बुटवल । बुटवलमा कोरोना भाइरस सङ्क्रमणका कारण तीन जनाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देही, अर्घाखाँची र कपिलवस्तुका एक–एक जना सङ्क्रमितको मृत्यु भएको हो । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ निवासी ७१ वर्षीय महिलाको आज बिहान मृत्यु भएको हो । यही चैत २१ गते कोरोना अस्पतालमा भर्ना भएकी महिलामा ज्वरो, निमोनिया, श्वासप्रश्वासमा समस्या रहेको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिनुभयो ।
यस्तै अर्घाखाँचीको मालारानी गाउँपालिका –५ निवासी ७९ वर्षीय महिलाको आज बिहान मृत्यु भएको हो । चैत २७ गते अस्पताल भर्ना हुनुभएका उहाँमा ज्वरो, निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएको थियो । त्यसैगरी कपिलवस्तुको वाँणगङ्गा नगरपालिका–३ निवासी ७१ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको छ । चैत २७ गते नै अस्पतालमा भर्ना भएका पुरुषमा ज्वरो निमोनिया, मधुमेह जस्ता समस्या रहेको अस्पतालका सूचना अधिकारी गौतमले बताउनुभयो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
लुम्बिनी । १९ मुलुकका राजदूत र नेपालका लागि ४५ देशका अवैतनिक वाणिज्यदूतले गौतमबुद्धको जन्मस्थल लुम्बिनीबाट समृद्धि र शान्तिको लागि योगदान गर्न आह्वान गरेका छन् । परराष्ट्र मन्त्रालय र अवैतनिक...
दाङ । देउखुरीको गढवा गाउँपालिका-३ मा रहेको गोवरडिहा सामुदायिक वनमा देउखर शान्ति बाैद्व विहारको शिलान्यास गरिएको छ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले आइतबार एक कार्यक्रमकाबीच शिलान्यास गरेका हुन्...
काठमाडौं । कपिलवस्तुमा सवारी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा ४० जना घाइते भएका छन् । कञ्चनपुरको महेन्द्रनगरबाट काठमाण्डौका लागि छुटेको सुनौलो महाकाली यातायातको सुदूरपश्चिम प्रदेश–०२–००१...
नेपालगन्ज । दिगो विकासतर्फको महत्वपूर्ण कदममा नेपालगन्ज उपमहानगरपालिकाले ग्रीन सिफ्ट परियोजनासँग आधिकारिक रूपमा साझेदारी गरेको छ। Green Shift: Circularity of Plastic Waste for Net-Zero Carbon Nepal (GreenShift Nepal), चक्रिय...