Village Highland Resort

भारतबाट काठ काटेर ल्याउने पक्राउ

भारतबाट काठ काटेर ल्याउने पक्राउ image

काठमाडौ । निशेषाज्ञाको उल्लङ्घन गरी भारतबाट सालको काठ काटेर ल्याउने कार्यमा संलग्न छ जनालाई सशस्त्र प्रहरीले गए राति भीमदत्त नगरपालिकाको ब्रम्हदेव क्षेत्रबाट पक्राउ गरेको छ । पैदल गस्तीमा रहेको सशस्त्र प्रहरीले सीमा इलाकामा गस्ती गर्ने क्रममा रु ६० हजार मूल्य बराबरको सालको काठसहित छ जनालाई पक्राउ गरेको हो ।

काठसहित पक्राउ परेका व्यक्तिलाई आवश्यक कारवाहीका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताउनुभयो ।

काठसहित पक्राउ परेकाहरुको नाम भने सशस्त्र प्रहरीले सार्वजनिक गरेको छैन ।यसैगरी सशस्त्र प्रहरीले भारतबाट भन्सार छलेर ल्याइएको रु पाँच लाख ३४ हजार ७८० बराबरको अवैध सामानसमेत बरामद गरेको छ । बरामद सामान भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • जबर्जस्ती करणीका फरार प्रतिवादी पक्राउ image

    जबर्जस्ती करणीका फरार प्रतिवादी पक्राउ

    कञ्चनपुर । जबर्जस्ती करणीका फरार प्रतिवादी वेदकोट नगरपालिका–५ का २० वर्षीय सिप्पु खुनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । बहेला सामुदायिक वनमा शारीरिक अपाङ्गता भएकी युवतीलाई जबर्जस्ती करणी गरी...

  • ब्राउन सुगरसहित चार पक्राउ image

    ब्राउन सुगरसहित चार पक्राउ

    कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउन सुगरसहित चार व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले बिहीबार सुर्खेत भेरीगङ्गा नगरपालिका–५ को बबई–नेपालगञ्ज सुर्खेत सडकखण्डमा दुई ग्राम १४० मिलीग्राम लागुऔषध...

  • चितुवाको छालासहित पक्राउ image

    चितुवाको छालासहित पक्राउ

    चितुवाको छालासहति आज प्रहरीले काठमाडौँबाट दुई जनालाई पक्राउ गरेको छ । यहाँको कीर्तिपुरस्थित ढल्पा क्षेत्रमा दुर्लभ वन्यजन्तु चितुवाको छाला बेचबिखन भईरहेको भन्ने सूचनाको आधारमा गएको प्रहरी टोलीले खोजतलास गर्दा...

  • लागुऔषधसहित तीन पक्राउ image

    लागुऔषधसहित तीन पक्राउ

    गोदावरी । कैलालीमा लागुऔषधसहित तीन पक्राउ परेका छन् । प्रहरीले दुई युवती र एक युवकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–२ का २५ वर्षीय सञ्जीव सिंह, २०...