गुरुकुलका विद्यार्थीलाई अवलोकन भ्रमण गराइने

गुरुकुलका विद्यार्थीलाई अवलोकन भ्रमण गराइने image

गण्डकी । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखरा र पुतलीबजार नगरपालिकाको सहकार्यमा गुरुकुलका विद्यार्थीलाई अवलोकन भ्रमण गराइने भएको छ । धार्मिक एवं सांस्कृतिक महत्वकास्थललाई पर्यटनसँग जोड्ने ध्येयले पुतलीबजार नगरपालिकास्थित पाणिनी गुरुकुलमा अध्ययनरत विद्यार्थीलाई प्रसिद्ध तीर्थस्थल स्वर्गद्वारीसम्मको अवलोकन भ्रमण गराउँन लागिएको हो । नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख काशीराज भण्डारीले धार्मिक एवं सांस्कृतिकस्थलको पर्यटकीय चिनारीका लागि भ्रमण गराउन लागिएको जानकारी दिनुभयो । उहाँले गुरुकुलमा अध्ययनरत विद्यार्थी भविष्यमा राम्रो पथप्रदर्शक हुनसक्ने बताउनुभयो ।

यही फागुन २२ गते शनिबारदेखि शुरु हुने चार दिवसीय अवलोकन भ्रमण स्वर्गद्वारीसम्म पुगेर सम्पन्न हुने छ । “नेपालमा धेरै धार्मिक एवं सांस्कृतिक महत्वकास्थल छन्, ती स्थानमा पुग्ने जोकोही पर्यटकलाई त्यहाँको पौराणिक, धार्मिक, सांस्कृतिक आदि पक्षबारे स्पष्ट रुपमा जानकारी दिने पथप्रदर्शकको खाँचो छ”, उहाँले भन्नुभयो, “गुरुकुलका विद्यार्थीलाई लक्षित गरी गर्न लागिएको अवलोकन भ्रमणले धार्मिक तथा सांस्कृतिस्थलमा आवश्यकपर्ने पथप्रदर्शक तयार गर्ने दीर्घकालीन लक्ष्यमा सहयोग पुग्ने विश्वास लिएका छौं ।रासस

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • मुख्यमन्त्री अधिकारी र  प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता image

    मुख्यमन्त्री अधिकारी र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

    पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टलाई विशेष अधिवेशन डाक्न सिफारिस गरेलगत्तै मुख्यमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री प्रचण्डलाई भेटेका छन् । मुख्यमन्त्री अधिकारीले प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेलगतै आशाको दियो बलेको...

  • गण्डकीका मुख्यमन्त्री पाण्डेले राजीनामा दिदै, बोलाए मन्त्रिपरिषद् बैठक image

    गण्डकीका मुख्यमन्त्री पाण्डेले राजीनामा दिदै, बोलाए मन्त्रिपरिषद् बैठक

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिदैछन् । त्यसअघि मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अहिले मन्त्रिपरिषद्को बैठक सुरु भएको प्रवक्ता सरस्वती अर्याल तिवारीले...

  • बैंकर पक्राउमा कस कसको आपत्ति ? image

    बैंकर पक्राउमा कस कसको आपत्ति ?

    काठमाडौं । विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा भएका बेथिति छानबिन गर्न आरोपित कर्मचारीलाई प्रहरीले पक्राउ गरेको विषयलाई बैंकसम्बन्धी चार संस्थाले विरोध गर्दै चेतावनी दिएका छन् । नेपाल प्रहरीले केही...

  • नारायणगढ-मुग्लिन सडक आजदेखि बन्द नहुने image

    नारायणगढ-मुग्लिन सडक आजदेखि बन्द नहुने

    भरतपुर । पुल बनाउनका लागि तुइन खोलामा पहाड काट्न सुरु भएपछि दिउँसो चार घण्टा दैनिक बन्द हुँदै आएको नारायणगढ(मुग्लिन सडक आजदेखि बन्द नहुने भएको छ । पहाड काट्ने काम...


hotelghyampedanda