तालिम पाएपछि पनौतीका युवाहरु नेचर गाईड तर्फ आकर्षित

तालिम पाएपछि पनौतीका युवाहरु नेचर गाईड तर्फ आकर्षित image

काठमाडौं । काभ्रेको पनौती नगरपालिका युवाहरु नेचर गाईडतर्फ आकर्षित भएका छन् । प्राकृतिक सुन्दरताको रुपमा परिचित यस नगरका युवाहरु स्वरोजगार बन्न र इनकमको निक्कै सम्भावना भएकाले यसतर्फ आकर्षित भएका हुन् । पर्यटन विकास गराउने उदेश्यले पनौती नगरपालिकाले युवालाई समेटेर नेचर गाईड तालिम प्रदान गरेको छ ।

भदौ २७ गतेदेखि सुरुभएको तालिम पाँच दिनसम्म संचालन भएको थियो । युवालाई श्रम बेच्न खाडीमुलुक पठाउनु भन्दा देश विकास र पर्यटन प्रवद्र्धन गर्न युवालाई तालिम दिएको नगरपालिकाले कैलाश खबरलाई जानकारी दिएको छ । उपलब्धिपूर्ण तालिमको एक समारोहबीच बिहीबार विशेष कार्यक्रमको आयोजना गरी समापन गरियो । पर्यटनबाट समृद्धिको आधार खोज्दै पनौतीले युवा आयाम अगाडि सारेको छ ।

panauti अब पनौतीले पर्यटनमार्फत राष्ट्रलाई संसारभर चिनाउन युवालाई नेचर तालिम दिएको नगर प्रमुख भीम न्यौपानेले बताए । नेचर गाईड तालिमले युवालाई स्वरोजगार र पर्यटनलाई प्रवद्र्धनमा टेवा पुग्ने बागमती प्रदेश पर्यटन विकासबोडका सदस्य तथा होटल भिलेज हाईल्याण्डका संचालक रामसुन्दर बकेले बताए ।

पनौती नगरले पर्यटन विकासमा गरेको योगदानको प्रदेशले मात्रै नभएर राष्टले मुल्याङ्कन गर्ने र त्यही अनुसारको सहयोग गर्ने प्रतिवद्धता बकेले गरे । कार्यक्रममा बोल्दै पनौती पर्यटन विकास समितिका संयोजक एंव वडाअध्यक्ष पुरुषोत्तम अधिकारीले पर्यटन विकासमा पनौतीले अन्य नगरपालिकाले सिको गर्नेगरी भुमिका खेल्नु पर्ने बताए ।

कार्यक्रममा पनौती नगरपालिका वडा नं १ अध्यक्ष गुणनाथ सापकोटा, मोहन भण्डारी, उपमेयर गिता बञ्जारा, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद वाग्ले, बरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारी, वडाअध्यक्षहरु किशोर थापा, बुद्धसिं थापा,श्रीधर कुइकेल, सुधिर सापकोटा, इश्वर जंगम, केशव बञ्जारा, तारामान लामा, मोहन भण्डारीले पर्यटनलाई थप विकास गरेरै लैजानु पर्ने धारणा राखेका थिए ।

नेपालमा मात्रै पाइने काँडे भ्याकुर, नेपालकै सान सालकको समेत उच्च जनघनत्व रहेको क्षेत्र पनौतीरहेको चरा अनुशन्धानकर्मी मोहन श्रेष्ठ, प्रशिक्षक कर्णबहादुर शाहले बताए । पहिलो पटक स्थानीय तहले बोलाएर तालिम दिन पाएको भन्दै प्रशिक्षक शाहले बताए । तालिमले रोजगारीसँगै ज्ञान दिलाएको सहभागि सौगात बोलखेले बताए । प्राकृतिक र सुन्दरताको सांस्कृतिक धरोहर पनौतीको नयाँ अभ्यासको सबैले सिको गर्नु पर्ने सहभागिले बताए ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda