Village Highland Resort

आज रातो मच्छिन्द्रनाथको रथारोहण

आज रातो मच्छिन्द्रनाथको रथारोहण image

ललितपुर । वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथारोहण आज हुँदैछ । हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन मच्छिन्द्रनाथलाई रथमा विराजमान गराउने चलनानुसार आज दिउँसो रथारोहण गर्न लागिएको हो । रथारोहण गर्ने साइत बिहानैको थियो । सो समयमा साङ्केतिक रूपमा मच्छिन्द्रनाथलाई हल्लाउने काम भयो । रथ निर्माणको काम अझै जारी रहेकाले दिउँसो ४ देखि ५ बजेभित्रमा रथारोहण गर्ने भएको सो गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिकिरण जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “रथ निर्माणको काम सम्पन्न भएपश्चात रथारोहण गर्न जाने तयारी भइरहेको छ ।”

हाल विश्वभरि फैलिँदै गइरहेको नयाँ भेरियन्टको कोभिड महामारीलाई ध्यानमा राखी सरकारले तोकेको नियम पालना गरी करुणामयलाई रथमा विराजमान गर्न लगिने जोशीको भनाइ छ । लोेकेश्वरलाई आज दिउँसो रथारोहण गर्न लानुपूर्व कटुवालदहबाट कलश यात्रा गरेको ल्याएको जल उहाँको पाउमा अर्पण गरिन्छ । सो काम गरेपछि पुजारीले भजन अनि पाठ गर्छन् । भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेवको प्रतिनिधिका रूपमा केही मानिस तःबहाल उपस्थित भएपछि विधिपूर्वक मच्छिन्द्रनाथलाई रथारोहण गर्न पुल्चोक लगिने मूल पुजारी कमलराज बज्राचार्यले बताउनुभयो ।

उहाँले भन्नुभयो, “लोकेश्वरलाई रथमा विराजमान गराउन लाँदा गुरुज्यूको पल्टनको उपस्थितिमा चारजना पानेजुले रथ बोक्छ्न भने एक व्यक्तिले लोकेश्वरलाई छाता ओठाउँछन् त अर्का एक व्यक्तिले हातमा खड्ग समाती जय–जयकार गर्दै पुल्चोक पु¥याइन्छ ।” मुलुकमा दिनानुदिन देखिएको कोरोना कहरलाई ध्यानमा राखी आवश्यक मानिसको सहभागितामा मच्छिन्द्रनाथलाई पुल्चोकको दमकलचोकस्थित जोगाम्बर पीठमा निर्माण सम्पन्न भएको रथमा विराजमान गराइने बज्राचार्यले जानकारी गराउनुभयो । दिउँसो हुने रथारोहणको तयारीका लागि आवश्यक काममा आफूहरू लागिपरेको ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जनले बताउनुभयो ।

गत वर्ष भने कोरोना महामारीका कारण नागपञ्चमीका दिन दिउँसो १२ बजेर १५ मिनेटमा लोकेश्वरलाई रथारोहण गराइएको थियो । यो वर्ष कोभिड त्रास हुँदाहुँदै पनि सदियाँै वर्षअघि देखि चल्दै आएको चलनानुसार आजकै दिनमा रथारोहण गर्न लागिने भएको छ । यही वैशाख १५ गते चैतकृष्ण प्रतिपदाका दिन रक्ताललोकितेश्वरलाई लगनखेल चोकस्थित मन्दिरमा महास्नान गराउने काम सम्पन्न भयो । उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा मच्छिन्द्रनाथ जात्रालाई मनाउने गरिन्छ । मच्छिन्द्रनाथलाई छ महिना पाटनको तःबहाल र छ महिना बुङ्मतीमा राख्ने चलनानुसार गत मङ्सिरमा पाटनको तःबहाल मन्दिरमा ल्याएर राखिएको छ ।

किंवदन्तीअनुसार एक पटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोँकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए । यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका राजा बन्धुदत्त बज्राचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएका थिए ।

काठमाडौँ उपत्यकामा मुहार रातो भएका रक्तवलोकेश्वर करुणामयको स्थान निकै उच्च छ । यिनलाई लोकनाथ, रातो मच्छिन्द्रनाथ वा मत्स्येन्द्रनाथ, बुङ्गमलोकेश्वर, बुँगद्यः, आर्यावलोकितेश्वर, वृष्टिदेव आदि विभिन्न नामले पुकार्दै उपत्यकावासीले श्रद्धाका साथ पूजापाठ र जात्रा मनाउने चलन रहिआएको छ । करुणमयलाई ३२ हातका साथै ४८ फिट अग्लो रथमा विराजमान गराइन्छ । मच्छिन्द्रनाथको रथ ८०० सालमा नरेन्द्रदेवको छोरा राजा बरदेवले बनाउने चलन चलाएका पाटन निवासी सूर्यमान डङ्गोलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मच्छिन्द्रनाथलाई हिन्दू धर्मावलम्बीले ऐतिहासिक सन्तगुरु करुणामयका रुपमा पुज्छन् भने बौद्ध धर्मावलम्बीले पद्यपाणि ९पच्चबुद्धमध्येका चौथो बुद्ध०का स्वरुपमा पूज्ने गर्छन् । ” रक्तावलोकितेश्वर मुहार अरुणावर्ण हुनाका साथै दुई ठूला–ठूला आँखा अनि दबिएको नाक तथा चार फुट लामो उचाइ रहेको डङ्गोलले जानकारी गराउनुभयो । वृष्टिदेवले शिरमा रत्नमुकुट अनि निधारमा टीका र कानमा रत्नजडित गहना लगाउनाका साथै घाँटीमा कर्कोटनागको रत्नमाला, हातमा चुरा तथा बाला र खुट्टामा कल्लीले सुशोभित हुने गरेका मुनीन्द्ररत्न बज्राचार्यद्वारा लिखित पुस्तकमा चर्चा गरिएको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • गायक खेमराज गौतमको कोरोनासंग सम्बन्धीत लोकदोहारी गीत सार्वजनिक image

    गायक खेमराज गौतमको कोरोनासंग सम्बन्धीत लोकदोहारी गीत सार्वजनिक

    काठमाडौ । गायक खेमराज गौतमको कोरोनासंग सम्बन्धीत लोकदोहारी गीत “मर्ने सिजन” बोलको गीत सार्वजनिक भएको छ । अत्यन्त मीठो मेलोडी, शब्द र आवाजको समिश्रण रहेको उक्त बोलको गीतलाई राप्ती...

  • सालैजो गीत ‘सँगैका साथी’ सार्वजनिक image

    सालैजो गीत ‘सँगैका साथी’ सार्वजनिक

    काठमाडौँ । गायक विष्णु खत्रीको सालैजो गीत ‘सँगैका साथी’ सार्वजनिक भएको छ । आइतबार दिउँसो सार्वजनिक भएको गीतले युट्युबमा राम्रो भ्युज बटुल्ने अपेक्षा गरिएको छ । विष्णु खत्री युटु्यब...

  • सकियो निफ चलचित्र महोत्सव ः बुख्याँचा उत्कृष्ट चलचित्र image

    सकियो निफ चलचित्र महोत्सव ः बुख्याँचा उत्कृष्ट चलचित्र

    काठमाडौ । विश्वका कथाहरुको उत्सव’भन्ने नाराका साथ नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव ९निफ०को चौथो संस्करण आजदेखि समापन भएको छ । चलचित्रमार्फत नेपालीकला, संस्कृति र पर्यटन विश्वभरि फैलाउने निफको उदेश्य रहेको...

  • प्राश्नाको ‘चोली’ image

    प्राश्नाको ‘चोली’

    काठमाडौँ । गायक किरण भुजेल र प्राश्ना शाक्यको युगल गायनमा समावेश ‘चोली तिम्रो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा अमेरिकाको ओहायो राज्य निवासी गीतकार तथा संगीतकार प्रेम...