भारतमा कोरोनाको कहर, एकै दिन ८८ हजारमा संक्रमण

भारतमा कोरोनाको कहर, एकै दिन ८८ हजारमा संक्रमण image

भारत । भारतमा कोरोनाको दास्रो लहर सुरु भएसंगै एकै दिन ८८ हजार कोरोना संक्रमित भएका छन् । संक्रमण तीव्र रुपमा बढेपछि मुम्बईलगायतका शहरमा लकडाउन गर्न लागेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।पछिल्लो २४ घन्टामा ८८ हजार ६६५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको र कोरोनाबाट पछिल्लो २४ घन्टामा ६३४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

यो ६ महीनायताकै सबैभन्दा बढी संख्या हो। भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ६४ हजार ६२ पुगेको छभने संक्रमितको संख्या एक करोड २३ लाख ९० हजार ७७५ पुगेको छ। मध्यप्रदेश, महराष्ट्रसँगै राजस्थान र छत्तीसगढको अवस्था पनि बिग्रिदै गएको छ। मध्येप्रदेशमा कोरोनाको दोस्रो लहर आएको छ।

मध्यप्रदेशमा २ हजार ७७७ संक्रमित थपिएका छन् भने १६ जनाको मृत्यु भएको छ।
सबैभन्दा बढी कोरोना संक्रमण महाराष्ट्रमा देखिएको छ। पछिल्लो २४ घन्टामा महाराष्ट्रमा मात्रै ४३ हजार १८३ संक्रमित थपिएका छन्।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda