Village Highland Resort

ढुङ्गाले च्यापेर एकको मृत्यु

ढुङ्गाले च्यापेर एकको मृत्यु image

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको सारेमारेमा ढुङ्गाले च्यापेर एक युवाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार मृत्यु हुनेमा बेनी नगरपालिका–१ रत्नेचौरका २१ वर्षीय अनिस बोगटीको ढुङ्गाले च्यापेर मृत्यु भएको हो । सोही ठाउँका १८ वर्षीय सुजन जिसी घाइते भएका छन् ।

सोमबार साँझ पानी परेपछि उनीहरु ओत लागेर बसेको ढुङ्गा एक्कासी माथिबाट खसेर च्यापिएका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताउनुभयो । उनीहरु बालुला लिन कालीगण्डकी किनारमा गएको समयमा पानी परेपछि ओत लाग्न ढुङ्गामुनि बसेका थिए । बोगटीको च्यापिएर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । भाग्ने क्रममा घाइते भएका जिसीको बेनी अस्पतालमा उपचार भइरहेको छ । उनीहरुसँगै ओत लागेर बसेका अर्का एक जना भागेका थिए ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • स्वास्थ्य सुरक्षा सामग्री सहयोग image

    स्वास्थ्य सुरक्षा सामग्री सहयोग

    गण्डकी । नेलम्बो नेपालले गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ  । निर्देशनालयलाई रु एक लाख ८५ हजार ७५० तथा पोखरा...

  • मादी नदीमा डुबेर युवकको मृत्यु image

    मादी नदीमा डुबेर युवकको मृत्यु

    तनहँु । मादी नदीमा पौडी खेल्ने क्रममा मङ्गलबार एक युवकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–२ निवासी २२ वर्षीय सतिश अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले...

  • महामारीका जोखिममा एचआइभी संक्रमित image

    महामारीका जोखिममा एचआइभी संक्रमित

    बलेवा । बागलुङ जिल्लाको ताराखोला गाउँपालिकाका एक पुरुष केही वर्षदेखि एचआइभी एड्सविरुद्धको औषधि प्रयोग गरिरहेका छन् । आफूमा संक्रमण रहेको पुष्टि भएपछि उनले धौलागिरि अस्पतालको एआरटी सेन्टरमार्फत औषधि खान...

  • भूकम्पको छ वर्षः ७२ प्रतिशत निजी आवास पुनर्निर्माण image

    भूकम्पको छ वर्षः ७२ प्रतिशत निजी आवास पुनर्निर्माण

    गलकोट । नेपालमा विनाशकारी भूकम्प गएको छ वर्ष पूरा भएको छ । यो अवधिमा बागलुङमा निजी आवास पुनर्निर्माणमा ७२ प्रतिशत प्रगति भएको छ । विसं २०७२ वैशाख १२ गते...