Village Highland Resort

बोइङको ७३७ म्याक्समाथिको प्रतिबन्ध हट्दै

बोइङको ७३७ म्याक्समाथिको प्रतिबन्ध हट्दै image

काठमाडौं । बोइङ ७३७ म्याक्स मोडलको विमानमाथिको प्रतिबन्ध अस्ट्रेलियाली हावाई नियामकले हटाउने निर्णय गरेको छ । अस्ट्रेलियाले पछिल्लो दुई वर्षयता सो मोडलको विमान उडानमा प्रतिबन्ध लगाउँदै आएको छ । प्रतिबन्ध हटेसँगै यो मोडलको विमानमा प्रतिबन्ध हटाउने अस्ट्रेलिया एसिया प्यासिफिकको पहिलो मुलुक बन्नेछ ।

सिभिल एभिएसन सेफ्टी अथोरिटी अस्ट्रेलियाका प्रमुख ग्राइमे क्रफोर्डले भने, हामी विश्वस्त छौं कि यो विमान सुरक्षित छ ।’ अस्ट्रेलियाका कुनै पनि एयरलाइन्स कम्पनीहरुले यो मोडलको विमान प्रयोग गरेका छैनन् । फिजी एयरवेज र सिंगापुर एयरलाइन्सले यो मोडलको विमानबाट अस्ट्रेलियाको उडान भर्दै आइरहेका छन् ।

यो विमानलाई कहिलेबाट अनुमति दिने भन्ने खुलाइएको छैन । कोरोना महामारी नियन्त्रणका लागि भन्दै अस्ट्रेलियाले अन्तर्राष्ट्रिय भ्रमणमा रोक लगाएको छ । फिजी र सिंगापुर एयरलाइन्सले पनि घरेलु मुलुकबाट विमानको उडानको लागि अनुमति लिनुपर्नेछ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • अफगानिस्तानमा स्वास्थ्य सहायताकर्मीको हत्या image

    अफगानिस्तानमा स्वास्थ्य सहायताकर्मीको हत्या

    अफगानिस्तान । संयुक्त राष्ट्रसंघका एक वरिष्ठ अधिकारीले अफगानिस्तानमा भएको स्वास्थ्य सहायताकर्मीको हत्याको निन्दा गरेका छन् । अफगानिस्तानको नानगाहार प्रान्तमा पाँचजना स्वास्थ्यकर्मीको हत्या भएको थियो । साथै अरु केही स्वास्थ्य...

  • नागरिक सचेत नहुँदा २४ घण्टामा ६ हजार १३८ को मृत्यु image

    नागरिक सचेत नहुँदा २४ घण्टामा ६ हजार १३८ को मृत्यु

    काठमाडौँ । कोरोना महामारी दोस्रो लहरको संक्रमण हटस्पट’ बनेको भारतमा एकैदिन ६ हजार १ सय ३८ जनाको मृत्यु भएको छ । दिनहु संक्रमितको संख्या एक लाखभन्दा कममा झरे पनि...

  • अब तीनजनासम्म बच्चा जन्माउन दिइने image

    अब तीनजनासम्म बच्चा जन्माउन दिइने

    चीन । काम गर्ने उमेरको जनसंख्यामा एकदमै छिटो व्यापक गिरावट आएपछि चीनमा दम्पत्तिहरुलाई तीनजनासम्म बच्चा जन्माउन दिइने भएको छ । चीनका राष्ट्रपतिले अध्यक्षता गरेको पार्टीको पोलिटब्यूरो बैठकले उक्त प्रस्ताव...

  • प्रधानमन्त्रीले गरे २३ वर्ष कान्छी किशोरीसंग विवाह image

    प्रधानमन्त्रीले गरे २३ वर्ष कान्छी किशोरीसंग विवाह

    काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले शनिबार आफुभन्दा २३ वर्ष कान्छी किशोरीसंग गुपचुपमा विवाह गरेका छन् । बेलायती मिडिया रिपोर्टलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले आफ्नी प्रेमिका केरी साइमन्ड्सँग...