राम्रो भोजनको सुरुवाती जीवन छैन भने मुस्किल हुन्छ। यसका लागि सरकारले धूमपानमा जस्तो सूत्र अपनाउन आवश्यक छ, जुन धूमपान रोक्न अपनाइन्छ।

बेलायती साइकोलोजिकल सोसाइटीका मुख्य कार्यकारी अधिकारी सर्व वाजवाका अनुसार दशकौंदेखि सबै स्तरमा मात्रा बढ्दै छ। सरकारी नीतिमा धूमपान गर्ने व्यक्तिलाई एक÷एक बताएपछि धूमपानको प्रयोगमा कमी आइरहेको छ। यसको कारण धूमपानको कारण पर्ने स्वास्थ्य समस्यामा पनि कमी आएको छ।

 


Thali Mobile Pvt.Ltd.