image

सखुहवा । सशस्त्र प्रहरीले शुक्रबार साँझ गोली लोड गरिएको अवस्थामा पेस्तोल बरामद गरेको छ ।

सीमावर्ती क्षेत्र ब्रह्मपुरी गाउँपालिका–५, सखुहवा सीमा इलाकाबाट मेड इन यूएसए लेखिएको १ एक थान पेस्तोल र म्यागजिनमा लोड गरिएको ५ राउण्ड गोलीसहित बरामद गरेको हो ।

साँझ ८ बजे बोर्डर आउट पोष्ट ९बीओपी० सखुहवाबाट खटिएको गस्ती टोलीले चेकजाँच गर्नेक्रममा हतियार बरामद भएको हो । सशस्त्र प्रहरी बल नेपाल नं १० गण हेडक्वार्टर अगर्वाका अनुसार
भारतबाट नेपालतर्फ आउँदै गरेको भारतीय बीआर ३० एक्स ७७१३ नम्वरको मोटरसाइकलमा सवार दुई अपरिचित व्यक्ति सशस्त्र प्रहरीलाई देख्नासाथ भाग्न खोज्दा उनीहरुको साथबाट हतियार खसेको हो ।

ती दुवै व्यक्ति तत्कालै भारततर्फ नै फरार भएका छन् । म्यागजिनमा गोली लोड गरिएको पेस्तोल बरामद हुनुले नेपालतर्फ कोही कसैमाथि सिधै आक्रमण गर्न आएको हुनसक्ने सुरक्षा अधिकारीको आशंका छ ।

बरामद गरिएको हतियार आवश्यक कारवाहीका लागि नेपाल प्रहरीलाई बुझाइने सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनालले बताए ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • एक महिलाको हत्या, एकजना पक्राउ image

    एक महिलाको हत्या, एकजना पक्राउ

    काठमाडौं । बर्दिया बारबर्दिया नगरपालिका ५ तर्कापुरमा एक महिलाको हत्या भएको प्रहरीले जनाएको छ । ३९ वर्षीया मीना थारुको हत्या भएको हो । गएराति १२ः २० मा बारबर्दिया नगरपालिका...

  • धनराज गुरुङमाथि अनुसन्धान तीब्र image

    धनराज गुरुङमाथि अनुसन्धान तीब्र

    काठमाडौं । संसदीय छानबिन समितिले सहकारी ठगीको आरोप लागेका कांग्रेस उपसभापति धनराज गुरुङमाथि अनुसन्धान तीब्र पारेको जनाएको छ । ललितपुरको मितेरी सहकारीबारे अनुसन्धान गर्न सिफारिस गरेपछि अनुसन्धान तीब्र पारिएको...

  • घरमै बोलाएर कंग्रेसका एक नेताले गरे युवतीलाई बलात्कार image

    घरमै बोलाएर कंग्रेसका एक नेताले गरे युवतीलाई बलात्कार

    काठमाडौं । बलात्कारको आरोपमा तृणमूल कंग्रेस (टीएमसी) का नेता पक्राउ परेका छन् । उनीमाथि युवतीलाई घरमै बोलाएर बलात्कार गरेको आरोप लागेको छ । यो घटना भारतको हो । टीएमसी...

  • सहकारी ठगीमा लेखा समिति सभापति पोखरेल image

    सहकारी ठगीमा लेखा समिति सभापति पोखरेल

    काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल सहकारीको रकम अपचलनमा मुछिएका छन् । ०६८ सालमा स्थापना गरिएको र लामो समय उनकै पत्नी अञ्जला कोइराला सञ्चालक रहेको मोरङ...


hotelghyampedanda