Village Highland Resort

लगातारको झरीले धानको बिउ नष्ट

लगातारको झरीले धानको बिउ नष्ट image

वीरगञ्ज । केही दिनयता मनसुन सक्रिय भएपछि लगातारको झरीले गर्दा पर्सा जिल्लाका किसानहरुले ब्याडमा लगाएको धानको बिउमा क्षति पुगेको छ । किसानहरुले धान खेती गर्नको लागि ब्याडमा बिउ राखेको भएपनि लगातारको झरीको कारण बिउ उम्रिन समस्या भएको कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ ।पर्साका ८० प्रतिशत किसानले धानको बीउ राखिसकेका छन् । लगातारको झरीको कारण २० प्रतिशत बिउ नष्ट भएको कार्यालयका निमित प्रमुख मुनिलाल प्रसादले राससलाई बताउनुभयो ।

भर्खरै बिउ राखिएका कारण टुसा नलागेकाले क्षति हुन गएको बताइएको छ । पर्सामा चैते धान तीन हजार ५०० हेक्टर, भदैया धान आठ हजार ५५० हेक्टर र अगहनी धान ३५ हजार हेक्टर गरी ४७ हजार ५० हेक्टरमा धान खेती हुँदै आएको छ ।यसैगरी मनसुनको कारण लगातारको झरीबाट पर्सा जिल्लाको ग्रामीण क्षेत्रमा तरकारी बाली पनि नष्ट भएको छ । वर्षाको कारण ग्रामीण क्षेत्रका बाटोघाटोहरु हिलाम्य भएकाले आवतजावतमा समस्या भएको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • गुरुपूर्णिमामा फोटो पत्रकार योग सिक्दै image

    गुरुपूर्णिमामा फोटो पत्रकार योग सिक्दै

    काठमाडौँ । आज आषाढ शुक्ल पूर्णिमाका दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ । यसै अवसर पारेर फोटो पत्रकारलाई...

  • व्यासमा पर्यटन प्रवद्र्धनार्थ ‘कोशेली घर’ image

    व्यासमा पर्यटन प्रवद्र्धनार्थ ‘कोशेली घर’

    घरेलु तथा साना उद्योग महासङ्घ महिला उद्यमी समिति तनहुँले पर्यटन प्रवद्र्धनार्थ दमौलीमा ‘व्यास कोशेली घर’ सञ्चालनमा ल्याउने तयारी गरेका छन् । स्थानीयस्तरमा उत्पादन गरिएका वस्तुलाई सहजरुपमा बिक्री गर्न र...

  • म्याग्दीमा अग्र्यानिक तरकारीको लहर image

    म्याग्दीमा अग्र्यानिक तरकारीको लहर

    गलेश्वर । विगत २८ वर्षदेखि कृषि पेशामा लागेका म्याग्दीको बेनी नगरपालिका–२ खबराका ५८ वर्षीय चन्द्रबहादुर कार्की पछिल्लो डेढ वर्षयता आफूले फलाएको तरकारीको माग बढेपछि दङ्ग पर्नुभएको छ ।जिल्लाको नयाँ...

  • लक्ष्यभन्दा बढी राजस्व image

    लक्ष्यभन्दा बढी राजस्व

    आन्तरिक राजस्व कार्यालय हेटौँडा मकवानपुरले गत आर्थिक वर्ष २०७७/७८ मा रु पाँच अर्ब ५२ करोड ८२ लाख ४८ हजार राजस्व सङ्कलन गरेको छ । सो कार्यालयले अघिल्लो आव २०७६÷७७...