भ्रूणहत्या आरोपमा २६ वर्षीया युवती पक्राउ

भ्रूणहत्या आरोपमा २६ वर्षीया युवती पक्राउ image

बलेवा । अवैध गर्भधारण गरेर भ्रूणहत्या गरेको आरोपमा बागलुङको जैमिनी नगरपालिकाबाट एक युवती पक्राउ परेकी छन् । जैमिनी–१० की २६ वर्षीया युवतीमाथि चार महिनाको भ्रूण हत्या गरेर बारीमा गाडेको आरोप लागेको हो । ती महिलाले औषधि सेवन गरेर चार महिनाको पुरुष भ्रूण जन्माई घरदेखि ५० मिटर टाढा बारीमा गाडेको अवस्थामा भेटिएपछि पक्राउ गरी अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताए ।

“शनिबार दिउँसो स्थानीयवासीले देखेपछि बरेङ प्रहरी चौकीमा खबर गर्नुभयो, त्यहाँ प्रहरी पुग्दा रातो टालोमा भ्रूण राखेर गाडेको अवस्थामा थियो”, हवारीले भन्नुभयो, “स्थानीयवासीकै आशङ्काका आधारमा हामीले उनलाई पक्राउ गरेका हौँ ।” ती महिलाका श्रीमान् तीन वर्षदेखि रोजगारीको सिलसिलामा साउदी अरेबियामा छन् । केही दिनदेखि असामान्य व्यवहार देखाएपछि छिमेकीले उनको निगरानी गरेका थिए ।

भ्रूणहत्या गरेर घरमै बसेकी उनलाई प्रहरीले शनिबार राति नै सदरमुकाम ल्याएको छ । आज बिहान उनको स्वास्थ्य परीक्षण गरेर थप अनुसन्धान थालिने हवारीले बताए । उनले कसको गर्भपतन गराइन् भन्ने विषय खुलेको छैन ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • ट्यांकरको ठक्करबाट प्रहरीको मृत्यु image

    ट्यांकरको ठक्करबाट प्रहरीको मृत्यु

    बारा । तेल ट्यांकरले मोटरसाइकलमा ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान २९ वर्षीय दिनेश परियार छन् ।...

  • रकम हिनामिना सहकारीको मुद्दा दर्ता, रवि लामिछाने ऋणीको सूचीमा image

    रकम हिनामिना सहकारीको मुद्दा दर्ता, रवि लामिछाने ऋणीको सूचीमा

    काठमाडौं । सरकारी वकिलको कार्यालय रूपन्देहीले सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको आरोपमा मुद्दा दायर गरेको छ । संरक्षक जिबी राई र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका...

  • चौबिस लाखबढी मुल्यको अवैध सामान बरामद image

    चौबिस लाखबढी मुल्यको अवैध सामान बरामद

    काठमाडौं । रौतहट प्रहरीले २४ लाख मुल्य बराबरको अवैध सामाग्री बरामद गरेका छ । भन्सार छली गरेर चोरबाटोबाट विभिन्न सामानहरु बरामद गरेको हो । भारतबाट नेपाल तर्फ ल्याइरहेको अवस्थामा...

  • आगालागीमा घाइते तीनै जना बालकको मृत्यु image

    आगालागीमा घाइते तीनै जना बालकको मृत्यु

    डोल्पा । हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ४ मा पर्ने सुँ सामुदायिक बनको आगलागीमा परी घाइते भएका तीनै जना बालकको मृत्यु भएको छ। बिहीबार बनको आगलागीमा परेर तीनैजना बालकको...


hotelghyampedanda