Village Highland Resort

किन मनाइन्छ ‘भ्यालेन्टाइन्स डे’ ? यस्तो छ रहस्य

किन मनाइन्छ ‘भ्यालेन्टाइन्स डे’ ? यस्तो छ रहस्य image

काठमाडौँ । १४ फेब्रुअरी अर्थात् भ्यालेन्टाइन्स डे । यस दिनको महत्व पश्चिमा मुलुकमा धेरै छ । उनीहरुको अगाडि ठूलो साँस्कृतिक महत्व बोकेको यो ‘पर्व’ नेपालमा पनि प्रणय दिवसका रुपमा मनाउने गरिएको छ । केहि वर्ष यता युवापुस्ताले उत्सवकै रुपमा मनाउन थालेका छन् । सामाजिक सञ्जालको बढ्दो प्रयोगका कारण भ्यालेन्टाइन्स डे र अन्य पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएपछि के रहेछ त यसको रहस्य ? यसवारे खुलाउन चाहेका छौं ।

उहिले एकजना भ्यालेन्टाइन नाम गरेका सेन्टले रोमन साम्राज्यका सम्राटको आदेश विपरित प्रेम जोडीहरुको विवाह गराइदिए । त्यसपछि ती रोमन सम्राटले सेन्टलाई मृत्युदण्ड दिए । प्रेमका लागि शहीद भएका उनै सेन्ट भ्यालेन्टाइनको सम्झनामा हरेक वर्षको फेब्रुअरी १४ का दिन भ्यालेन्टाइन्स डे मनाइन्छ । इतिहासकारहरुले यसैलाई भ्यालेन्टाइन्स डेको प्रादूर्भावको रुपमा लिने गरेका छन् ।

अब कुरा उठ्छ को थिए सेन्ट भ्यालेन्टाइन ?
रोमन साम्राज्यको स्थापनादेखि नै रोमन सैनिकलाई विवाह गर्न प्रतिबन्ध लगाइएको थियो । केही रोमन सैनिकहरु आफूलाई खटाइएको स्थानका महिलाहरुसँग लुकिछिपि विवाह गर्थे । सन् २३५ मा तत्कालीन रोमन सम्राट सेभरस अलेक्जेण्डरको हत्या पछि रोमन साम्राज्यमा अराजकताको अवस्था आयो ।

महामारी, गृहयुद्ध, आर्थिक संकट इत्यादीका कारणले रोमन साम्राज्यको अवस्था दयनीय बन्दै गयो। रोमन सैनिकहरुले यस्ता नियमको बेवास्ता गर्न थाले ।सन् २६० को दशकमा रोमन साम्राज्यमा गलेनियस नामक सम्राटको शासन चल्यो । त्यसबेला रोमन साम्राज्यमा अलेमानी, गोथिक लगायतका पेगन तथा बर्बरियन जातिले रोमन साम्राज्यमा आक्रमण गरिरहन्थे ।

पेगन र बर्बरियन जातिको आक्रमणबाट रोमन साम्राज्य कमजोर हुँदै गइरहेको थियो । सन् २६८ मा सम्राट गलेनियसको हत्या भयो । उनको हत्यापछि उनको स्थानमा सम्राट बन्न आइपुगे मार्कस अउरेलियस क्लाउडियस गोथिकस नामक मानिस । उनी सम्राट गलेनियसको सेनामा सैनिक अधिकारी थिए ।उनी गोथिकहरुलाई पराजित गरेका कारण पछि गएर सम्राट क्लाउडियस गोथिकस कहलाए ।

उनको निर्दयिता पनि उत्तिकै कुख्यात थियो । निर्दयिताका कारण नै उनलाई ‘क्लाउडियस द क्रुल’ को नाम राखियो र त्यसै नामले पनि उनी चिनिन्छन् । बर्बरियन तथा पेगनहरुको आक्रमण बढ्दै जाँदा क्लाउडियसले सेनालाई मजबुत बनाउनका लागि पुनः सैनिकहरुलाई कामबासनामा सामेल हुन तथा विवाह गर्न प्रतिबन्ध लगाए ।

विवाह गर्न तथा कामबासनामा सामेल हुन नपाएका कारण रोमन सैनिकहरुलाई असहज हुँदै गयो । त्यसपछि मात्रै ईसाई धर्मका गुरु सेन्ट भ्यालेन्टाइनबारे जानकारी अगाडि आउँछ । उनले सन् २६० को दशततिर सयौँ वा हजारौँ रोमन सैनिकको विवाह गराइदिएको बताइन्छ । त्यसबेला रोमन साम्राज्यमा ईसाई धर्म र धर्मावलम्बी कठोर दमनको शिकार हुने गर्थे । त्यसको शिकार सेन्ट भ्यालेन्टाइन हुनपुगे ।

आफ्ना सैनिकको विवाह गराइदिने गरेको थाहा पाएर सम्राट क्लाउडियसले उनलाई पक्राउ गर्न आदेश दिए । त्यसपछि उनलाई पक्राउ गरी रोम शहरका प्रफेक्टका सामुन्ने सार्वजनिक स्थानमा घिसारेर ल्याइयो । उनलाई सम्राट क्लाउडियसले आफ्नो धर्म त्याग गर्न वा मृत्युदण्ड स्वीकार गर्न दुई विकल्प दिए । तर, उनले ईसाई धर्म त्याग गर्ने नभई बरु मृत्युदण्डको सजाय स्वीकारे । त्यसपछि उनलाई जेलमा राखियो ।

जेलमा रहँदा उनले आफ्ना जेलरकी दृष्टिविहीन छोरीसँग सम्बन्ध स्थापना गरेको बताइन्छ । सेन्ट भ्यालेन्टाइनले जेलरकी उनै दृष्टिविहीन छोरीको दृष्टि फर्काइदिएको समेत बताइन्छ । त्यसपछि उनलाई मृत्युदण्ड दिइयो । सेन्ट भ्यालेन्टाइनको जन्मबारे हालसम्म पनि कुनै ऐतिहासिक तथ्य बाहिर आएको छैन । यद्यपि उनीबारे तेश्रो शताब्दी उत्तरार्धपछिका जानकारी मात्र संसारभरी उपलब्ध गराइएको छ ।

मृत्युदण्डअघि उनले जेलरकी तिनै छोरीलाई ‘तिम्रो भ्यालेन्टाइनबाट’ भन्ने सन्देश छाडेका थिए । उनलाई सन् २७० फेब्रुअरी १४ मा घाँटी रेटेर मृत्युदण्ड दिइएको थियो । त्यसपछिका वर्षहरुमा रोमन साम्राज्यमा ईसाई धर्म र धर्मावलम्बीलाई दमन जारी नै रहेका कारण उनीबारे धेरै विवरण उपलब्ध छैनन् । उनको मृत्युदण्ड पछि उनलाई ईसाई धर्मको शहीद घोषणा गरी सेन्टको दर्जा दिइयो ।

त्यसपछि चौथो शताब्दीको पूर्वार्धमा पोप जुलियस द फस्र्टले उनको चिहान रहेको स्थान भाया फ्लामिनामा स्मारकको स्थापना गराइदिए । पछि सन् ४९६ मा पोप गलेसियसले फेब्रुअरी १४ लाई सेन्ट भ्यालेन्टाइन्सको दिन घोषणा गरे । त्यसपछि भ्यालेन्टाइन डेबारे त्यति चासो दिइएको थिएन । मध्ययुगमा युरोपमा आएको पुनर्जागरण पछि मात्रै भ्यालेन्टाइन डे चर्चित भयो।

यतिधेरै किन चर्चा भयो त ?
२० औं र २१ औं शताब्दीमा उपभोक्तावाद मडारियो । पुँजीवादको चरम विकास भएपछि उत्पादन गरेको सामानको विक्री बढाउन पुँजीवादीहरुले भ्यालेन्टाइन डेलाई निकै चर्चित बनाइदिए । किनकी उनीहरुको स्वार्थ सामान विक्रि गर्नु थियो । त्यसपछि भ्यालेन्टाइन डे का नाममा विभिन्न सामाग्री उत्पादन गर्ने र यो दिवसलाई निकै चर्चामा ल्याइरहेका छन् ।

त्यसबाहेक पछिल्ला केही वर्षमा भ्यालेन्टाइन्स डेको एक साताअघि देखि चकलेट डे, टेडी डे, रोज डे र अन्य डेहरु पनि मनाउन थालिएको छ । यसलाई उपभोक्तावादले झन चरमोत्कर्षमा पु¥याएको छ । परम्परागत रुपमा पश्चिमा मुलुकमा मनाइने भ्यालेन्टाइन डे सामाजिक सञ्जाल तथा विश्वव्यापीकरणका कारण पछिल्लो समय पूर्वी एशियामा पनि उत्तिकै महत्वका साथ मनाउने गरिन्छ भने नेपालमा पनि नेपाली युवा युवतीहरुले निकै उत्सबका रुपमा मनाउन थालेका छन् ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • नागढुङ्गा–मुग्लिन सडक विस्तार अघि बढाइने image

    नागढुङ्गा–मुग्लिन सडक विस्तार अघि बढाइने

    काठमाडौं । पूर्व–पश्चिम राजमार्गलाई विस्तार गर्ने सरकारको योजनाअनुसार नागढुङ्गा–मुग्लिन सडक बिस्तार अघि बढाइने भएको छ । यसअघि मुग्लिन–नारायणगढ सडक विस्तार गरिएकामा आगामी आवदेखि नागढुङ्गा–मुग्लिन बिस्तार गर्ने तयारी अघि बढाइएको...

  • वनक्षेत्रको जग्गा दर्ता गराउन राजनीतिक दौडधूप image

    वनक्षेत्रको जग्गा दर्ता गराउन राजनीतिक दौडधूप

    महोत्तरी । अव्यवस्थित बसोबास व्यवस्थित गर्न भूमिसम्बन्धी समस्या समाधान आयोगले काम थालेलगत्तै जिल्लामा वन क्षेत्र अतिक्रमण गर्नेले जग्गा दर्ता गराउन राजनीतिक दौडधुप शुरु गरेका छन् । जिल्लाको बर्दिवास नगरपालिका–१...

  • राजधानीको महत्वपूर्ण पर्यटकीय स्थल रानीकोट, जंगल सफारीको मज्जानै बेग्लै .. image

    राजधानीको महत्वपूर्ण पर्यटकीय स्थल रानीकोट, जंगल सफारीको मज्जानै बेग्लै ..

    भक्तपुर । के तपाइलाई थाहा छ राजधानी नजिकैको सुन्दर पर्यटकीय गन्तव्य कुन हो भनेर ? पक्कपनि थाहा पाउनुभएको छैन भने एक पटक आफैलाई सोध्नुहोस् त कुन होला ? यो...

  • ‘भविष्य यसरी सिध्याए’ image

    ‘भविष्य यसरी सिध्याए’

    काभ्रे । नेकपा एमालेका नेता माधवकुमार नेपालले कर्णाली प्रदेशमा अरुको राजनीतिक भविष्य सिध्याइदिने धम्की दिनेकै बिजोग भएको बताएका छन् । आइतबार काभ्रेमा समानान्तर कमिटी घोषणा कार्यक्रममा नेता नेपालले फ्लोर...