शिक्षकको तलबदेखि मुख्यमन्त्री रोजगारको भुक्तानीमा समस्या

शिक्षकको तलबदेखि मुख्यमन्त्री रोजगारको भुक्तानीमा समस्या image

जाजरकोट । डोल्पोबुद्ध गाउँपालिकाले डोल्पाका शिक्षक र मुख्यमन्त्री रोजगारको रकम भुक्तानी दिन नसक्दा समस्या भएको छ । मुख्यमन्त्री रोजगारको काम भएको रकम र शिक्षकको चौमासिक तलब भुक्तानी गर्न नसक्दा समस्या भएको हो । सदरमुकाम दुनैमा सम्पर्क कार्यालय र डोल्पोबुद्धको धोमा अर्को कार्यालय हुँदा समयको अभावमा रकम भुक्तानी गर्न समय नपुगेको प्रमुख प्रशासकीय अधिकृत गौतम पंज्ञानीले जानकारी दिए। उपल्लो डोल्पाको धोमा गएर स्थानीयवासीसँग सम्झौता तथा अनुगमन गर्न जाँदा स्थानीयवासी जङ्गलको जडीबुटी सङ्कलनका लागि गएका कारण आउन ढिला भएको उहाँको भनाइ छ ।

शिक्षकहरुको तलब गाउँपालिकाको खातामा आएका कारण भुक्तानी दिन सकिन्छ कि भन्नेमा आफू रहेको पंज्ञानीले बताए। यहाँका तीनवटा सामुदायिक विद्यालयमा २६ र सङ्घसंस्थाबाट १० शिक्षक गरी ३६ जना कार्यरत छन् । सर्वसाधारण तथा उपभोक्ता धोस्थित कार्यालयमा आउन ढिलाइ गरेका कारण आफूहरु दुनै आउन समस्या भएको हुँदा सबै भुक्तानी दिन नसकिएको उहाँको भनाइ छ । गाउँपालिकाभरिका शिक्षकको तलबसमेत भुक्तानी दिन समय अभावले गर्दा नसकिएको उहाँले बताउनुभयो । मुख्यमन्त्री रोजगार कार्यक्रमको रकम फिर्ता गर्न आइतबार प्रदेश कार्यालयमा पत्र लेख्ने र आफैँ पनि जाने योजना रहेको उहाँले जानकारी दिए ।

यता गाउँपालिकाका अध्यक्ष तेम्बा गुरुङले कर्मचारीले काम नगर्दा पैसा फिर्ता गएको बताए । मुख्यमन्त्री रोजगारको पैसा जनताले काम गरे पनि एक रुपैयाँ भुक्तानी दिन नसकेको उहाँको भनाइ छ । असार ३१ सम्म प्रणालीले काम गर्ला भन्ने भए पनि ३१ गते नचल्दा धेरै रकम फ्रिज भएको उहाँको भनाइ छ । समयमा काम नगर्ने कर्मचारीतन्त्रका कारण जनताले दुःख पाएको उहाँको भनाइ छ । त्यस्तै मुड्केचुला गाउँपालिकामा पनि जनताले काम गरेको रकमसमेत भुक्तानी दिन नसकिएको प्रमुख प्रशासकीय अधिकृत जीतबहादुर श्रेष्ठले बताए । समयाभावका कारण भुक्तानी दिन नसकिएको उहाँको भनाइ छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • पशुधन नभएको परिवार सङ्ख्या ९.७ प्रतिशत image

    पशुधन नभएको परिवार सङ्ख्या ९.७ प्रतिशत

    काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको मुलुकको जनसङ्ख्याको आर्थिक संरचना विवरणअनुसार दश वर्ष वा सोभन्दा माथि उमेर समूहको कुल जनसङ्ख्याको लगभग दुई तिहाइ रहेको बताएको छ । आर्थिक...

  • कालिकोटमा ३७ वर्षपछि किरातीको पालामा बस्यो चिलगाडी image

    कालिकोटमा ३७ वर्षपछि किरातीको पालामा बस्यो चिलगाडी

    कालिकोट । सुनथराली विमानस्थल निर्माण थालिएको ३८ वर्ष भए छ । कति हिउद गए, कति वर्षा गए । बल्ल मन्त्री सुदन किरातीको पालामा सञ्चालनमा आएको छ। उपप्रधान तथा रक्षामन्त्री...

  • विश्वकप लिग टु अन्तर्गत अन्तिम खेलमा आज नेपाल नेदरल्याण्डसँग भिड्दै image

    विश्वकप लिग टु अन्तर्गत अन्तिम खेलमा आज नेपाल नेदरल्याण्डसँग भिड्दै

    काठमाडौं । आईसीसी विश्वकप लिग टु अन्तर्गत अन्तिम खेलमा आज नेपाल र नेदरल्याण्डबीच प्रतिष्पर्धा हुँदैछ । खेल कीर्तिपुरस्थित खेल मैदानमा साढे ९ बजेबाट शुरु हुनेछ । जारी लिगमा नेदरल्याण्डसँग...

  • बुलबुले तालको झार हटाइँदै image

    बुलबुले तालको झार हटाइँदै

    सुर्खेत । सुर्खेतको बुलबुले तालको पानीमाथि फैलिएको झारपात हटाउन थालिएको छ । सुर्खेत उपत्यका नगर विकास समितिले डुङ्गा चलाउनुपूर्व तालमा फैलिएको झारपात हटाउन थालेको हो । ताल सरसफाइका लागि...


hotelghyampedanda