Village Highland Resort

खेलाडीलाई खोपका लागि पहल शुरु

खेलाडीलाई खोपका लागि पहल शुरु image

दक्षिण एशियाली खेलकुद सागमा पदक विजेता खेलाडीलाई कोभिड १९ विरुद्धको खोपका लागि पहल शुरु गरेको छ ।परिषदको बुधबार पोखरामा सम्पन्न बैठकले कोभिड १९ का कारण ठप्प रहेको खेलकुद प्रदेश खेलकुद परिषद्, गण्डकीले प्रदेशको नेतृत्व गर्दै आठौं राष्ट्रिय खेकलुद प्रतियोगितामा सहभागी र १३ औंगतिविधिलाई चलायमान गर्न खोपका लागि पहल शुरु गर्ने निर्णय गरेको हो ।

परिषदका सदस्यसचिव तेजबहादुर गुरुङले बैठकबारे जानकारी दिँदै भन्नुभयो, ‘खेल क्षेत्र अब टुलुटुलु हेरेर बस्न सक्दैन, खेलाडी र प्रशिक्षकलाई हामी मैदानमा उतार्न चाहन्छौ तर त्यो भन्दा अघि खोप हाम्रा लागि अनिवार्य हुन्छ ।’’खेलाडीसँगै सबै जिल्ला खेलकुद विकास समितिका सदस्य र प्रशिक्षकलाई समेत कोभिडविरुद्धको खोपका लागि पहल शुरु गरिएको उहाँको भनाइ छ ।

परिषदको बैठकले गण्डकी प्रदेशमा विभिन्न पर्यटन तथा साहसिक खेलको अध्ययन तथा परामर्शका लागि वसन्तराज दवाडीको संयोजकत्वमा तिन सदस्यीय उपसमिति गठन गरेको छ । समितिको सदस्यमा परिषद्का सदस्य गिरमान गुरुङ र केशव पाठक रहनुभएको छ । बैठकले असारको दोश्रो साताबाट प्रदेशमा विभिन्न खेलका प्रशिक्षक उत्पादन गर्न अनलाइन कक्षा सञ्चालन गर्ने निर्णयसमेत गरेको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • महिला भलिबलको प्रशिक्षण आजदेखि image

    महिला भलिबलको प्रशिक्षण आजदेखि

    काठमाडौँ । राष्ट्रिय महिला भलिबल टोलीको प्रशिक्षण आजदेखि शुरु हुँदैछ । कोरोना महामारीका कारण गत जेठ २१ गतेदेखि शुरु हुनुपर्ने प्रशिक्षण स्थगन गरिएको थियो । प्रशिक्षणका लागि टोलीका अधिककांश...

  • विश्वकप फुटबल छनोटः नेपाल जोर्डनसँग पराजित image

    विश्वकप फुटबल छनोटः नेपाल जोर्डनसँग पराजित

    काठमाडौँ । सन् २०२२ मा कतारमा हुने विश्वकप तथा २०२३ मा चीनमा हुने एशिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । गए राति...

  • कोपा फुटबल ब्राजिलमा हुने image

    कोपा फुटबल ब्राजिलमा हुने

    काठमाडौँ । कोपा अमेरिका फुटबल आयोजनास्थल अर्जेन्टिनाबाट ब्राजिलमा सारिएको छ । दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय (कन्मेबोल) ले सोमबार कोपा अमेरिका ब्राजिलमा आयोजना हुने जनाएको हो । कोरोना भाईरसको...

  • मैत्रीपूर्ण फुटबलमा नेपाल इराकसित पराजित image

    मैत्रीपूर्ण फुटबलमा नेपाल इराकसित पराजित

    काठमाडौं । मैत्रीपूर्ण खेलमा नेपाली फुटबल टोली इराकसित फराकिलो अन्तरले पराजित भएको छ । इराकको बसरास्थित अल्फायहा खेल मैदानमा शनिबार राति सम्पन्न खेलमा नेपाल इराकसँग ६–२ गोलअन्तरले पराजित भएको...