आज सबैलाई घरमा राखेर आफू विश्वब्यापी रूपमा भ्रमण गरिरहेको कोरोनाले सारा विश्वका मानिसहरूमा सन्त्रास फैलाइ रहेको छ । हिजो विद्यालय छाडेर भाग्नेहरुलाइ यसले फेरि एकपटक विद्यालयमा बस्न बाध्य पारेको छ ।
यो सबै समयको खेल नै हो । हरेक १०० वर्षमा आउने यो बिपत्तिले कुनै देशलाई शक्तिशाली बनाउने र कसैलाई कमजोरी बनाउने गरेको छ । विश्वजगतको परिवर्तन होस् या सम्पूर्ण मानव जातिको जीवन सबैमा समयको खेल रहेको पाइन्छ ।
लोक कथामा एउटा कहावत छ, समयले कसैलाई पर्खैदैन । नेपाली शब्दकोष अनुसार समयको परिभाषा ना०] [स०] १ घडी, पला, दिनरात, बिन्न बलुकी, गट्टे, तिथि, भ, साटा, पक्ष, महिना, ऋतु, अयन, वर्ष, दशक, शतब्दी आदि नामहरू बुझाइएको वा परिधिनाथि गतिशील स्थिति ।२।
कुनै काम वा घटना भएको छैन र विशेष घटनाहरू आइलागेको काल वा बेला हो ।३। कुनै कामकाजको बखत; युके अन्तरिक्ष अवसर ।४। बचेको वा खाली भएको समय, फुर्सद; अवकाश ।५।कुनै स्ट्रान्समा प्रस्थान नियमहरू; प्रथा । भनेर गरेको पाइन्छ । जतिसुकै नयाँ बैज्ञानिक खोज, अनुसन्धान गरेता पनि यसले समय अनुकुल परिवर्तन गर्न बाध्य बनाउछ ।
जसले समय अनुकुल परिवर्तन हुन मान्दैन त्यो समाजमा बस्न सक्दैन । अङ्ग्रेजी मा एउटा उखान छ “time and tide waits for none one who gain time gain everything” त्यसैले आफ्नो गतिमा चलिरहने समयको माग अनुसार विश्वब्यापी रूपमा भएका परिवर्तनहरुलाई एक पटक अवस्य नियालेर हेर्नु पर्ने हुन्छ ।
चाहे त्यो बेलायतको औधोगिक क्रान्ति होस या नेपालको राणाशासनको अन्त्य देखि लोकतन्त्र, गणतन्त्र सबै समयकै खेल हुन । हामीहरुले यसलाई चिन्न नसकेको खण्डमा यसले आफै चिनाइ दिने गर्दछ । अध्ययन होस या नयाँ कार्यको थालनी सबै क्षेत्रमा यसको महत्व छुट्टै रहेको छ ।
जुन क्षेत्रमा पनि समय आवस्यक पर्दछ । समय मै कुनै पनि कार्य नगरेको खन्डमा यसले सबैलाई पछुताउने बाहेक अन्य विकल्प छैन । त्यसैले, कोरोनाको महामारीबाट बच्न पनि समय मै साबधानी अपनाउनु पर्ने हुन्छ ।
सरकार, स्थानीय चह, who को नियमलाइ पालना गर्नु पर्छ । यसबाट घरपरिवार, समाज, ब्याक्ती, देशलाई फाइदा हुन्छ । ज्यान भए जहान हुन्छ भन्ने उखानलाई मध्यनजर गर्दै समय मै साबधानी अपनाउ ज्यान जोगाउ । त्यसैले Do it today tomorrow will be late भनिन्छ ।
(लेखक महाँकाल जनजागृत मावि बूढानीलकण्ठ नगरपालिका गोल्फुटार काठमाडौंका विज्ञान शिक्षक हुन्)
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
हाम्रो जीवनमा औषधिहरूको आविष्कारले ठूलो क्रान्ति ल्याएको छ। त्यसमध्ये एन्टिबायोटिकहरूले ब्याक्टेरियाबाट हुने संक्रमणको उपचारमा अभूतपूर्व सफलता हासिल गरेर लाखौँ मानिसको ज्यान बचाएका छन् । तर, आज यही जीवन रक्षक...
सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको दुधकुण्ड नगरपालिका–११ स्थित एक पवित्र, रहस्यमयी र अनुपम धार्मिकस्थल गौंरी टाप धाम यो भूभाग केवल एक प्राकृतिक रमणीय स्थल मात्र होइन, यो मातृशक्तिको आराधना, तपस्याको...
दार्चुला, व्यास–१ । नेपालको नक्सामा चुच्चो भएर ठडिएको सुदूर हिमाली गाउँ टिंकर, जसको प्राकृतिक सुन्दरता अतुलनीय छ, तर राज्यको नजरमा अझै ओझेलमा परेको छ। यहाँका सौका समुदायका बासिन्दा वर्षको...
शिक्षा राष्ट्रको मेरुदण्ड हो। कुनै पनि राष्ट्रको समुन्नति, प्रगतिशीलता र दिगो विकासको प्रमुख आधार सशक्त र समयसापेक्ष शिक्षा प्रणालीमा निर्भर हुन्छ। नेपालमा पछिल्ला दशकहरूमा शिक्षामा उल्लेख्य सुधार भए पनि...