Village Highland Resort

तोकिएको मूल्य पाउँदा किसान खुशी

तोकिएको मूल्य पाउँदा किसान खुशी image

कपिलवस्तु । कपिलवस्तुका किसानले सरकारले तोकेको उखुको मूल्य पाउन थालेका छन् । स्थानीय गुड उद्योगलाई तोकिएको मूल्यभन्दा कम मूल्यमा बेच्नुपर्ने बाध्यता खेपेका किसानलाई लुम्बिनी चिनी मिलले भने तोकिएको मूल्य दिएको हो । कपिलवस्तुको शिवराज नगरपालिका–७ निविहवामा लुम्बिनी चिनी मिल सुनवल खरिद केन्द्र स्थापना गरी किसानको उखु खरिद गरेको कपिलवस्तु किसान सङ्घका अध्यक्ष अनुपकुमार चौधरीले बताउनुभयो ।

विगत लामो समयदेखि उखु खेती गर्दै आएका किसानको उखुले मूल्य नपाउँदा निराश बनेका र जिल्लाका विभिन्न गुड उद्योग तथा क्रसरहरूले उखुको मूल्य चिनी उद्योगलाई मात्र तोकेको भन्दै प्रति क्विन्टल रु ३०० मा खरिद गरिरहेका थिए । “लुम्बिनी चिनी मिलले यहाँका किसानलाई नगद रकम दिएर उखु लैजाने गरेको छ”, अध्यक्ष चौधरीले भन्नुभयो “यस वर्ष किसान मर्कामा पर्ने छैनन्, मैले किसान र चिनी मिलसँग सहकार्य गरेर उखु बिक्रीको व्यवस्था गरेको छु ।” उखु उत्पादन गरेर बिक्रीको लागि गुड उद्योगमा किसान पुगेर खरिद गर्न आग्रह गर्नुपर्ने बाध्यता हटेको उखु किसान उदयराज कुर्मीले बताउनुभयो ।

जिल्लाकै ठूलो महालक्ष्मी सुगर लिमिटेडले उधारोमा किसानसँग उखु खरिद गर्दै आएको थियो । स्थानीय मिललाई उखु उधारोमै बेच्दै आएका किसान मिल यहाँबाट सर्लाही सरेपछि निराश भएका थिए । यद्यपी नवलपरासीको लुम्बिनी चिनी मिलले नगद खरिदमा गरिदिँदा किसान उखु खेती गर्न हौसिएका छन् । सरकारले दिने अनुदान मिलले किसानलाई शुरुमै दिएको किसानले बताएका छन् । मिलले उखुको मूल्य प्रति क्विन्टल रु ४३५ र सरकारको अनुदान रु ६५ गरी कूल जम्मा रु ५०० मा खरिद गरिरहेको छ । रासस

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • बेलाघाटमा फसेका चारको उद्धार image

    बेलाघाटमा फसेका चारको उद्धार

    दाङ । अविरल वर्षाका कारण दाङको राप्ती नदीमा आएको बाढीले मङ्गलबारदेखि बेलाघाटमा फसेका चारजनालाई आज सुरक्षाकर्मीले उद्धार गरेका छन् । लमही–७ हस्नापुर र राजपुर गाउँपालिकाको बेलाघाटको बीचको टापुमा फसेका...

  • निषेधाज्ञा खुकुलो भएपछि दैनिक जनजीवन सहज बन्दै image

    निषेधाज्ञा खुकुलो भएपछि दैनिक जनजीवन सहज बन्दै

    नेपालगञ्ज । बाँकेमा निषेधाज्ञा खुकुलो भएपछि यहाँको दैनिक जनजीवन सहज बन्दै गएको छ । निषेधाज्ञाको शुरुआती चरणमा औषधि, किराना, खाद्यान्न तथा तरकारीलगायत अत्यावश्यक वस्तुका पसलमात्र खोल्न दिइएकामा गत एक...

  • आठ हजार ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप image

    आठ हजार ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप

    देउखुरी । कोरोनाविरुद्धको तेस्रो चरणको भेरोसिलको पहिलो मात्राको खोप करीब आठ हजार ज्येष्ठ नागरिकलाई लगाइएको छ । दाङमा ६२ देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई कोरोनाविरुद्धको भेरोसिल खोप लगाउने...

  • अमेरिकामा सङ्कलन गरेर नेपालमा राहत बाँड्दै सापकोटा image

    अमेरिकामा सङ्कलन गरेर नेपालमा राहत बाँड्दै सापकोटा

    बाँके । चितवन २९ जेठ रासस चितवनको पहाडी भूभागमा बस्ने चेपाङ् समुदाय निषेधाज्ञाका कारण निकै प्रभावित भएको सुनेपछि राहत बोकेर यहाँ आइपुग्नु भएका इश्वर सापकोटा स्थायी रुपमा अमेरिकाको क्यालिफोर्नियामा...