Village Highland Resort

अवैध लागुऔषधसहित मेडिकल सञ्चालक पक्राउ

अवैध लागुऔषधसहित मेडिकल सञ्चालक पक्राउ image

उदयपुर । बेलका नगरपालिका–१ आम्बासीमा एक पोलिक्लिनिक सञ्चालन गर्दै आएका मेडिकल सञ्चालक लागुऔषधसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार रातको १२ः०० बजे सप्तरी चिरहुत गाउँपालिका–२ मैनाकडेरी घर भई बेलकाको आम्बासीमा मेडिकल सञ्चालन गर्दै आएका २६ वर्षीय सुबोध यादव लागुऔषधसहित पक्राउ परेका हुन् ।

यादवले औषधि पसल सञ्चालन गर्ने नाममा लागुऔषध कारोवार गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरीले कार्यालय बेलका रामपुरले यादवको पोलिक्लिनिक प्रालिमा छापा मार्दा लागुऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । क्लिनिकमा छापा मार्दा ट्रमाडोल हाइड्रोक्लोराइड १५० ट्याब्लेट, डाइमाइसो माइन ५२५ ट्याब्लेट, स्लाइन डिवाफिल–डी ३२५ र जुनग्रारेड ५० ट्याब्लेटसहित यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस्तै नगद रु एक लाख १७ हजार र एक मोबाइलसमेत बरामद गरिएको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • २५ बोरा सुर्तीसहित ट्रक चालक पक्राउ image

    २५ बोरा सुर्तीसहित ट्रक चालक पक्राउ

    कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लिप्स नामको २५ बोरा सुर्ती बरामद गरेको छ । प्रहरीले सुर्तीसहित प्रहरी ट्रक चालक अशोक शाहीलाई आइतबार पक्राउ गरेको छ ।तुर्माखाँद गाउँपालिका–७ अछामका...

  • बाबुछोरा पक्राउ image

    बाबुछोरा पक्राउ

    जाजरकोट । छेडागाड नगरपालिकाका एक पुरुषको हत्यामा संलग्न भएको आरोपमा बाबुछोरा पक्राउ परेका छन् । छेडागाड–९ राजीकोट निवासी सुकिलाल बादी र उनका छोरा ज्ञानु बादीलाई बुधबार प्रहरीले पक्राउ गरेको...

  • नक्कली नोटसहित तीन पक्राउ image

    नक्कली नोटसहित तीन पक्राउ

    इनरुवा । सुनसरी सदमुकाम इनरुवा बस चोकस्थित स्टार होटलको नजिकबाट नक्कली जाली नोटसहित पक्राउ परेकालाई आज प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१९ का ६६ वर्षीय टेकबहादुर...

  • हतियारसहित एकजना पक्राउ image

    हतियारसहित एकजना पक्राउ

    इनरुवा । सुनसरी कोशी गाउँपालिका–४ स्थित जुद्धगञ्जबाट हतियारसहित पक्राउ परेका एक जनालाई सोमबार प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सप्तरी कञ्चनरुप नगरपालिका–१ का २४ वर्षीय जमाल भन्ने तालीम...