Village Highland Resort

२५ बोरा सुर्तीसहित ट्रक चालक पक्राउ

२५ बोरा सुर्तीसहित ट्रक चालक पक्राउ image

कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लिप्स नामको २५ बोरा सुर्ती बरामद गरेको छ । प्रहरीले सुर्तीसहित प्रहरी ट्रक चालक अशोक शाहीलाई आइतबार पक्राउ गरेको छ ।तुर्माखाँद गाउँपालिका–७ अछामका ३२ वर्षीय चालक शाहीले निषेधाज्ञाको मौका पारी कर छलेर २५ बोरा सुर्ती मार्सल जनरल स्टोर नामको ट्रक प्रयोग गरेर भित्र्याउने क्रममा अवैध सामानसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

कप्र२–००१–क ०१२१ नंको मालबाहक ट्रकमा खाद्य पदार्थ चिनी, चामल, तेल, पिठो, बियर चाउचाउलगायतका सामानभित्र अवैधरूपमा अखाद्य सुर्तीजन्य पदार्थ लुकाइछिपाई राखी सुर्खेत जिल्लाका विभिन्न स्थानमा ढुवानी गर्न लागेको भन्ने विशेष सूचनाका आधारमा वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत भानुचोकबाट चालक शाहीलाई पक्राउ गरिएको उहाँले बताउनुभयो । गोल्डेन कम्पनीको कर छली गरी ल्याइएको रु पाँच लाख बराबरको २५ बोरा लिप्स नामको सुर्तीसहित पक्राउ परेका उनलाई आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय सुर्खेतमा पठाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • बाबुछोरा पक्राउ image

    बाबुछोरा पक्राउ

    जाजरकोट । छेडागाड नगरपालिकाका एक पुरुषको हत्यामा संलग्न भएको आरोपमा बाबुछोरा पक्राउ परेका छन् । छेडागाड–९ राजीकोट निवासी सुकिलाल बादी र उनका छोरा ज्ञानु बादीलाई बुधबार प्रहरीले पक्राउ गरेको...

  • नक्कली नोटसहित तीन पक्राउ image

    नक्कली नोटसहित तीन पक्राउ

    इनरुवा । सुनसरी सदमुकाम इनरुवा बस चोकस्थित स्टार होटलको नजिकबाट नक्कली जाली नोटसहित पक्राउ परेकालाई आज प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१९ का ६६ वर्षीय टेकबहादुर...

  • हतियारसहित एकजना पक्राउ image

    हतियारसहित एकजना पक्राउ

    इनरुवा । सुनसरी कोशी गाउँपालिका–४ स्थित जुद्धगञ्जबाट हतियारसहित पक्राउ परेका एक जनालाई सोमबार प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सप्तरी कञ्चनरुप नगरपालिका–१ का २४ वर्षीय जमाल भन्ने तालीम...

  • अवैध लागुऔषधसहित मेडिकल सञ्चालक पक्राउ image

    अवैध लागुऔषधसहित मेडिकल सञ्चालक पक्राउ

    उदयपुर । बेलका नगरपालिका–१ आम्बासीमा एक पोलिक्लिनिक सञ्चालन गर्दै आएका मेडिकल सञ्चालक लागुऔषधसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार रातको १२ः०० बजे सप्तरी चिरहुत गाउँपालिका–२ मैनाकडेरी...