Village Highland Resort

अमेरिकामा सङ्कलन गरेर नेपालमा राहत बाँड्दै सापकोटा

अमेरिकामा सङ्कलन गरेर नेपालमा राहत बाँड्दै सापकोटा image

बाँके । चितवन २९ जेठ रासस चितवनको पहाडी भूभागमा बस्ने चेपाङ् समुदाय निषेधाज्ञाका कारण निकै प्रभावित भएको सुनेपछि राहत बोकेर यहाँ आइपुग्नु भएका इश्वर सापकोटा स्थायी रुपमा अमेरिकाको क्यालिफोर्नियामा बस्नुहुन्छ । दुई महिना अघि नेपाल आए लगत्तै निषेधाज्ञा पछि उहाँको दिनचर्या समाज सेवामानै बित्ने गरेको छ ।उहाँले भन्नुभयो, “निषेधाज्ञाले खाननै धौधौ भएको सुनेपछि मलाई त्यसै बस्न मन लागेन”, क्यालिफोर्नियामा रहेको सन्नी सगरमाथा समाजका संस्थापक अध्यक्ष सापकोटाले त्यहाँका हालका समितिका साथीहरुलाई अनुरोध गरेर सहयोगको आव्हान गर्नु भयो ।

 

त्यहाँ सङ्कलन भएको सहयोगले यहाँ समाज सेवामा उहाँ जुटिरहनु भएको छ । काभ्रे पनौतीमा घर भएका सापकोटाले काभ्रेमै दृष्टिबिहिनहरुका लागि रु १ लाख खर्च गरेर इनार व्यवस्थापन गरिदिनु भएको छ । त्यसै गरी ठमेलका रिक्सा चालक, बाफल, चावहिल, जोरपाटी लगायतका क्षेत्रमा तीन सय परिवारलाई राहात बितरण गरेको उहाँको भनाइ छ ।राप्ती नगरपालिका वडा नम्बर १३ मा एक सय पचास चेपाङ् परिवारलाई उहाँकै नेतृत्वमा आज राहत बाँडिदै छ । उहाँको भनाइमा हालसम्म रु १२ लाख हाराहारीको राहत बितरण भईसकेको छ । राहत बितरण कार्य जारिनै राख्ने उहाँको योजना रहेको छ । उहाँले भन्नुभयो, “हामीले अलीअली बचाएर राखेको पैसामा नेपाल आमालाई दुख्दै गर्दा केही गरौं भन्ने अभिप्रायले समाज सेवामा जुटेका हौं ।”

 

नेपालमा रहँदा हरिमाई फाउण्डेसनका अर्जुन तिमिल्सिना, राजेन्द्र तिमिल्सिना, प्रदिप सापकोटा, विश्व केसी, प्रकाश तिमिल्सिनाको साथ लिएर अभियानमा लागेको उहाँले जानकारी दिनुभयो ।यस अघि भूकम्पको समयमा सन्नी सगरमाथाकै नेतृत्वमा अमेरिकामा रहेका नेपालीका २८ वटा संघ संस्था मिलेर यहाँ सहयोग गरिएको थियो । सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, धादिङ्, गोरखा र तनहुँमा जस्तापाता बितरण गरेको उहाँले बताउनुभयो । सापकोटाकै नेतृत्वमा सन्नीका प्रतिनिधि नारायण खनाल, दिपेन्द्र तिमिल्सिना लगायतको टोलीले राहत बाँडेको उहाँको भनाइ छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • दाङमा भेरोेसेल खोप आजदेखि लगाइँदै image

    दाङमा भेरोेसेल खोप आजदेखि लगाइँदै

    देउखुरी । दाङमा ५५ वर्षमाथिका उमेर समूहलाई कोभिडविरुद्धको भेरोसेल खोप लगाइँदैछ । जिल्लाका १० स्थानीय तहका १०० बढी खोप केन्द्रबाट ती उमेर समूहका ३५ हजार बढीलाई आजदेखि खोप लगाउन लागिएको...

  • नवलपुरबाट एक वर्षमा ३०० बढी मानिस हराए image

    नवलपुरबाट एक वर्षमा ३०० बढी मानिस हराए

    नवलपुर । नवलपरासी बर्दघाट–सुस्तापूर्वमा मानिस हराउने क्रम बढ्दै गएको छ । अघिल्लो आर्थिक वर्ष २०७६–७७ मा भन्दा गत आव २०७७–७८ मा हराउने मानिसको सङ्ख्यामा वृद्धि भएको हो । जिल्ला...

  • पहिराले स्काभेटर पुरिँदा एकको मृत्यु image

    पहिराले स्काभेटर पुरिँदा एकको मृत्यु

    पाल्पा । तिनाउ गाउँपालिकाको डुम्रे नजिकै गए राति पहिराले एस्काभेटर पुरिँदा एक व्यक्तिको मृत्यु भएको छ । पहिराले पुरिएर मृत्यु हुनेमा बर्दियाको बाँसगढी नगरपालिका–३ घर भई हाल डुम्रेमा बसोबास...

  • बाँकेमा खडेरीले धान सुक्दै image

    बाँकेमा खडेरीले धान सुक्दै

    राँझा । बाँकेमा लामो समयदेखि वर्षात् नभएपछि किसानले खेतमा रोपेको धान सुक्दै गएको छ । करिब तीन सातादेखिको खडेरीले बाँकेको कृषिमा नराम्रो असर परेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर...