सेती जलाशययुक्त आयोजनाले नौ सय घरधुरीमा असर पर्ने

सेती जलाशययुक्त आयोजनाले नौ सय घरधुरीमा असर पर्ने image

डोटी । बोगटान फुड्सिल गाउँपालिकामा निर्माण गरिन लागेको जलाशययुक्त सेती आयोजनाले डोटी र अछामका गरी कम्तीमा पनि ८८४ घरधुरीमा असर पर्ने भएको छ । नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, विद्युत् विकास विभाग सानोगौचरण काठमाडौँले जिल्लाको बोगटान फुड्सिलमा गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा सो कुराको जानकारी दिइएको हो । कूल ३०८ मेगावाट विद्युत् उत्पादन हुने अनुमान गरिएको उक्त आयोजना पूर्णरूपमा सम्पन्न गर्नका लागि रु ९१ अर्ब लगानी लाग्ने भएको छ । आयोजनाबाट सबैभन्दा बढी डोटीकोे बोगटान फुड्सिलमा क्षति हुने वातावरण परामर्शदाता डा ज्योतिप्रसाद गजुरेलले जानकारी दिनुभयो ।

उक्त विद्युत् निर्माण गर्नका लागि ८८४ घरधुरीमा असर पर्ने अध्ययनले देखाएको छ । सोमा डोटीका मात्रै ६५६ घर छन् भने बाँकी २२८ घर अछामका छन्् । चार सय मिटर अग्लो हुने आयोजनाको बाँधले अछामकोे मङ्गलसैन नगरपालिकाका वडा नं ३, ५ र ७ चौरपाटी गाउँपालिकाका वडा नं १ र २े बोगटान फुड्सिलका वडा नं २, ५, ६ र ७ मा प्रभाव पार्ने बताइएको थियो । यस्तै डोटीकै केआइसिंह गाउँपालिकाका वडा नं २ र ३, दिपायल सिलगढी नगरपालिकाका वडा नं ७ र ८, पूर्वीचौकी गाउँपालिकाका वडा नं ५ र ७ मा पनि प्रभाव पर्ने जनाइएको छ ।

भौतिक वातावरणमा पर्ने प्रमुख असर डुबान भएको सो कार्यक्रममा जानकारी दिइएको थियो । डुबान क्षेत्रमा पर्ने ६६४ पक्की घर, २२० कच्ची घर, ७५६ गोठ, १० झोलुङ्गे पुल, छ खानेपानी आयोजना, १२ घाट, २० मन्दिर, चार विद्यालय, दुई हेल्थ पोष्ट, ३२ हजार ७९९ बोटबिरुवा, तीन पक्की सडक र कच्ची सडक ९३५ कि।मी०, सिँचाइ पाँच योजना, एक पानीघट्टमा प्रभाव पर्ने कार्यक्रममा जानकारी दिइएको बोगटान फुड्सिलका अध्यक्ष कमलबहादुर गड्सिलाले जानकारी दिनुभयो ।

आयोजनाका लागि वन क्षेत्र १०४०।९ हेक्टर, निजी जमिन १८७३।५ हेक्टर ९३६ हजार ८२६।४९ रोपनी ०, १४६६।१२४ हेक्टर सरकारी जमिन प्रयोग हुने जानकारी गराइएको छ । आयोजनाले कम्तीमा पनि एक लाख १४ हजार ६०२ प्रजातिका बोटबिरुवा प्रभावित हुने वातावरण परामर्शदाता डा गजुरेलले बताउनुभयो । रासस

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda