Village Highland Resort

अक्सिजन सिलिन्डर खोजी गरिँदै

अक्सिजन सिलिन्डर खोजी गरिँदै image

भादगाँउ । नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा वृद्धि भएसँगै यसको रोकथाम र नियन्त्रणका लागि काठमाण्डौँ उपत्यकामा यही वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको छ । योसँगै सडक दुर्घटना, झैझगडा, चोरी डकैतीलगायत सार्वजनिक अपराधका घटनामा कमी आएको छ । सामाजिक अपराधका घटनामा कमी आएसँगै नेपाल प्रहरी अहिले फरक भूमिकामा सक्रिय भइरहेको छ ।

शान्तिसुरक्षामा अहोरात्र खटिनुपर्ने प्रहरी अहिले अस्पतालका लागि अक्सिजन ग्यास र सिलिन्डरको खोजी तथा व्यवस्थापनमा जुटेको छ । निषेधाज्ञासँगै सामाजिक अपराधका घटनामा कमी आए पनि प्रहरी अहिले निषेधाज्ञालाई कार्यान्वयन गराउन र पछिल्लो समय कोरोना सङ्क्रमितको उपचारका लागि अस्पतालमा देखिएको अक्सिजन र सिलिन्डरको अभावलाई ध्यान दिँदै त्यसको व्यवस्थापनमा जुटेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक तारादेवी थापाले बताउनुभयो ।

“अहिलेको अवस्थामा नेपाल प्रहरीको पहिलो दायित्व निषेधाज्ञाको पूर्ण कार्यान्वयन गराउनु हो, त्यससँगै जिल्लामा अक्सिजनको अभाव हुन थालेको र अक्सिजनको अभावकै कोरोना सङ्क्रमितको मृत्यु हुन थालेको खबरपछि प्रहरीले अक्सिजन सिलिन्डरको खोजी गर्ने र आवश्यकताअनुसार अस्पतालमा पु¥याउने कार्य गर्दै आएको छ”, प्रहरी उपरीक्षक थापाले भन्नुभयो ।

भक्तपुर प्रहरीले हालसम्म २० अक्सिजनसहितका र ७५ खाली गरी ९५ वटा सिलिन्डर विभिन्न अस्पताललाई प्रदान गरेको परिसरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताउनुभयो । परिसरले मध्यपुर थिमि नगरपालिका–३ कौशलटारस्थित भक्तपुर ईन्टरनेसनल अस्पताललाई १२, भक्तपुर अस्पताललाई पाँच र ललितपुरको अल्का अस्पताललाई पनि तीन वटा अक्सिजनसहितका सिलिण्डर उपलब्ध गराएको उहाँले बताउनुभयो ।

त्यस्तै भक्तपुर अस्पताललाई ५० र मध्यपुर थिमि नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई २५ खाली सिलिण्डर प्रदान गरिएको छ । ती सिलिन्डर हाल सञ्चालन नभएका उद्योग कलकारखाना, वर्कशप, कवाडी सङ्कलन केन्द्र, जिमखानालगायत क्षेत्रबाट सङ्कलन गरिएको प्रहरी उपरीक्षक थापाले बताउनुभयो ।

“ती सिलिन्डर हामीले अस्पतालहरुलाई पछि फिर्ता गर्नेगरी अस्पताललाई दिएका छौँ, त्यहाँबाट फिर्ता आएपछि जहाँबाट हामीले सङ्कलन गरेका हौँ त्यहाँ फिर्ता गर्छौं”, उहाँले भन्नुभयो । परिसरमा हाल ३७ खाली सिलिन्डर मौज्दात रहेको जानकारी दिँदै प्रहरी उपरीक्षक थापाले कुनै अस्पताललाई आवश्यक परे सम्पर्क गर्न आग्रह गर्नुभयो । उहाँले आवश्यकताअनुसार सिलिन्डरको व्यवस्थापनको कार्यलाई निरन्तरता दिने बताउनुभयो ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • अझै तीन दिन भारी वर्षा हुने image

    अझै तीन दिन भारी वर्षा हुने

    काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले अझै तीन दिन देशका अधिकांश भागमा भारी वर्षा हुने प्रक्षेपण गरेको छ । धेरै वर्षा हुने भएकाले महाशाखाले केही स्थानमा बाढी र...

  • टोखामा तरकारी र च्याउखेती पकेट निर्माण image

    टोखामा तरकारी र च्याउखेती पकेट निर्माण

    काठमाडौँ । टोखा नगरपालिकाले नगरभित्रका किसानलाई २२ थान हाते ट्र्याक्टरवितरण गरेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले नगरपालिकाभित्र कृषि क्षेत्रको विकास र विस्तारका लागि किसानलाई इन्धनबाट सञ्चालन हुने...

  • सेवा प्रवाह प्रभावकारी बनाउन निर्देशन image

    सेवा प्रवाह प्रभावकारी बनाउन निर्देशन

    काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले समयानुकूल प्रविधिको प्रयोग गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन मन्त्रालयअन्तर्गतका निकायलाई निर्देशन दिएको छ । नवनियुक्त मन्त्री नैनकला थापाले नेपाल टेलिभिजन, नेपाल दूरसञ्चार...

  • लगातारको झरीले धानको बिउ नष्ट image

    लगातारको झरीले धानको बिउ नष्ट

    वीरगञ्ज । केही दिनयता मनसुन सक्रिय भएपछि लगातारको झरीले गर्दा पर्सा जिल्लाका किसानहरुले ब्याडमा लगाएको धानको बिउमा क्षति पुगेको छ । किसानहरुले धान खेती गर्नको लागि ब्याडमा बिउ राखेको...