Village Highland Resort

मालीका अन्तरिम राष्ट्रपतिमाथि आक्रमण, उहाँ ‘सुरक्षित र सकुशल’ भएको जानकारी

मालीका अन्तरिम राष्ट्रपतिमाथि आक्रमण, उहाँ ‘सुरक्षित र सकुशल’ भएको जानकारी image

मालीका अन्तरिम राष्ट्रपति असिमी गोइतालाई मङ्गलबार मस्जिदमा प्रार्थना गर्ने क्रममा आक्रमण गर्ने प्रयास भएको राष्ट्रपतिको कार्यालयले जानकारी गराएको छ ।

उहाँलाई दुई व्यक्तिले आक्रमण गरेको तर उहाँ रहेको उहाँको कार्यालयले एएफपीका सम्वाददातालाई बताएको छ । आक्रमणकारी दुई व्यक्तिमध्ये एकसँग धारिलो हतियार (चक्कु) भेटिएको पनि स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । अन्तरिम राष्ट्रपति गाइतालाई ईद उल–अधाको इस्लामिक पर्वको लागि गरिएको प्रार्थनाको क्रममा उक्त आक्रमण भएको हो ।

एक सञ्चारकर्मीका अनुसार गोइतालाई घटनास्थलबाट अन्यत्र जाने व्यवस्था मिलाइएको छ । उहाँ घाइते भएको वा नभएको अहिलेसम्म स्पष्ट भइसकेको छैन ।

राष्ट्रपति कार्यालयका पदका एक अधिकारीले गोइत “सुरक्षित र सकुशल’ पुष्टि गरेका छन् । गोइतलाई राजधानीबाहिरको एक सैनिक शिबिरमा लगिएको राष्ट्रपतिको कार्यालयले बताएको छ । उक्त स्थानमा सुरक्षा व्यवस्था थप सुदृढ गरिएको बताइएको छ ।

धार्मिक मामिला मन्त्री मामाडो कोनले एएफपीसँग गरेको कुराकानीमा एक व्यक्तिले ‘राष्ट्रपति’लाई चक्कु प्रहार गरी हत्या गर्न खोजेको बताउनुभयो । राष्ट्रपतिका सुरक्षा गार्डले उक्त आक्रमणकारीलाई तत्कालै नियन्त्रणमा लिएका थिए भने आरोपित एक व्यक्ति घाइते अवस्थामा पक्राउ परेको बताइएको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • सिरियाको पछिल्लो अवस्थाप्रति संयुक्त राष्ट्रसंघ चिन्तित image

    सिरियाको पछिल्लो अवस्थाप्रति संयुक्त राष्ट्रसंघ चिन्तित

    संयुक्त राष्ट्रसंघ । सिरियाका पछिल्लो समयमा बढ्दै गइरहेको हिंसाको अवस्थाप्रति संयुक्त राष्ट्रसंघ चिन्तित रहेको छ ।संयुक्त राष्ट्रसंघका प्रवक्ताले शुक्रबार एक विज्ञप्ति प्रकाशन गरेर सो कुराको जानकारी दिनुभएको हो ।...

  • डेल्टासँगै गामा भेरियन्ट फैलिँदै image

    डेल्टासँगै गामा भेरियन्ट फैलिँदै

    काठमाण्डौ । रुसमा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न थालेको छ । डेल्टा भेरियन्ट फैलिरहेको रुसमा फेरि गामा भेरियन्टको खतरा बढेको अधिकारीहरुले बताएका हुन । धेरै सङ्क्रामक मानिएको डेल्टा र...

  • इराकमा भीषण बम विस्फोट, कम्तीमा २८ जनाको मृत्यु image

    इराकमा भीषण बम विस्फोट, कम्तीमा २८ जनाको मृत्यु

    इराकको राजधानी बग्दादको पूर्वी भागमा बम विस्फोट हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको यहाँ गृह मन्त्रालयले मङ्गलबार जानकारी दिएकोे छ । बग्दादको सुबुर्ब जिल्लाको सदर सहरस्थित प्रख्यात बजारमा मुस्लिमहरूको...

  • अफगान राष्ट्रपति घानीको प्रश्न– तालिबान कसका लागि लडिरहेका छन् ? image

    अफगान राष्ट्रपति घानीको प्रश्न– तालिबान कसका लागि लडिरहेका छन् ?

    काबुल–अफगानिस्तानमा भइरहेको हिंसाप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रपति अशरफ घानीले अहिलेको हिंसाको निरन्तरताका लागि तालिवान जिम्मेवार भएको बताएका छन् । उनले प्रश्न गरेका छन्, ‘तालिबानहरु कसको पक्ष लिइरहेका छन् ?...