काठमाडौं । स्थानीय तह निर्वाचनको राप तापमा जनप्रतिनिधिले गरेका प्रतिवद्धता लत्याउँदै युवाहरु विदेश भासिदै छन् । स्थानीय तहमा नयाँ जनप्रतिनिधि चुनिने क्रम धमाधम सुरु भएको छ । युवा, रोजगारी र विकासलाई प्राथमिकता नदिने जनप्रतिनिधि कोही छैनन् ।
तर, दैनिक विदेशीने युवाहरूको संख्या हेर्दा उनीहरूले नयाँ जनप्रतिनिधिका वाचालाई सजिलै लत्याइदिएका छन् । हजारौं युवायुवती रोजगारी, अध्ययन र कामका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिनहुँ बाहिरिरहेका छन् । रोजीरोटी अर्थात जीविकोपार्जनका लागि बाहिरिनेको संख्या धेरै छ ।
परिवार पाल्न, आर्थिक जोहो गर्न र शिक्षाको लागि विदेशीनुको विकल्प नभएको ती युवायुवतीले बताइरहेका छन् । राजनीतिप्रतिको अविश्वास र कामको अवसर नपाउँदा विदेशीनुको विकल्प नभएको पीडा उनीहरू सुनाउछन् । राजनीतिक दलका सदस्य नभइ कुनै पनि काम सम्पन्न गर्न नेपालमा सहज नभएको गुनासो उनीहरुको छ ।
कुनै पनि काम सहज नहुने र केही गर्नेलाई प्रोत्साहन भन्दा बढी दुरुत्साहन गरिने भएकाले पनि विदेशीन लागेको धारणा सुनाउँछन् । आशा भन्दा निराशाले नेपाली विदेशिन लागेको दृष्टान्त उनीहरुले पोखेका छन् । बढ्दो महंगी, गुणस्तरीय शिक्षा र स्वास्थ्यको पहुँचबाट टाढा बस्नुपर्दा दक्ष तथा अदक्ष युवा खाडी राष्ट्रमा धकेलिएका छन् ।
विदेश जानुलाई सामाजिक तथा आर्थिक हैसियतसँग जोडेर हेरिने भएकाले पनि युवायुवती दवाबमा परिरहेको विदेशिने युवाले बताए । काम गरेर पढ्न सक्ने अवस्था नभएकाले पनि पढाइसँगसँगै राम्रो आम्दानीको लागि विदेशीन परेको विद्यार्थीहरूको भनाइ छ । केही भने पढ्नको लागि मात्र विदेशीन लागेको बताउँछन् ।
आर्थिक बर्ष २०७८, ७९को पहिलो दश महिनामा ५ लाख १० हजारभन्दा बढीले श्रम स्विकृति लिएको तथ्याङ्क वैदेशिक रोजगार विभागसंग छ । हाल दैनिक १५ सयदेखि २ हजार जना विदेश जाने गरेकोमा अधिंकाश रोजगारीकै लागि खाडी मुलुक जाने गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा प्रमुख भीम ढकालले बताए ।
रेमिन्ट्यान्सले अर्थतन्त्रमा योगदान पुर्याउनुलाई दलहरूले गौरवको विषय ठानिरहँदा उर्जाशील युवा बाकसमा फर्किएको पनि तीतो यथार्थता रहेको छ । यसतर्फ कसैको ध्यान नगएको युवाहरुले नै बताइरहेका छन् । नेपालमै उद्यम गर्ने वातावरण बनाएर यहीँ रोजगार दिन नयाँ जनप्रतिनिधिले पनि कुनै काम गर्लान जस्तो नलागेर विदेश जानलागेको अधिकाँश युवाले बताए ।
यस्तै अवस्था रहे देश परनिर्भर हुनु बाहेक अर्को विकल्प नरहेको केही युवाले बताए । तर सबैको धारणा भने देश भित्र नै उद्योग, कलकारखान, वेरोजगारीलाई रोजगार नीति लिने तर्फ केन्द्रीत हुनु पर्ने बताउँछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले एक वर्षदेखि चिकित्सकविहीन मुगुमा विशेषज्ञ डाक्टर पठाएको छ । विशेषज्ञ चिकित्सक अभावका कारण मुगुका सुत्केरीले सास्ती भोग्दै आएका थिए । कर्णाली स्वास्थ्य...
राकम कर्णाली दैलेख । आठबीस नगरपालिका राकम कर्णाली दैलेखको ८० औं कार्यपालिका बैठक सम्पन्न भएको छ । नगर प्रमुख तर्क बहादुर बडुवालको अध्यक्षतामा बसेको बैठकले नगरभित्रका समस्यामा केन्द्रीत रहेर...
सुर्खेत। रातको समयमा कोहलपुर–सुर्खेत सडकखण्डमा मोटरसाइकल चलाउन जिल्ला प्रशासन कार्यालय सुर्खेतले रोक लगाएको छ । जङ्गली जनावरको आक्रमणबाट भेरीगंगा नगरपालिकाका दुई जनाको मृत्यु भए पछि जिप्रका कार्यालयले सुचना जारी...
मान्म, । कालीकोटको स्थानीयस्तरमा उत्पादन हुने रैथाने बालीको बीउ खरिद गर्न व्यापारी घरमा नै पुग्ने गरेका छन् । कालीकोटमा उत्पादन हुने रैथाने अन्नबाली सिमी, फापर चिनो, कागुनो, स्याउ, ओखरलगायतका...