जापान । कर्णाली प्रदेश समाज जापानले कर्णाली प्रदेशको डोल्पा जिल्ला स्थित विकट लुरी गाउँको त्रिपीटक विद्यालयलाई आर्थिक सहयोग गरेको छ । सदरमुकाम दुनैबाट हिडेर ३, ४ दिन लाग्ने विकट गाऊॅंमा रहेको त्रिपीटक विद्यालमा भौतिक सामाग्रीको अभावले पठनपाठन असहज भएको जानकारी पाएपछि कर्णाली प्रदेश समाज जापानले आर्थिक संकलन गरि उक्त विद्यालयलाई आर्थिक सहयोग गरेको हो ।
हरेक सुबिधाबाट बन्चित भएर पनि पढ्न मन भएका साना कोपिला बालबालिकाहरुको पठनपाठनमा केही सहजता होस् भन्ने उदेश्यले त्रिपीटक विद्यालयको भवन निर्माण गर्न समाजले रु ५० हजार आर्थिक सहयोग गरेको कर्णाली प्रदेश समाज जापानका महासचिव केबी टमट्टाले जानकारी दिनुभयो । कर्णाली प्रदेश समाज जापनले आगामी दिनमा पनि कर्णाली प्रदेशका बिभिन्न जिल्लाहरुमा हुने विकास निर्माणका क्षेत्रमा सेवा पुर्याउन पहल कदमी चालिरहेको टमट्टाले बताउनुभयो । समाजले जापानमा समस्यामा परेका कर्णालीबासी दाजुभाई दिदीबहिनीहरुलाई समेत सहयोग गर्दै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । दाङको घोराहीबाट रुकुमका लागि छुटेको बस सल्यानको बागचौर नगरपालिका वडा नं २ ठिनबाङ खोलामा दुर्घटना भएको छ । रा १ ख २०८५ नम्बरको बस ठिनबाङ खोलाको पुलबाट...
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लामालाई पक्राउ गरेको हो । लागुऔषध खैरो हिरोइन कारोबार...
काठमाडौं । वैशाख १५ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचन प्रयोजनका लागि जारी आचारसंहिताविपरीत दुरुपयोग गरे तत्काल कारबाही प्रक्रिया अघि बढाउने भएको छ । प्रतिनिधिसभाको इलाम क्षेत्र नं २...
झापा । मानव–हात्ती द्वन्द्व घटाउन झापाका विभिन्न स्थानमा ७६ किलोमिटर अफसेट सोलार फेन्स (सौर्य तारबार) निर्माण गरिएको छ । झापामा पहिलोपटक बाहुनडाँगीमा २०७३ सालमा रु एक करोड २० लाखको...