सप्तरी । बालिकालाई जचाउँन गएकी २५ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक चिकित्सकलाई पक्राउ गरेको छ ।
यौन दुर्व्यवहार गरेको आरोपमा राजविराजस्थित छिन्नमस्ता अस्पतालमा कार्यरत डा.राजन जैसवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताए ।
सोही अस्पतालमा बुधबार जन्मिएकी नन्दकी छोरीलाई उपचार गराउन पुगेकी महिलासँग अस्पतालकै केबिनमा यौनजन्य दुर्व्यवहार गरेको आरोपमा जैसवाललाई पक्राउ गरिएको हो ।
अस्पतालले समेत तत्कालै डा. जैसवाललाई निलम्बन गरेको अस्पताल प्रशासक राजेश झाले एक विज्ञप्ति जारी गरी जानकारी दिए ।डिस्चार्ज भएर घर जाने बेलामा आवश्यक सल्लाहका लागि शिशुसहित एकपटक भेट्नु भनेर डा.जैसवालले बोलाएको ती महिलाले बताएकी छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
इनरुवा । सुनसरी कोशी गाउँपालिका–४ स्थित जुद्धगञ्जबाट हतियारसहित पक्राउ परेका एक जनालाई सोमबार प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सप्तरी कञ्चनरुप नगरपालिका–१ का २४ वर्षीय जमाल भन्ने तालीम...
उदयपुर । बेलका नगरपालिका–१ आम्बासीमा एक पोलिक्लिनिक सञ्चालन गर्दै आएका मेडिकल सञ्चालक लागुऔषधसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार रातको १२ः०० बजे सप्तरी चिरहुत गाउँपालिका–२ मैनाकडेरी...
काठमाडौं । प्रहरीले काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागुऔषध ३०० एम्पुल डाइजेपाम, ३०० एम्पुल फेनारागन र ३०० एम्पुल नुर्फिनसहित बारा कलैया उपमहानगरपालिका–४ घर भएका १९ वर्षीय धर्मेन्द्र माझीलाई आज...
काठमाडौं । मुलुकमा पछिल्लो आठ महीनामा आत्महत्या, जबर्जस्ती करणीलगायत गम्भीर प्रकृतिका घटना केही बढेको पाइएको छ । चालू आर्थिक वर्षमा नेपाल प्रहरीमा दर्ता भएको घटना विवरण हेर्दा समग्र आपराधिक...