सांसदहरु नीति निमार्ता भएकोले निर्माणको सम्पूर्ण जिम्मेवारी स्थानीय तहलाई दिनुपर्छः प्रमुख प्रजापति

सांसदहरु नीति निमार्ता भएकोले निर्माणको सम्पूर्ण जिम्मेवारी स्थानीय तहलाई दिनुपर्छः प्रमुख प्रजापति image

भक्तपुर । सांसदहरु नीति निमार्ताहरु भएको हुँदा निर्माणको जिम्मेवारी स्थानीय तहलाई दिनुपर्नेमा भनपाका प्रमुख सुनिल प्रजापतिले जोड दिएका छन् । संघ र प्रदेशले स्थानीय आवश्यकताअनुसार प्राथमिकताको आधारमा स्थानीय तहमा बजेट निकासा गर्नुपर्ने उनको भनाई छ ।

जिल्ला समन्वय समिति भक्तपुरले बोलाएको तेस्रो जिल्ला सभा बैठकमा नगर प्रमुख प्रजापतिले जिल्ला समन्वय समिति भक्तपुरको औचित्यतामाथि प्रश्न समेत उठाए । प्रस्तुत नीति तथा कार्यक्रम एनजीओ÷आइएनजीओहरुको प्रतिवेदन जस्तो भएको टिप्पणी गर्दै उनले निजीकरणको पक्ष लिनेहरु समाजवादी हुन नसक्ने ठोकुवा गरे ।

देशलाई समाजवादउन्मुख दिशामा अगाडि बढाउन जनप्रतिनिधिहरु लाग्नुपर्ने भन्दै प्रजापतिले भक्तपुरको चारवटा नगरपालिकालाई कोषमा रहेको रकम समान रुपमा निकासा गर्नुपर्ने र सभाको नीति तथा कार्यक्रममा भक्तपुर नपाको निम्ति सञ्चित कोषबारे उल्लेख नुहुनुको कारणबारे प्रश्न गरे ।

जिसस बैठकबाट पारित नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कार्यक्रमका सभापति जिल्ला समन्वय समिति भक्तपुरका अध्यक्ष नवराज गेलालले नीति तथा कार्यक्रममा संका नगर्न अनुरोध गरे । बैठकमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, सूर्यविनायक नपाका प्रमुख बासुदेव थापा, सूर्यविनायक नपाका उपप्रमुख बीणा बास्तोला, तेस्रो जिल्ला सभाका सदस्यहरुको उपस्थिति रहेको थियो ।

बैठकमा जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुँवरले स्वागत गरेकी थिइन भने जिल्ला समन्वय अधिकारी जगन्नाथ लामिछानेले जिसस भक्तपुरको योजना, बजेट तथा कार्यक्रम प्रस्तुत गरेका थिए । प्रस्तुत नीति तथा कार्यक्रम र बजेटमाथि नगर प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीले असहमति जनाएका थिए ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda