Village Highland Resort

विषाक्त मदिरा पिउँदा चार जनाको मृत्यु, दुई जना गम्भीर बिरामी

विषाक्त मदिरा पिउँदा चार जनाको मृत्यु, दुई जना गम्भीर बिरामी image

गलकोट । विषाक्त मदिरा पिउँदा चार जनाको मृत्यु भएको छ । गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरू २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षी रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्तीको विषाक्त मदिरा पिएर मृत्यु भएको हो ।

मदिरा पिएर गम्भीर बिरामी ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रवीन्द्र पुनको धौलागिरि अस्पालमा उपचार भइरहेको छ । सोमबार स्थानीय मदिरा पसलमा ‘लोकल’ मदिरा सेवन गरेका उनीहरु गम्भीर बिरामी परेका थिए ।

मदिरा सेवनपछि बिरामी परेका उनीहरुको धौलागिरी अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • ‘अब त बाचुन्जेल घरको छाना फेर्न नपर्ला’ image

    ‘अब त बाचुन्जेल घरको छाना फेर्न नपर्ला’

    गलकोट । बागलुङको निसीखोला गाउँपालिका–४ की गौमती दमिनीले हरेक दुईदुई वर्षमा घरको छानो फेर्दै हैरानी खेप्दै आउनुभएको थियो । न्यून आयस्रोत भएको परिवारकी गौमतीलाई प्रत्येक दुई वर्षमा घरको छानोमा...

  • परीक्षण उडानको तयारीमा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल image

    परीक्षण उडानको तयारीमा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल

    सिद्धार्थनगर, । निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ । विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडानको तयारी गरिएको हो । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलका आयोजना प्रमुख...

  • महामारीले चितवनमा घटे आधा पर्यटक image

    महामारीले चितवनमा घटे आधा पर्यटक

    चितवन, । कोरोना सङ्क्रमण बढेसँगै लगाइएको निषेधाज्ञाले यहाँ आउने पर्यटक आधा घटेका छन् । अघिल्ला वर्षहरुको तुलनामा पर्यटक आगमनमा कमी आएको हो । चितवन राष्ट्रिय निकुञ्जमा स्वदेशी एवं विदेशी...

  • अवैध काठ ओसारपसारमा संलग्न पक्राउ image

    अवैध काठ ओसारपसारमा संलग्न पक्राउ

    मोरङ ।  काठ तस्करीमा संलग्न ४ जना लाई प्रहरीले पक्राउ गरेकाे छ । प्रतिबन्धित सखुवा जातको काठ अवैध रुपमा चोरी निकासी गरिरहेकाे अवस्थामा उनीहरू पक्राउ परेकाे प्रहरीकाे भनाई  छ...