Village Highland Resort

खैरो हिरोइनसहित चार पक्राउ

खैरो हिरोइनसहित चार पक्राउ image

कञ्चनपुुर । प्रतिबन्धित लागु औषध खैरो हिरोइनसहित कञ्चनपुरका दुई ठाउँँबाट प्रहरीले चार जनालाई आज पक्राउ गरेको छ । बेदकोट नगरपालिका १० का ३० वर्षीय महेश विष्ट र सोही ठाउँ बस्ने वर्ष २३ को पुष्पमणी थापालाई भीमदत्त नगरपालिका–१३ झोलुङ्गे पुल क्षेत्रबाट, शुक्लाफाँटा नगरपालिका–१० झलारी बजार क्षेत्रबाट वर्ष २९ को बिक्रम ठकुल्ला र सोही ठाउँ बस्ने वर्ष २९ को दीपेन्द्र सुनारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बेदकोट नगरपालिकाबाट पक्राउ परेकाहरूको साथबाट दुई ग्राम ४८० मिलीग्राम खैरो हिरोइन, एक ग्राम १५० मिलिग्राम चरेस बरामद गरिएको र शुक्लाफाँटा नगरपालिका–१० झलारी बजार क्षेत्रबाट पक्राउ परेकाबाट ४५ प्याकेट ९तीन ग्राम तीन मिलिग्राम० खुल्ला चार ग्राम ८० मिलिग्राम सहित जम्मा आठ ग्राम १० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको छ । शुक्लाफाँटा नगरपालिकाबाट पक्राउ पर्नेबाट नगद रकम रु ५४ हजार १७० समेत बरामद गरिएको छ । लागु औषध ओसारपसार गर्ने कार्यमा प्रयोग गरिएको भारतीय नम्बर को होण्डाई एक्ससेन्ट युके ०६ एके ३४३५ नम्बरको कार बरामद गरिएको छ । रासस

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • गाउँपालिकाका सबै सवारी साधन सङ्क्रमित बोक्न प्रयोग गरिने image

    गाउँपालिकाका सबै सवारी साधन सङ्क्रमित बोक्न प्रयोग गरिने

    बैतडी । जिल्लाको दोगडाकेदार गाउँपालिकाले आफूसँग रहेका सबै सवारी साधन कोरोना नियन्त्रणमा प्रयोग गर्ने जनाएको छ । गाउँपालिकाले शनिबार एक सूचना जारी गर्दै अध्यक्ष र उपाध्यक्ष चढ्ने गाडीसहित सबै...

  • आगलागीबाट इलेक्ट्रिक तथा खाद्य सामग्री नष्ट image

    आगलागीबाट इलेक्ट्रिक तथा खाद्य सामग्री नष्ट

    कैलाली । गोदावरी नगरपालिका–१२ ओलानीस्थित एक स्थानीयवासीका घरमा आज आगलागी हुँदा घरमा रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन् । स्थानीयवासी दानबहादुर साउदको दुईतले पक्की घरमा आगलागी हुँदा एक...

  • कोरोनाले कर्मचारीको मृत्यु image

    कोरोनाले कर्मचारीको मृत्यु

    डोटी । यहाँ कोरोना सङ्क्रणका कारण आज एक कर्मचारीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार सप्तरीको रुपकञ्चन नगरपालिका बस्ने...

  • डोटीमा आज रातिबाट निषेधाज्ञा image

    डोटीमा आज रातिबाट निषेधाज्ञा

    डोटी । जिल्लामा कोरोना सङ्क्रमित हुने दर दिनहुँ बढ्दै गएपछि आज राति १२ बजेबाट लागू हुने गरी १० दिन निषेधाज्ञा लगाउने भएको छ । कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन समितिको...