दलाल संसदीय व्यवस्था बदल्न एकिकृत जनक्रान्ति र मालेमावाद राम्रो संग बुझ्न जरुरी छ: दिपेन्द्र

दलाल संसदीय व्यवस्था बदल्न एकिकृत जनक्रान्ति र मालेमावाद राम्रो संग बुझ्न जरुरी छ: दिपेन्द्र image

दलाल संसदीय व्यवस्था बुझ्न र बदल्नका लागि एकिकृत जनक्रान्ति र मालेमावादलाई राम्रो संग बुझ्न जरुरी हुन्छ । संसारको व्याख्या त धेरै दार्शनिकले गरेका छन्, तर मुख्य कुरा व्याख्या होईन बदल्ने कुरा हो । महान दार्शनिक कमरेड माक्र्सको यो भनाईबाट नै एकिकृत जनक्रान्तिको बिकास भएको छ ।

त्यसैले एकिकृत जनक्रान्तिले संसारलाई बदल्ने कुरा मुख्य हुदाहुदै पनि अहिले बदलिएको संसारको रक्षा गर्ने कुरा मुख्य ठानेको छ । विगतको इतिहासलाई हेर्दा समाजवादी रुस पुँजीवादमा रुपान्त्रित हुनु, जनवादी चीन पनि विस्तारै पूजीवादमा बदलिन पुगेको देखिन्छ । यता नेपालमा पनि सामन्त, दलाल तथा नोकरशाही सत्ताका विरुद्ध गरेको क्रान्ति र त्यस क्रान्तिबाट प्राप्त उपलब्धीका रक्षा गर्नको सट्टा प्रतिक्रान्ति पछि गुमेको देखिन्छ ।

आफ्नो वर्गको पार्टी, सेना, जनसत्ता र अदालतको रक्षा हुन‌ नसक्दा फेरि क्रान्ति गर्नु पर्ने परिस्थिति आएको छ । त्यसैले पनि संसार बदल्ने कुरा संगसगै त्यसको रक्षा गर्ने कुरा मुख्य हुन्छ भन्ने कुराको यसले पुष्टि गरेको छ । क्रान्तिका दुईवटा मोडेल छन। एउटा रुसी मोडेल र अर्को चिनियाँ मोडेल । रुसी मोडेललाई विद्रोहको मोडेल र चिनियाँ मोडेललाई दिर्घकालिन जनयुद्धको मोडेलको रुपमा हेरिन्छ ।

शहर केन्द्रित रुसी मोडेलले शहरलाई मुख्य बनाउछ भने मजदुर वर्गलाइ मुख्य शक्तिकाेरूपमा परिचालन गर्छ । चिनियाँ मोडेलले गाउँलाई आधार बनाउछ र किसानलाई मुख्य शक्तिको रुपमा परिचालन गर्छ । एकिकृत जनक्रान्तिले यी दुई मोडेल र विश्वमा भएका क्रान्तिका सफलता र असफलताबाट शिक्षा लिएर विकसीत भएको नेपाली क्रान्तिको मौलिक मोडेललाई एकिकृत जन क्रान्ति भनेको छ ।

यसले नेपाली समाजको ठोस् स्थितिको ठोस विश्लेषण गरेको छ । गाउँ र शहर मिलेर बनेको देश नेपाल हो । यातयात, सुचना र सञ्चारको विकासले शहर र गाउँलाई एक ठाँउमा जोडेको छ । विभिन्न जातजातिका मानिसको बसोबास रहेको छ यहाँ । पहाडमा ब्राह्मण, छेत्री, दलित र जनजातिका मानिस बस्दछन् भने तराईमा मदेसी समुदायको बसोबास रहेको छ । नेपालमा मजदुर किसानसंगै मद्यम वर्गको संख्या पनि बढि देखिन्छ।

राजनीति, सुरक्षा र कर्मचारी भित्र देश र जनताको माया गर्ने देशभक्त शक्ति पनि रहेको छ । यी सबै विशेष्ताहरुको बिश्लेषणबाट एकिकृत जनक्रान्तिको संश्लेषण भएको छ । एकिकृत जनक्रान्तिले शहरलाई गाउँसंंग, मद्यमवर्ग, देशभक्त शक्तिलाई मजदुर, किसानसँग जोड्छ । तराईको उत्पीडित मदेशीलाई पहाडका उत्पिडित ब्राह्मण, छेत्री, दलित र जनजातिसँग जोड्छ। दलाल पुंजीवादलाई निशाना बनाउँछ।

मजदुर, किसान, मद्यमवर्ग र देशभक्त शक्तिलाई एकतावद्ध बनाउँदै निरन्तर क्रान्ति गर्छ । दलाल संसदीय व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवादको जन्म गराउँछ। मालेमावाद संसारका उत्पिडित श्रमिक वर्गको मुक्तिको वैचारिक हतियार हो। यो वैचारिक हतियारले लैश भएपछि श्रमिक वर्गमा भौतिक शक्ति पैदा हुन्छ ।

सन् १८४८ मा माक्र्सले कम्यूनिष्ट घोषणा पत्रमा संसारका मजदुर एक होऔं भन्ने नारा दिए। यस नाराबाट मजदुर वर्गमा नयाँ उर्जा थपिदियो । मजदुरवर्ग एकतावद्ध भएर पुँजीपतिवर्गसंग‌ सघर्ष गर्यो। वर्ग संघर्ष र‌ पार्टी भित्र दुईलाईन सघर्षमा विजय हासिल गर्दै मालेमावाद विकसित भएको छ ।

सन् १९७१ को पेरिस कम्युन, सन् १९१७ को अक्टुबर क्रान्ति, सन् १९४९ को चिनियाँ क्रान्ति वर्ग संघर्ष र अन्तर सघर्षबाट नै अगाडि बढेको थियो । माक्र्सले बाकुनिनका गलत विचारसँग, लेनिनले होक्चा, जिनानोभ, कामिनोभसंग, माओले लिलिशान, छनत्युस्यु, चाङकोथाओका गलत विचारसँग संघर्ष गरेका थिए ।

नेपालमा पनि प्रचण्ड नवसंशोधनवादसंग दुईलाईन‌ संघर्ष गरेर नै अहिले हाम्रो जनप्रिय पार्टीको जन्म भएको हो । अहिले दलाल पुँजीवाद र वैज्ञानिक समाजवादको बीच अहिले संघर्ष चलिरहेको छ । दलाल पूँजीवादको नेतृत्व केपि र प्रचण्डको सरकारी नेपाल कम्यूनिष्ट पार्टीले गरिरहेको छ । वैज्ञानिक समाजवादको नेतृत्व जनप्रिय पार्टी नेपाल कम्यूनिष्ट पार्टीले गरिरहेको छ ।

दलाल पूँजीवादले वैज्ञानिक समाजवाद माथि प्रतिबन्ध लगाएको छ । उसको प्रतिबन्ध वैज्ञानिक समाजवादको‌ अगाडि असफल भएको छ । एकिकृत जनक्रान्ति र मालेमावादको वैचारिक हतियारले सुसज्जित क्रान्तिकारीहरु वैज्ञानिक समाजवादको सुन्दर समाज जन्माउन जेल, नेल, मृत्युलाई जित्दै अगाडि बढिरहेका छन् । ‘दलाल पूँजीवाद खारेज गरौ वैज्ञानिक समाजवादका लागि संघर्ष गरौं।’
                            – दिपेन्द्र (लेखक नेकपा दैलेखका ईन्चार्ज हुन)

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda