Village Highland Resort

तनहुँको  भानुभक्त प्राणी उद्यानमा १६ प्रजातिका चरा फेला

तनहुँको  भानुभक्त प्राणी उद्यानमा १६ प्रजातिका चरा फेला image

दमौली । तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित भानुभक्त प्राणी उद्यानमा १६ प्रजातिका चराचुरुङ्गी फेला परेका छन् । वन्यजन्तु सप्ताहको अवसरमा बुधबार प्राणी उद्यानभित्र पर्ने जङ्गलमा १६ प्रजातिका चरा फेला परेका हुन् ।त्यसक्रममा थप चार प्रजातिका चराहरुको आवाज पहिचान गरिएको प्राणी उद्यानका संरक्षण अधिकृत रुपक महर्जनले जानकारी दिनुभयो । पहिचान भएका चराहरुको फोटोसहित रेकर्ड राखिएको छ । गत वर्ष हिउँदको समयमा यसै क्षेत्रमा १४१ प्रजातिका चराहरु रेकर्ड गरिएको थियो ।

“गर्मी समयमा पाइने विभिन्न चराहरुको अवलोकन गरी तिनको तथ्याङ्क राखेका छौँ”, महर्जनले भन्नुभयो । चरा अवलोकन कार्यलाई चराविज्ञ टेकबहादुर घर्ती र रेञ्जर लव गुरागाईँले सहजीकरण गर्नुभएको थियो । चरा अवलोकन कार्यमा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी सागर आचार्य, प्रहरी उपरीक्षक अरुण पौडेललगायतको सहभागिता थियो ।

नेपालका विभिन्न स्थानमा पाइने वन्यजन्तुको प्रतिनिधिमूलक वनका रूपमा संरक्षण गर्ने, मध्यपहाडी वन क्षेत्रका घाइते तथा टुहुरा वन्यजन्तुको उद्धार गरी संरक्षण एवं संवद्र्धन गर्ने, वंशाणुगत विविधता संरक्षण गर्ने, प्रयोगशाला अध्ययन, अनुसन्धान प्रवद्र्धन गर्दै संरक्षित क्षेत्रमा वन्यजन्तुको वैज्ञानिक व्यवस्थापनमा विकास गर्ने लगायतका उद्देश्य राखेर सरकारले भानुभक्त प्राणी उद्यानको कामलाई अगाडि बढाएको छ ।  भानुभक्त प्राणी उद्यानले १३ वन क्षेत्रलाई समावेश गरेको छ । प्राणी उद्यान क्षेत्रभित्र पर्ने आठ सामुदायिक वन र पाँच कबुलियती वन गरी १३ वन क्षेत्र समावेश गरिएको छ ।

वन्यजन्तु सप्ताह शुरु

‘वन्यजन्तु संरक्षणमा समन्वय, सहकार्य र सहअस्तित्व’ भन्ने मूलनाराका साथ बुधबारदेखि वन्यजन्तु सप्ताह शुरु भएको छ । वन्यजन्तु सप्ताहका अवसरमा चरा अवलोकन र संरक्षित क्षेत्रका सरोकारवाला निकायबीच अन्तरक्रिया गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख वाग्लेले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण र व्यवस्थापन, पर्यापर्यटन विकास गरी स्थानीय जनताहरुको आर्थिक विकासका लागि भानुभक्त प्राणी उद्यान आकर्षणको केन्द्र हुने बताउनुभयो । उहाँले यसको स्थापना, सञ्चालन र व्यवस्थापनका लागि सबै तहबाट सहयोग हुनुपर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी सागर आचार्यले वन र वन्यजन्तु संरक्षणका लागि सरोकारवाला सबै निकायबीच समन्वय र सहकार्य भएमा सफलता प्राप्त गर्न सकिने बताउनुभयो ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • निषेधाज्ञाभित्र सङ्क्रमण तीव्र image

    निषेधाज्ञाभित्र सङ्क्रमण तीव्र

    महोत्तरी । कोभिड–१९ सन्त्रास छल्न जारी निषेधाज्ञाभित्रै महोत्तरीमा सङ्क्रमण तीव्र बढेको छ । यसपालि नयाँ वर्ष २०७८ प्रारम्भ भएयता वैशाख १० गतेदेखि जिल्लामा दोहोरिएर देखिएको सङ्क्रमण जिल्लामा निषेधाज्ञा जारी...

  • अक्सिजन सिलिन्डर खोजी गरिँदै image

    अक्सिजन सिलिन्डर खोजी गरिँदै

    भादगाँउ । नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा वृद्धि भएसँगै यसको रोकथाम र नियन्त्रणका लागि काठमाण्डौँ उपत्यकामा यही वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको छ । योसँगै सडक...

  • ठूला निजी अस्पताललाई कोभिड अस्पताल बनाउन आग्रह image

    ठूला निजी अस्पताललाई कोभिड अस्पताल बनाउन आग्रह

    काठमाडौ । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कोभिड–१९ महामारीमा अत्यावश्यक पर्ने अक्सिजन अभाव हुन नदिन सरकारले गम्भीर रुपमा काम गरिरहेको बताउनुभएको छ । बालाजुस्थित जनमैत्री अस्पतालको आज अनुगमन गर्दै...

  • गत २४ घण्टामा ८ हजार ४१८ जनामा कोरोना संक्रमण, थप ५३ जनाकाे मृत्यु image

    गत २४ घण्टामा ८ हजार ४१८ जनामा कोरोना संक्रमण, थप ५३ जनाकाे मृत्यु

    काठमाडौं । नेपालमा गत २४ घण्टामा  थप ८ हजार ४१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे छ। २४ घण्टामा १८ हजार ३०४ जनाको पिसिआर र एन्टिजेनसहित ८ हजार ४१८...