प्युठान । नौबहिनी गाउँपालिका ५ डाम्रीका दिलबहादुर सुनार आरन तताउदै छन् । श्रीमती सौरी सुनार खलाती चलाउन व्यस्त छन्। आरनमा धेरै हँसिया पोलिरहेका उनको यो फलाम पोल्ने अनौठो पेशा धेरैलाई सहयोगी बनेको छ । दिलबहादुरको पूख्यौली पेशा हो । केटाकेटी उमेरदेदेखि बाउबाजेलाई सघाउदै आएको यो पेशा अहिले उनका लागि पेट पाल्ने र परिवारको खर्च धान्ने आधार बनेको छ ।
उमेर छिप्पिदै गए पनि उनी निरन्तर खलातीको हावासँगै जीवन चलाइरहेका छन् । श्रीमतीले दिएको खलातीको हावासँगै आगो सल्काउँदै फलामका औजार बनाइरहेएका दिलबहादुरले भने, ‘यही काम सिकें, यसबाटै जीवन धानिरहेको छ, अब जीवन यसमै बित्छ ।’दुःखको कुरा छ के छ भने उनको यो श्रमको कुनै मूल्य भने छैन ।
माथिल्ला भनिने जातिबाट सिजनमा आउने थोरैथोरै अन्नबालीबाट उनको परिवार जेनतेन चलेको छ । दलित समुदायका हितका लागि राज्य र अन्य सरोकारवालाले ठूलाठूला कुरा गरे पनि यहाँका दलितलाई अझै बालीघरे प्रथाले छाडेको छैन । नेपालमा बालीघरे प्रथालाई दलितमाथि आर्थिक शोषण गर्ने आधारको रुपमा लिइन्छ तर पनि यो हट्न सकिरहेको छैन ।
आफुले थाहा पाएदेखि यो काम थालेको बताउने दिलबहादुर उमेरले साठी बर्षका भए । घर छेउमा जोडिएको सानो झुपडीमा उनको आरन छ । त्यसमै छ दशक पार गरेका दिलबहादुर भन्छन्, ‘अब यही आरनमा जुनी बित्ने त होला ।’ सनासोले औजार समाउदै पिटिरहँदा अनियन्त्रितरुपमा आगोका झिल्काहरु उठिरहेका छन्, जसरी उनको दु्ःखको यात्रा अनिश्चित छ ।
श्रीमतिलाई केही सजिलो छ । आरनको पछिल्लो भागमा बसेर उहाँले सिरानीको खोल जस्ता देखिने हातको कुहिना र हत्ल्केलामा मिलाएर निरन्तर हावा निकालिरहेकी छन् । नयाँ पुस्ताका लागि अनौठो लाग्ने यो प्रविधिलाई खलाती भनिन्छ । खलाती आरनमा काम गर्दा आगोमा हावादिने सिरानीको खोल जस्तो छालाको थैलो हो ।
बाख्रा काटेपछि मासु निकालेर सिंगो छालालाई यही काममा प्रयोगका लागि खलाती बनाइन्छ । आगोले खलार्ती नजलाओस भनेर बीचमा चेप्टो ढुंगा राखिएको छ ।यो दम्पत्तिका तीनभाई छोरा र एउटी छोरी छन् । एउटा छोरा बाग्दुलास्थित एक ब्यवसायमा मजदूरी गर्छन् । दुइ भाइ साना छोरा र श्रीमतीले पालैपालो खलाती चलाउन सघाउँछन ।
दुई कक्षामा पढ्ने छोरीले पनि फुर्सदको समयमा खलाती चलाइदिने सुनारले सुनाउए । पछिल्लो पुस्तामा गाउँघरमा आधुनिक प्रविधिको बढ्दो आकर्षणले यस्ता किसिमका घरेलु प्रविधि लोप हुँदै गएका छन् । तर, दिलबहादुर भने आफ्नो दुःखसँगै अझै यो परम्परागत पनि जोगाएर राखेका छन् ।
केहीबर्ष अगाडिसम्म निकै चलनचल्तीमा रहेका यी र यस्ता घरेलु प्रबिधि विस्तारै कम हुँदै भने गएका छन् । यी प्रविधिलाई आधुनिकतासँग जोड्न सके नयाँ पुस्ताका लागि यी नासो बाँकी रहनसक्ने छन् । सरकारी पक्षबाट नत उनको शीप विकासका लागि पहल भएको नत जीवन धान्ने अन्य केही काम । कुलदीप न्यौपाने
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
टीकापुर । कैलालीको जानकी गाउँपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन यो शैक्षिक वर्षमा कक्षा १ देखि ३ सम्म अङ्ग्रेजी माध्यममा अध्यापन गर्ने भएको छ । पालिकाले सबै सामुदायिक विद्यालयमा...
काभ्रेपलाञ्चोक । विकट क्षेत्रमा सूचीकृत काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–५ स्थित तालढुङ्गालाई बाग्मती प्रदेशको नमूना सहर बनाउन सुरु गरिएको छ। पहिलो चरणमा चालु आर्थिक वर्षमा विनियोजित बजेटबाट बजार क्षेत्र र आसपासका...
वासिङटन । जलवायु परिवर्तनको प्रभावका कारण खतरामा रहेका मुलुकहरूको समूह भी २० को मन्त्रीस्तरीय बैठकलाई अर्थमन्त्री वर्षमान पुन अनन्तले सम्बोधन गरेका छन् । विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा...
काठमाडौं । दाङको घोराहीबाट रुकुमका लागि छुटेको बस सल्यानको बागचौर नगरपालिका वडा नं २ ठिनबाङ खोलामा दुर्घटना भएको छ । रा १ ख २०८५ नम्बरको बस ठिनबाङ खोलाको पुलबाट...