‘खनाल–नेपालको यस्तो छ सल्लाह’

‘खनाल–नेपालको यस्तो छ सल्लाह’ image

काठमाडौँ । नेकपा एमालेको खनाल – नेपाल पक्षले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफबारे सल्लाह गरेका छन् ।

मंगलबार काठमाडौँको बानेश्वरस्थित अर्याल होटलमा बसेको बैठकले स्पष्टीकरणको जवाफ दिने र पार्टीभित्रको अन्तरसंघर्ष अझ कडाइकासाथ लैजाने निर्णय गरेका छन् । महाधिवेशनले चयन गरेको अध्यक्ष ओली भएकाले उद्देश्य र पार्टी विधान बिपरितको काम आफूहरुले नगरेको दावी उनीहरुको छ ।

पार्टी विधान विपरीत अराजक गतिविधि उल्टै केपीले मच्चाएको दावी खनाल नेपालको छ । नयाँ दल गठनमा अगुवाइ गरेको भन्दै माधवकुमार नेपाल पक्षमा लागेका प्रतिनिधिसभाका २७ सांसद र कर्णाली प्रदेश सभाका ५ जना सदस्यलाई ओलीले स्पष्टीकरण सोधेका छन् ।

त्यस्तै कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने नेपाल समूहका नेताहरु प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा, अम्बरबहादुर थापा र देवी ओलीलाई पनि स्पष्टीकरण सोधिएको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda