Village Highland Resort

छालाको सुरक्षाकालागि विशेषज्ञले दिए यस्तो सुझाव

छालाको सुरक्षाकालागि विशेषज्ञले दिए यस्तो सुझाव image

काठमाडौं । छाला चम्किलो र सुरक्षित बनाउनका लागि चिकित्सकले केही उत्कृष्ट फलफूलको सेवन गर्न सुझाव दिएका छन् । फलफूल राम्रो औषधी भएको चिकित्सक बताउँछन् । यदि तपाईंले स्वस्थ आहारविहार गर्नुहुन्नँ भने सौन्दर्य प्रशाधनका कुनै पनि उत्पादनले तपाईंको छालालाई चम्किलो बनाउन सक्दैन । छाला शरीरको महत्वपूर्ण अंग भएकोले तपाईंले यसको अत्यधिक हेरचाह गर्नुपर्दछ ।

आफ्नो छालालाई स्वस्थ राख्नका लागि धेरैले विभिन्न उत्पादनको प्रयोग गर्छौं तर त्यसले छालालाई बाहिरबाट मात्रै सुरक्षा दिएको हुन्छ । फलफूलमा एन्टिअक्सिडेन्टको भरपुर मात्रा हुने भएकाले छालालाई स्वस्थ राख्नुका साथै जवान राख्न निकै मद्दत गर्छ । यहाँ दिएका उत्कृष्ट फलफूल जसको दैनिक सेवनले छाला स्वस्थ र भित्रैदेखि चम्किलो हुन्छ ।

सुन्तलाः

सुन्तलामा भिटामिनन सीको प्रचुर मात्रा पाइने गर्छ । यसमा कोलाजेन पनि हुन्छ जसले छाला चाउरी पर्ने प्रक्रियालाई ढिलो बनाउँछ । धेरैलाई थाहा नहुन पनि सक्छ कि सुन्तलाको बोक्रामा मिटामिनको सीको अत्यधिक मात्रा हुन्छ जुन सौन्दर्य उत्पादनका मुख्य सामग्रीको रुपमा प्रयोग गरिन्छ । सुन्तलाले ब्ल्याकहेड्स निकाल्नमा सहयोग गर्छन भने यसको जुसले छालाको टोनमा निखार ल्याउने गर्छ । छालालाई चम्किलो बनाउन चाहनुहुन्छ भने फलफूल र यसको जुस नियमित रुपमा सेवन गर्नुहोस् ।

केराः

केरा आइरन, म्याग्नेसियम, पोटासियम, भिटामिन बी–सिक्स, भिटामिन सी, जिंक र अन्य छालाका लागि आवश्यक तत्वले भरपुर हुन्छ । यसमा एमिनो एसिड पनि हुन्छ जसले छालालाई लचिलो बनाउँछ । पोटासियमले छालालाई मुलायम बनाउने काम गर्छ भने जिंकले छालामा हुने ब्याक्टेरियाको संक्रमणबाट जोगाउने गर्छ । केराको बोक्रा छालाको लागि निक राम्रो हो । यसले चाउरीपन र डण्डीफोर हटाउने काम गर्छ ।

अनारः

यो पौष्टिक तत्वले भरिपूर्ण एक फल हो जसका भएको एन्टिअक्सिडेन्टले छालालाई जवान राख्न मद्दत गर्छ । अनार एउटा सुपरफूड हो जसले तन्तुको नवीकरणमा सहयोग गर्छ भने छालालाई चाउरी पर्नबाट जोगाउँछ । अनारमा पोनिफेनोल्स हुने भएकोले यसले रक्त सञ्चार बढाउने काम गर्छ । यसले घामको किरणबाट छालालाई क्षती हुनबाट जोगाउँछ र छालालाई चम्किलो राख्न सहयोग गर्छ । अनारको दानामात्रै होइन, यसको बोक्रा पनि पौष्टिक तत्वले भरिएको हुन्छ ।

स्याउः

स्याउ अल्फा हाइड्रोक्सी एसिडको सबैभन्दा राम्रो स्रोत हो । यसले छालाको तन्तुको नवीकरण गरी छालालाई स्वस्थ र जवान राख्छ । स्याउमा भिटामिन सीको प्रचुर मात्रा पाइने भएकाले यसले स्याउलाई शक्तिशाली एन्टिअक्सिडेन्ट बनाउँछ जसले छालालाई लचिलो बनाएर चाउरीपनबाट जोगाउँछ । स्याउमा पाइने भिटामिन ए ले छालालाई चम्किलो बनाउने काम गर्छ । साथै, स्याउमा पाइने अत्यधिक फाइबरले पेट सफा राख्ने काम गर्नुका साथै छालालाई डण्डीफोररहित बनाउँछ ।

मेवाः

मेवामा भिटामिन ए, बिटा क्यारोटिन र पपेन नामको महत्वपूर्ण एन्जायम पाइन्छ । पपेनले पाचन क्रियामा पनि सहयोग गर्छ । यसमा एन्टिअक्सिडेन्टको मात्रा पनि अत्यधिक पाइन्छ । यसले छालालाई क्षती हुनबाट जोगाउँछ । मेवाको मास्कले छालामा चाउरी पर्नबाट जोगाउँछ त्यसैले मेवालाई सौन्दर्य प्रशाधन थुप्रै कम्पनीले साबुन, क्लिन्जर, फेसियल पिल र लोसनलगायतका विभिन्न उत्पादनमा समावेश गर्ने गर्छन् ।

किवीः

किवीमा भिटामिन ई र सीको अत्यधिक मात्रा पाइन्छ । सुन्दा अचम्म लाग्ला सय ग्राम किवीमा ९८ मिलिग्राम भिटामिन सी पाइन्छ । भिटामिन ई र सीले छालाको लचिलो पन निम्त्याइ क्षती हुनबाट जोगाउँछ । किवीमा ओमेगा–थ्री फ्याटी एसिड पाइन्छन् । यी एसिडले छालाको संक्रमणबाट जोगाउने गर्छ ।

कागतीः

कागतीलाई प्राकृतिक ब्लिचको रुपमा हेर्ने गरिन्छ किनभने यसले छालामा निखार ल्याउनुका साथै डण्डीफोर इत्यादिका दाग मेटाउन सहयोग गर्छ । यसले छालालाई चम्किलो बनाउनुका साथै गहिरो तरिकाले सफा गर्ने गर्छ तसर्थ छालामा अड्किएका फोहोर हट्ने गर्छ । कागतीमा भिटामिन सी पनि पाइने भएकोले यसको जुसले छालालाई सुन्दर राख्न मद्दत गर्छ । कागतीको भित्री भागलाई कुहिनोमा दल्नुहोस् । यसो गर्दा कुहिनोको कालो हट्ने गर्छ । यी सात फलफूलबाहेक अन्य फलफूल जस्तै एभोकाडो, भुईंकटहर, स्ट्रबेरी, खरबुजा र आलुबखडाले पनि छालालाई स्वस्थ राख्न मद्दत गर्छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • स्पेनमा बन्दै लुम्बिनी गार्डेन image

    स्पेनमा बन्दै लुम्बिनी गार्डेन

    स्पेन । क्याथेरेस शहरमा लुम्बिनी गार्डेन बनाउने एक महत्वकांक्षी योजना अघि सारिएको छ । झन्डै १० अर्ब रुपैयाँको सो गार्डेन बनाउने योजना अघि सारेको हो । गार्डेनमा ४० मिटर...

  • तराईमा आज होलीको रौनक image

    तराईमा आज होलीको रौनक

    काठमाडौँ । फागु पूर्णिमा अर्थात् होली पर्व आज तराईका जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ खेली मनाइँदैछ । आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा...

  • दाँतको हेरचाह गरे रोगबाट बच्न सकिन्छ image

    दाँतको हेरचाह गरे रोगबाट बच्न सकिन्छ

    काठमाडौं । हरेक वर्ष मार्च २० का दिन विश्वभर मुख स्वास्थ्यबारे चेतनामूलक कार्यक्रम गरी आज विश्व मुख स्वास्थ्य दिवस हो । मनाउन थालिएको छ । समयमै उचित ध्यान नदिदा...

  • एक दिनमा कति पानी पिउदा ठिक ? image

    एक दिनमा कति पानी पिउदा ठिक ?

    काठमाडौं । हाम्रो शरीरमा कति पानी चाहिन्छ भन्ने कुरा शारीरिक बनोटको आधारमा पनि फरक हुने गर्दछ । आयुर्वेदका अनुसार हाम्रो शरीरमा भोक प्यास, निद्रा, पिसाब र शौच आदिबाट संकेत...