कञ्चनपुर । मालपोत कार्यालय कञ्चनपुरका एक अधिकृत घुस रकमसहित पक्राउ परेका छन् ।
अधिकृत लोकराज जोशीलाई बिहीबार २४ हजार रुपैयाँसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले पक्राउ गरेको हो ।सेवाग्राहीबाट २४ हजार नगद लिइरहेको अवस्थामा जोशीलाई एक होटलबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले जनाएको छ ।
जग्गाको अंशबण्डामा सहजिकरण गरिदिने भन्दै सेवाग्राहीबाट घुस लिँदै गर्दा अधिकृत जोशी अख्तियारको फन्दामा परेका हुन । यसभन्दा पहिले पनि मालपोत कर्मचारी डेढ लाख नगदसहित पक्राउ परेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
इनरुवा । सुनसरी कोशी गाउँपालिका–४ स्थित जुद्धगञ्जबाट हतियारसहित पक्राउ परेका एक जनालाई सोमबार प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सप्तरी कञ्चनरुप नगरपालिका–१ का २४ वर्षीय जमाल भन्ने तालीम...
उदयपुर । बेलका नगरपालिका–१ आम्बासीमा एक पोलिक्लिनिक सञ्चालन गर्दै आएका मेडिकल सञ्चालक लागुऔषधसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार रातको १२ः०० बजे सप्तरी चिरहुत गाउँपालिका–२ मैनाकडेरी...
काठमाडौं । प्रहरीले काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागुऔषध ३०० एम्पुल डाइजेपाम, ३०० एम्पुल फेनारागन र ३०० एम्पुल नुर्फिनसहित बारा कलैया उपमहानगरपालिका–४ घर भएका १९ वर्षीय धर्मेन्द्र माझीलाई आज...
काठमाडौं । मुलुकमा पछिल्लो आठ महीनामा आत्महत्या, जबर्जस्ती करणीलगायत गम्भीर प्रकृतिका घटना केही बढेको पाइएको छ । चालू आर्थिक वर्षमा नेपाल प्रहरीमा दर्ता भएको घटना विवरण हेर्दा समग्र आपराधिक...