Village Highland Resort

कोरोना कहरकैबीच हामीले श्वास प्रश्वासमा समस्या समाधान गर्न विरामीको सेवा गर्ने अवसर पायौं: रजनी जोशी

कोरोना कहरकैबीच हामीले श्वास प्रश्वासमा समस्या समाधान गर्न विरामीको सेवा गर्ने अवसर पायौं: रजनी जोशी image

आज हामीले देशकै लागि अति आवश्यक एवं महत्वपूर्ण उपचार सेवाको शुभारम्भ यसै सेवाकै लागि निर्माण गरिएको भवनबाट गर्दैछौं । यो हामी भक्तपुरवासीहरुको लागि गौरवको विषय हो । हुन त यो एक वर्ष अघि नै संचालन गर्ने योजना भए तापनि कोरोना भाइरस (COVID-19) का कारणले गर्न असमर्थ भयौं तथापि ढिलै भएपनि आज हामीले हाम्रा श्वास प्रश्वासमा समस्या भएका हाम्रा नगरवासीहरुको सेवा गर्ने अवसर पायौं र यस सेवालाई हामीले निरन्तर अघि बढाउने विश्वास दिलाउन चाहन्छु ।

भक्तपुर नगरपालिकाले यस सम्पदा र सांस्कृतिक नगरका जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आइरहेको यहांहरुलाई बिदितै छ । ३० वर्ष अघिको भक्तपुरका जनताको स्वास्थ्यको अवस्था अति दयनीय थियो भन्ने हामीले सुन्दै आएका हौं र हाम्रा अग्रजहरुले भोग्दै पनि आउनु भएका थियो ।

नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्षलगायतका अग्रजहरुबाट खस्कंदो स्वास्थ्य, विशेष गरी त्यतिखेर झाडा बान्ता लाग्नुका कारण सरसफाईको कमी भएकोले वहांहरुले नगरभरि सरसफाईको अभियान चलाउनु भएको थियो । यो संगसंगै जनतालाई स्वास्थ्यबारे सचेत गराउने एकमात्र अभियानको रुपमा शिक्षालाई पनि अभियानकै रुपमा अगाडि बढाउनु भएको थियो ।

यसै सिलसिलामा भनपा आफैले २०५६ सालदेखि नगरवासीहरुलाई उच्च शिक्षा हासिल गराउन ख्वप उच्च मा.वि. बाट शुरु गरेको र हालसम्म २ वटा इन्जिनियरिङ्ग कलेजहरु, ख्वप बहुप्राविधिक अध्ययन संस्थान, ख्वप कलेज, शारदा क्याम्पस मावि, शारदा क्याम्पसलगायत ७ वटा शिक्षण संस्थाहरु संचालन गरी देशकै लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गराइरहेको यहांहरुमा विदितै छ ।

यसरी उत्पादन भएका जनशक्तिको सिप र दक्षतालाई पनि आफ्नै देश-आफ्नै ठाउँमा सक्दो प्रयोग भइरहेको पनि यहां राख्न चाहन्छु । त्यसै कारणले पनि हामीले यो र अन्य स्वास्थ्य संस्थाहरु संचालन गर्न समक्ष भएका छौं । हामीले देश विकासका लागि आवश्यक क्षेत्रमा क्षमता विकास गर्न लागिपरेका छौं । लागिरहने छौं ।

जति जति हामी निराकरणको लागि अघि बढ्छौं, चुनौति पनि संगै आउंदो रहेछ । शायद यसरी चुनौतिसंग जुद्दै समस्याहरुको हल गर्दै जानु नै विकासको सूचक हो कि ? आज हामीले यस केन्द्र भक्तपुरकै संचालन गर्नुको उद्देश्य पनि यहाँको विशेष भौगोलिक अवस्थाको कारण र यहांका जनताले भोग्नु परेका यो श्वास प्रश्वास रोगले गर्दा नै हो ।

विश्वमा श्वास प्रश्वास रोगले १० प्रतिशत मानिस पीडित भएको को तथ्यांकले देखाएको छ भने नेपालमा १२ प्रतिशत मानिस यस रोगबाट ग्रसित छन्, त्यसमध्ये भक्तपुरमा १९ प्रतिशत रहेको देखाएको छ । यो अत्यन्तै भयावह अवस्था रहेको श्वास प्रश्वास सम्बन्धी विज्ञहरुको राय रहेको छ ।
भक्तपुरको भौगोलिक अवस्था, पश्चिमी वायुको कारण र राजमार्गमा चल्ने सवारी साधनका प्रदूषणको कारणले पनि यहांको यो अवस्था रहेको वहांहरुको बुझाइरहेको छ ।

यसर्थ हामीले यस अवस्थालाई बढ्न नदिन यस श्वास प्रश्वास केन्द्रको अति आवश्यक रहेकोले भ.न.पा.ले (JIMTEF / SOLID NEPAl) संगको सहकार्यमा यो केन्द्रको आजैबाट आजका हाम्रा प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष का. नारायणमान बिजुक्छेंज्यूबाट समुदघाटन गराउन पाउनु हामी सबैको लागि गौरवको विषय हो ।

एउटा ऐतिहासिक दिन हुनेमा विश्वस्त छौं र श्वास प्रश्वासबाट पीडित सम्पूर्ण नेपालीहरुले सेवा पाउने छ । हामीले परिस्थिति र चुनौतिसंग जुद्दै गत वर्षदेखि विश्वलाई नै अक्रान्त बनाएको (कोभिड–१९)ले भक्तपुरलाई पनि असर पारेको हामी सबैले भोगेका हौं । यस परिस्थितिसंग पनि भनपाले स्वास्थ्यकर्मी, कर्मचारी, नगरवासीको सहकार्यले धेरै ठूलौ संकट भोग्नु परेन ।

तापनि अझै संसारका अन्य देशहरुमा यो संक्रमणको स्वरुप परिवर्तन भइरहेको हामीले थाहा पाएका छौं । अझै पनि हामीले स्वास्थ्य मापदण्ड पालना गरी दैनिकीलाई निरन्तरता दिनुपर्ने हुन्छ त्यसैले उपस्थित सम्पूर्णमा स्वास्थ्य मापदण्डमा रहेर आफू र आफ्नो समाजलाई स्वास्थ्य बनाऔं । धन्यवाद ।

( भक्तपुर नगरपालिका उपप्रमुख रजनी जोशीले २०७७ माघ २९ गते श्वास प्रश्वास पुनःस्थापन केन्द्रको भवन उद्घाटन कार्यक्रममा व्यक्त विचार)

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • ‘अब त बाचुन्जेल घरको छाना फेर्न नपर्ला’ image

    ‘अब त बाचुन्जेल घरको छाना फेर्न नपर्ला’

    गलकोट । बागलुङको निसीखोला गाउँपालिका–४ की गौमती दमिनीले हरेक दुईदुई वर्षमा घरको छानो फेर्दै हैरानी खेप्दै आउनुभएको थियो । न्यून आयस्रोत भएको परिवारकी गौमतीलाई प्रत्येक दुई वर्षमा घरको छानोमा...

  • परीक्षण उडानको तयारीमा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल image

    परीक्षण उडानको तयारीमा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल

    सिद्धार्थनगर, । निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ । विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडानको तयारी गरिएको हो । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलका आयोजना प्रमुख...

  • महामारीले चितवनमा घटे आधा पर्यटक image

    महामारीले चितवनमा घटे आधा पर्यटक

    चितवन, । कोरोना सङ्क्रमण बढेसँगै लगाइएको निषेधाज्ञाले यहाँ आउने पर्यटक आधा घटेका छन् । अघिल्ला वर्षहरुको तुलनामा पर्यटक आगमनमा कमी आएको हो । चितवन राष्ट्रिय निकुञ्जमा स्वदेशी एवं विदेशी...

  • अवैध काठ ओसारपसारमा संलग्न पक्राउ image

    अवैध काठ ओसारपसारमा संलग्न पक्राउ

    मोरङ ।  काठ तस्करीमा संलग्न ४ जना लाई प्रहरीले पक्राउ गरेकाे छ । प्रतिबन्धित सखुवा जातको काठ अवैध रुपमा चोरी निकासी गरिरहेकाे अवस्थामा उनीहरू पक्राउ परेकाे प्रहरीकाे भनाई  छ...