Village Highland Resort

स्थानीय तहको हिउँदे अधिवेशन शुरु

स्थानीय तहको हिउँदे अधिवेशन शुरु image

बझाङ । जिल्लाका स्थानीय तहले हिउँदे अधिवेशन शुरुआत गरेका छन् । अधिवेशनमा पालिकाहरुले आर्थिक वर्ष २०७७÷७८ मा विनियोजित योजना कार्यक्रमको प्रगति साथै समस्या चुनौतीका बारेमा समीक्षा गर्नेछन् । दुर्गाथली गाउँपालिकाले सरोकारवालाको सहभागितामा अधिवेशन गरेको छ । अध्यक्ष प्रयागराज जोशीले अघिल्ला वर्ष जस्तै यसपाली पनि अधिवेशन शुरु गरेको जानकारी दिनुभयो । विकासका अवस्था, बजेटको खर्च विवरण, कार्यक्रमको उपलब्धि, गुनासा काम गर्दाका समस्याका बारेमा छलफल हुने उहाँले बताउनुभयो ।

यसका साथै ऐन कानूनको कार्यन्वयनका बारेमा पनि अधिवेशनमा छलफल हुने छ । केदास्युँ गाउँपालिकाले अधिवेशन सम्पन्न गरेको अध्यक्ष ईन्द्र भण्डारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ स्थानीय सरकार भइसकेपछि सबै जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला भेला भएर पालिकाको समग्र विकासको प्रगति समीक्षा हुने गरेको छ ।” काम गर्दा जनताबाट आएका गुनासा र समस्याको पनि सभामा छलफल भएका उहाँले बताउनुभयो । उहाँले योजना छिटोछरितो, पारदर्शीता, अनुगमन गर्ने सन्र्दभमा पनि छलफल भएको जानकार दिनुभयो । यही फागुन अन्तिम सातासम्म जिल्लाका सबै पालिकाको हिउँदे अधिवेशन सम्पन्न गरिसक्ने लक्ष्य राखेका छन् । रासस

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • गाउँपालिकाका सबै सवारी साधन सङ्क्रमित बोक्न प्रयोग गरिने image

    गाउँपालिकाका सबै सवारी साधन सङ्क्रमित बोक्न प्रयोग गरिने

    बैतडी । जिल्लाको दोगडाकेदार गाउँपालिकाले आफूसँग रहेका सबै सवारी साधन कोरोना नियन्त्रणमा प्रयोग गर्ने जनाएको छ । गाउँपालिकाले शनिबार एक सूचना जारी गर्दै अध्यक्ष र उपाध्यक्ष चढ्ने गाडीसहित सबै...

  • आगलागीबाट इलेक्ट्रिक तथा खाद्य सामग्री नष्ट image

    आगलागीबाट इलेक्ट्रिक तथा खाद्य सामग्री नष्ट

    कैलाली । गोदावरी नगरपालिका–१२ ओलानीस्थित एक स्थानीयवासीका घरमा आज आगलागी हुँदा घरमा रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन् । स्थानीयवासी दानबहादुर साउदको दुईतले पक्की घरमा आगलागी हुँदा एक...

  • कोरोनाले कर्मचारीको मृत्यु image

    कोरोनाले कर्मचारीको मृत्यु

    डोटी । यहाँ कोरोना सङ्क्रणका कारण आज एक कर्मचारीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार सप्तरीको रुपकञ्चन नगरपालिका बस्ने...

  • डोटीमा आज रातिबाट निषेधाज्ञा image

    डोटीमा आज रातिबाट निषेधाज्ञा

    डोटी । जिल्लामा कोरोना सङ्क्रमित हुने दर दिनहुँ बढ्दै गएपछि आज राति १२ बजेबाट लागू हुने गरी १० दिन निषेधाज्ञा लगाउने भएको छ । कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन समितिको...