Village Highland Resort

सकियो निफ चलचित्र महोत्सव ः बुख्याँचा उत्कृष्ट चलचित्र

सकियो निफ चलचित्र महोत्सव ः बुख्याँचा उत्कृष्ट चलचित्र image

काठमाडौ । विश्वका कथाहरुको उत्सव’भन्ने नाराका साथ नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव ९निफ०को चौथो संस्करण आजदेखि समापन भएको छ । चलचित्रमार्फत नेपालीकला, संस्कृति र पर्यटन विश्वभरि फैलाउने निफको उदेश्य रहेको निफको जुममार्फत कार्यक्रमको समापन सत्रमा फैजिया फथिमाले निफमा स्तरीय कथा आउने गरेको र आफू यसमा महत्वपूर्ण जिम्मेवारीमा रहँदा खुशी लागेको बताउनुभयो ।

पोर्चुगलका चलचित्र निर्माता ज्वाओ पाउलो मकेडोले विश्वभरका कला, संस्कृति तथा भूगोललाई निफले केन्द्रीकृत गर्न सफल रहेको जनाउनुभयो । मधुरिमा बारुवाचले प्रेमेन्दर मजुमेण्डरले केही समयअघि नेपालको दोलखा घुम्दा रोचक लागेको र चलचित्रका लागि उत्कृष्ट लागेको बताउनुभयो ।

समापन कार्यक्रममा उत्कृष्ट चलचित्रसहित विभिन्न देशका निर्णायकले पुरस्कार राशिको घोषणा गरे । सोअनुसार उत्कृष्ट लघुचलचित्र अवार्ड राजेशप्रसाद खत्रीको अ स्क्यरक्रो९बुख्याँचा०ले हात पारेको छ । यसैगरी वाग्मती अवार्ड उत्कृष्ट अन्तराष्ट्रिय लघु चलचित्रअन्तर्गत दक्षिण कोरियाका निर्देशक सङ्बिन बुनको गड्स डटर डान्सेसले पाएको छ ।

मञ्जुश्री अवार्ड उत्कृष्ट एनिमेशनतर्फ फिनल्याण्डका निर्देशक थोमस कुर्तागोले हात पारेका छन् भने उत्कृष्ट वृत्तचित्र गणेश पाण्डेको सिभिल सोल्डर्सले हात पारेको छ । यसैगरी माउन्ट एभरेष्ट वृत्तचित्र अवार्ड स्विट्जरल्याण्डका निर्देशक एड्रिनो जेकाको रिटर्न टु द लष्ट इडेनले पाएको छ । टर्कीका निर्देशक मुरत सेरीको इन माइ ड्रिम पनि छनोटमा परेको छ भने राष्ट्रिय कथानक चलचित्रअन्तर्गत ढोण्डुप छिरिङको आमा खाण्डोले हात पारेको छ ।

गौतमबुद्ध अवार्डअन्तर्गत भारतीय चलचित्र डिक्सनरीले हात पारेको छ । उत्कृष्ट लेखनतर्फ सरिता, उत्कृष्ट छायाङ्कन एवं महिला तथा पुरुषको अभियनतर्फ लाटोकोसेरोले अवार्ड हात पारेको छ । कार्यक्रममा चालचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले नेपाली कथा, चलचित्रलाई अन्तरराष्ट्रियकरण गर्नमा निफको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा बोर्डले विभिन्न संघसंस्थासँंगको सहकार्यमा चलचित्र गतिविधि अगाडी बढाइने जानकारी दिनुभयो ।

कार्यक्रमको समापन गर्दै नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान तथा निफका अध्यक्ष केपी पाठकले महोत्सवक कार्यक्रम थप गतिशील एवं प्रभावकारी बनाइने बताउनुभयो । नेपाली चलचित्रले आकर्षण गर्नुपर्ने सुझाव निफको आजको शुरुआती सत्रमा चलचित्रको आर्थिक एवं गुणात्मकस्तरबारे बहस गरिएको थियो । कार्यक्रममा लेखक युग पाठकले चलचित्र समाजकोे भाषा र संस्कृति देखाउने ऐना भएको र यसले विचारको प्रतिनिधित्व गरेको बताउनुभयो ।

लेखक तथा पत्रकार बविता बस्नेतले अबका चलचित्रमा महिलाको यथार्थ देखाइनुपर्ने तथा रोनाधोना, देवी वा बोक्सी मात्र नदेखाई जीवन झल्कने सफलताको कथा पनि समावेश गर्नुपर्नेमा जोड दिनुभयो । साहित्यकार कृष्ण धरावासीले संसारभरिका चलचित्र हेरेका दर्शकलाई अब नेपाली चलचित्रले आकर्षण गर्नुपर्ने भनाइ राख्नुभयो ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • गायक खेमराज गौतमको कोरोनासंग सम्बन्धीत लोकदोहारी गीत सार्वजनिक image

    गायक खेमराज गौतमको कोरोनासंग सम्बन्धीत लोकदोहारी गीत सार्वजनिक

    काठमाडौ । गायक खेमराज गौतमको कोरोनासंग सम्बन्धीत लोकदोहारी गीत “मर्ने सिजन” बोलको गीत सार्वजनिक भएको छ । अत्यन्त मीठो मेलोडी, शब्द र आवाजको समिश्रण रहेको उक्त बोलको गीतलाई राप्ती...

  • सालैजो गीत ‘सँगैका साथी’ सार्वजनिक image

    सालैजो गीत ‘सँगैका साथी’ सार्वजनिक

    काठमाडौँ । गायक विष्णु खत्रीको सालैजो गीत ‘सँगैका साथी’ सार्वजनिक भएको छ । आइतबार दिउँसो सार्वजनिक भएको गीतले युट्युबमा राम्रो भ्युज बटुल्ने अपेक्षा गरिएको छ । विष्णु खत्री युटु्यब...

  • आज रातो मच्छिन्द्रनाथको रथारोहण image

    आज रातो मच्छिन्द्रनाथको रथारोहण

    ललितपुर । वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथारोहण आज हुँदैछ । हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन मच्छिन्द्रनाथलाई रथमा विराजमान गराउने चलनानुसार आज दिउँसो रथारोहण गर्न लागिएको...

  • प्राश्नाको ‘चोली’ image

    प्राश्नाको ‘चोली’

    काठमाडौँ । गायक किरण भुजेल र प्राश्ना शाक्यको युगल गायनमा समावेश ‘चोली तिम्रो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा अमेरिकाको ओहायो राज्य निवासी गीतकार तथा संगीतकार प्रेम...