४ असार २०७७ काठमाडौंं । देशका दस स्थानमा रहेका नुनदेखि सुनसम्मको खानी अन्वेषण तथा उत्खनन गर्न सरकारले सूचना आह्वान गरेकाे छ । सुन, तामा, चुनढुङ्गा, नुन, कोइला, ग्रेनाइट र केओलिनलगायतका खनिज पदार्थको अन्वेषण तथा उत्खननका लागि खानी तथा भूगर्भ विभागले अनुमति प्रदान गर्न सूचना आह्वान गरेको छ ।
देशका विभिन्न दस ठाउँमा रहेको खानीको अन्वेषण तथा अध्ययनका लागि अनुमति प्रदान गर्न सूचना आह्वान गरिएको खानी तथा भूगर्भ विभागले जनाएकाे हाे । १० वटामध्ये चार ठाउँमा उत्खनन (माइनिङ) गर्न र बाँकी ठाउँमा अन्वेषण (प्रोसपेक्टिङ)का लागि अनुमतिपत्र प्रदान गर्न सूचना आह्वान गरिएको विभागका महानिर्देशक रामप्रसाद घिमिरेले बताए ।
अन्वेषणको अनुमति पत्रका लागि ३५ दिन र उत्खननका लागि ५० दिनभित्र निवेदन दिन आह्वान गरिएको उनले बताए । उत्खननका लागि दसदेखि तीस वर्ष र अन्वेषणका लागि दुई वर्ष प्रदान गरिने घिमिरेको भनाइ छ ।
कुन जिल्लामा कहाँ के छ ?
रोल्पा – सुनछहारी गाउँपालिकास्थित किमासेपोझार वनमा ३० वर्गकिलोमिटर क्षेत्रमा फैलिएको सुनखानीको अन्वेषण गर्न । त्यहाँ करिब ८० हजार टन सुनको कच्चा पदार्थ रहेको अनुमान छ ।
धादिङ, मकवानपुर र उदयपुर – तामाखानी अन्वेषण गर्न ।
पाल्पा- कोइला खानीको अन्वेषण गर्न अनुमति पत्र प्रदान गर्न सूचना आह्वान ।
सल्यान, धादिङ – चुनढुङ्गाको उत्खनन गर्न ।
मुस्ताङ – नुन खानी उत्खनन गर्न अनुमति लिनका लागि सूचना आह्वान गरिए छ ।
अन्वेषण तथा उत्खननका लागि इच्छुक कम्पनीहरूले पेस गरेका प्राविधिक तथा आर्थिक प्रस्तावहरूमध्ये सबैभन्दा पहिले प्राविधिक प्रस्तावको मूल्याङ्कन गरिने, प्राविधिक प्रस्तावको मूल्याङ्कनमा उत्कृष्ट ठहरिएका कम्पनीको आर्थिक प्रस्तावको मूल्याङ्कन गरिने विभागले जनाएकाे छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले थाई एयर एशियामाथिको प्रतिबन्ध फुकुवा गरेको छ । प्राधिकरणले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट धेरै उडान गर्ने सर्तमा थाई एयर एसियाको उडान फुकुवा गरेको...
काभ्रे । बाढी पहिरोमा परी ज्यान गुमाएकाका परिवारलाई काभ्रे सोसाइटी यु केले आर्थिक सहयोग गरेको छ । ज्यान गुमाएका काभ्रेका १३ वटा पालिकाका ७९ जनाका परिवारलाई यु।के।मा बसोबास गर्ने...
तानसेन । तिहारसँगै पाल्पामा झिनियाँ रोटीको व्यापार फष्टाउँदै गएको छ । तानसेनका हरेक गल्ली गल्ली,पसल(पसलमा राखिएका रङ्गी विरङ्गी झिनियाँ रोटी सबैको मन लोभ्याउने गरेको छ । तिहारमा रोटीको परिकारलाई...
काठमाडौं । राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर...