Village Highland Resort

अनलाइन कक्षाका लागि सूचना प्रविधिको पूर्वाधार विकास हुनुपर्ने

अनलाइन कक्षाका लागि सूचना प्रविधिको पूर्वाधार विकास हुनुपर्ने image

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न अनलाइन कक्षा चलाउन सूचना प्रविधि क्षेत्रको पूर्वाधार विकास गरिनुपर्नेमा जोड दिइएको छ । सुशील कोइराला मेमोरियल फाउन्डेसनले गत वर्षदेखि आयोजना गरेको अन्वेषण कार्यक्रमअन्तर्गत ‘सूचना प्रविधि, सरकार र योगदान’ विषयक जुम प्रविधिबाट आयोजना गरिएको कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनालले अनलाइन कक्षा चलाउन प्रमुख शहरमै राम्रो पूर्वाधार विकास भइनसकेको बताउनुभयो । सूचना प्रविधिमार्फत विकृति फैल्याउनेलाई कसरी रोक्ने भन्ने विषयमा चुनौती देखिएको उहाँको भनाइ थियो ।

सूचना प्रविधि क्षेत्र नीति, नियमको बन्धक भएको उल्लेख गर्दै उहाँले प्रयोगकर्ता आफैँ स्वअनुशासित र स्वनियमन हुनुपर्ने विचार राख्नुभयो । सूचना प्रविधिका क्षेत्रमा भएको कानूनी व्यवस्था कार्यान्वयन नहुँदासमेत यस क्षेत्रमा समस्या देखिएको २५ वर्षदेखि यस विषयमा काम गर्दै आउनुभएका वरिष्ठ निर्देशक खनालले सुनाउनुभयो । फाउन्डेसनका सदस्य सचिव अतुल कोइरालाले सूचना प्रविधि क्षेत्रमा अध्ययन, अध्यापन र अनुसन्धान बढाएर आइपरेका समस्या समाधानतर्फ अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । शिक्षाकै माध्यमबाट सूचना प्रविधि क्षेत्रमा सुधार ल्याउन सकिने उहाँको भनाइ थियो ।

यस क्षेत्रमा समाजमा भए गरेका विषयलाई सरोकार भएका निकायसम्म पु¥याउन फाउन्डेसनले एक वर्षअघिदेखि कोरोनाबाट बच्न जारी स्वास्थ्य मापदण्ड पालना गरी जुम प्रविधिमार्फत बहस चलाउँदै आएको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • निषेधाज्ञाभित्र सङ्क्रमण तीव्र image

    निषेधाज्ञाभित्र सङ्क्रमण तीव्र

    महोत्तरी । कोभिड–१९ सन्त्रास छल्न जारी निषेधाज्ञाभित्रै महोत्तरीमा सङ्क्रमण तीव्र बढेको छ । यसपालि नयाँ वर्ष २०७८ प्रारम्भ भएयता वैशाख १० गतेदेखि जिल्लामा दोहोरिएर देखिएको सङ्क्रमण जिल्लामा निषेधाज्ञा जारी...

  • अक्सिजन सिलिन्डर खोजी गरिँदै image

    अक्सिजन सिलिन्डर खोजी गरिँदै

    भादगाँउ । नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा वृद्धि भएसँगै यसको रोकथाम र नियन्त्रणका लागि काठमाण्डौँ उपत्यकामा यही वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको छ । योसँगै सडक...

  • ठूला निजी अस्पताललाई कोभिड अस्पताल बनाउन आग्रह image

    ठूला निजी अस्पताललाई कोभिड अस्पताल बनाउन आग्रह

    काठमाडौ । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कोभिड–१९ महामारीमा अत्यावश्यक पर्ने अक्सिजन अभाव हुन नदिन सरकारले गम्भीर रुपमा काम गरिरहेको बताउनुभएको छ । बालाजुस्थित जनमैत्री अस्पतालको आज अनुगमन गर्दै...

  • गत २४ घण्टामा ८ हजार ४१८ जनामा कोरोना संक्रमण, थप ५३ जनाकाे मृत्यु image

    गत २४ घण्टामा ८ हजार ४१८ जनामा कोरोना संक्रमण, थप ५३ जनाकाे मृत्यु

    काठमाडौं । नेपालमा गत २४ घण्टामा  थप ८ हजार ४१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे छ। २४ घण्टामा १८ हजार ३०४ जनाको पिसिआर र एन्टिजेनसहित ८ हजार ४१८...