काठमाडौं । देश चुनावमा होमिएको बेला यो हप्ता कैलाश खबरको नजर इलामको सन्दकपुर तर्फ लाग्यो । इलाम त्यसैपनि हराभरा र घुमौं–घुमौं लाग्ने पर्यटकीय ठाउँ हो । आकाश खासै नखुलेको बेला कैलाश टिम सन्दकपुर पुग्यो । मौसम खुलेका बेला भएको भए सायदै यहाँका दृश्य अझ सुन्दर तरिकाले देखिन्थ्य होला । तर पनि केही छैन । चाँदीको घेराभित्र रमाइरहेको सन्दकपुर देख्न पाइयो ।
ज्यादै आकर्षक लाग्ने यहाँका डाँडाकाँडा र हरियाली हामीले क्यामराको क्यानभाषमा कैद गर्न सफल भयौं । इलामबाहिरका मानिसलाई यहाँको सौन्दर्यताले अति नै लोभ्याउने रहेछ । हामीलाई त सूर्योदयको राजधानी नै यही हो भन्ने लाग्यो । हुन पनि मनै फुरुंग पार्ने अनगिन्ती यस्ता ठाउँ रहेछन् यहाँ । हुनत आकास छ्यांग खुल्नेबित्तिकै हरियो चियाबारी र हरिया डाँडाकाँडा हेर्दै इलामकाे कन्यामबाट रमाउँदै रमाउँदै यहाँ पुग्ने गर्छन् ।
बिहान उठ्नेबित्तिकै आकास खुलेर उडूँ–उडूँ लाग्ने, मनमोहक दृश्यले यहाँ पुग्ने जो कोहीको मन प्रफुल्ल नै पार्ने रहेछ । आकास केही धुम्म भएपनि पहिलाभन्दा सफा नै देखिएको रहेछ । यस ठाउँका अग्लो र रमाइलो डाँडो, पूर्वकै महत्वपूर्ण र आकर्षक पर्यटकीयस्थल रहेछ सन्दकपुर । सन्दकपुरसम्म पुग्न माईपोखरी सम्म सहजै गाडी पुगेपनि सन्दकपुर मै पुग्न गाह्रो छ । पहाडको विकट उकालो र सजिलै पार गर्न गाडीलाई पनि समस्या देखियो ।
छिनमै घाम लाग्ने छिनमै पानी पर्ने इलामे मौसमको विशेषता नै रहेछ । एक छिन हुस्सु लाग्ने एक छिन खुल्ने मौसमका बारेमा स्थानीयले बताए । स्थानीयका अनुसार सन्दकपुर मात्र होइन, इलामका कुनै पनि ठाउँमा हुस्सु–बादल लाग्यो भनेर डराउनु पर्ने अवस्था भने रहेन छ । छिटोछिटो मौसम बदलिने भएकाले पनि सन्दकपुर प्रत्येकजसो बिहान सूर्योदय देख्न पाइन्छ । यहाँ चिसो भएर होला प्रकृतिको बेग्लै मज्जा लिन सकिन्छ ।
अति सुन्दर पर्यटकीयस्थल सन्दकपुर डाँडा नेपाल भारत सीमामा अवस्थित छ । यहाँको नेपाली भूमिपट्टि २, ३ वटा मात्रै होटल छन् । यसठाउँमा ज्यादै महँगो भएकाले नेपाली पर्यटक चौंरीचोक, बिखेभञ्ज्याङ, कालपोखरी, माबु र माइमझुवाका होम–स्टेमा बसेर बिहान मात्रै सन्दकपुर पुग्ने गरेको पर्यटकहरुले बताए । कच्ची सडकमा गाडीको स्पिड कम हुने भएकाले पनि पर्यटक ढुक्क भएर यहाँ पुग्ने गर्दछन् ।
ज्यानको बाजी राखेर यात्रा गर्नुपर्ने अवस्थाबाट आफ्नो पालामा हटाउने सन्दकपुर गाउँपालिका वडा नं. २ का वडाध्यक्ष सनम राईले कैलाश खबरलाई बताए । पर्यटन र कृर्षिलाई जोडेर अघि बढ्ने बताए । बाटोको समस्या बर्खाको हिलोमा सवारी डुब्न ने भएकाले पहिलो बैठकबाटै सुधार्ने अठोट रहेको बताए । विद्युत, खानेपानीलगायतको समस्या भएकाले सुरुवात नै बनाउने बताए ।
सवारीमा आउजाउ गर्दा सहज यात्रा कसरी गर्न सकिन्छ भन्ने विषयमा नै सोच बनाएको उनको भनाइ छ । माथिको टाकुरामा नेपाली झण्डा गाड्दा भारतीय पक्षबाट कुटाई खाएको तीतो अनुभव सुनाए । राज्यको नजरमा पछाडि नै परेको र अब सरकारले सीमा क्षेत्रमा नजर बढाउनु कैलाश खबर मार्फत सिंहदरवारलाई सुझाव दिए । हामीले कुराकानी कै क्रममा यहाँ हावाका झोक्काको निकै पीडा खेप्नु प¥यो ।
सन्दकपुरको जाडो सम्झेर यहाँ आउने पर्यटकलाई बाक्लो ज्याकेट बोकेर नै आउन अनुरोध गर्न चाहन्छौं । सन्दकपुर डाँडालाई नै मुहान बनाएर बगेको माइखोला पनि अति सुन्दर छ । नेपाल–भारत सीमा कालपोखरी तर्फ फर्केर केही फोटो खिच्न लाग्दा को–हो ? किन तस्बिर खिचेको ? भन्दै सुरक्षाकर्मीको भनाइ आएपछि हामीले विस्तृत बस्तुस्थिति खिच्न पाएनौं । हुन्छ भन्ने सामान्य जवाफ फर्काएर आफ्नो बाटो लाग्यौं । कालपोखरीमा नेपाल प्रहरीको चौकी छ ।
सन्दकपुर ३६३६ मिटरमा अवस्थित भएकाले सगरमाथा देखि भारत र भुटानका भुभागलाई पनि नियाल्न सकिने वडाध्यक्ष राइले बताए । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले केही महिनादेखि सन्दकपुर चुचुरामा जान र तस्बिर खिच्नमा रोक लगाएको पनि सुन्यौं । डाँडो उक्लिने ठावैंमा एसएसबीले निषेधसहितको बोर्ड राखेको छ । त्यहाँ पुगेका पर्यटक त्यहींबाट फर्किंदा रहेछन् । बोर्डको पर्वाह नगरी सन्दकपुर चुचुरामा पुग्ने थोरैमध्ये हामी पनि थियौं ।
तर, एसएसबीले सन्दकपुर डाँडामा धेरैबेर बस्न भने दिएन । तस्बिर नखिच्न र डाँडाबाट फर्किन उर्दी गरिरहेको पनि पाइयो । सन्दकपुरबाट १ सय ८० डिग्रीजस्तोमा देखिने दर्जनौं हिमशृंखलाले हाम्रो मन निकै लोभ्यायो । सन्दकपुरमा घाम झुल्किनुअघि नै कञ्चनजंघा, कुम्भकर्णजस्ता हिमाल हाँसिरहेका देखिन्छन् । सगरमाथासहित नेपाल–भारत र भुटानका दर्जनौं हिमशृंखलाको मनमोहक दृश्यले स्वर्गको अनुभव समेटे जस्तो पर्यटकले बताउने गर्दछन् ।
निकै चिसो भएपनि सन्दकपुरमा सूर्योदय हुँदाको सौन्दर्यमा नलोभिने सायदै होलान् । झुल्केघाम र हिमालसँग सेल्फी खिच्नेको यहाँ निकै घुइँचो लाग्ने गर्दछ । माई भगवतीको शिर र आहालटार सन्दकपुरबाट करिब डेढ किलोमिटरमा रहेछ । कञ्चनजंघा हिमाल त सन्दकपुर भन्दा नजिकै जस्तो लाग्यो । मौसम गज्जब खुलेको भए सायद निकै टाढासम्मको दृश्य देखिन्थ्यो होला ।
जति नै तस्बिर खिचेपनि खिचिरहूँ लाग्ने यहाँको अनुभव सगाल्यो । जति बस्यो, उति बसिरहूँ लाग्ने यहाँ फोटो खिच्दै सन्दकपुरलाई अंगाल्यौं । स्थानीय जडीबुटी, वन्यजन्तु र जैविक विविधताले भरिपूर्ण यस ठाउँको प्राकृतिक सौन्दर्यमा रमाउँदै सन्दकपुरबाट फर्किदा आँखा उतै हेरिरहे ।
एतिहासिक महत्व बोकेको पर्यटकीय स्थल सन्दकपुर नेपाल भारत सीमानामा पर्ने भएकाले पनि सन्दकपुरलाई तत्कालिन व्रिटिश सरकारले गर्मी छल्ने ठाउँका रूपमा लिएको रहेछ । पहाडी इलाका मन पराउँने भएकाले उनीहरूले यसलाई छानेको देखियो । दार्जिलिङ्गहुँदै नेपालको सन्दकपुरसम्म आएर यहाँका हिमशिङ्खलाका दृश्य र सुर्योदयका दृश्यले व्रिटिश सरकारको पनि मन छोएको रहेछ ।
भविष्यमा यो नै पर्यटकिय गन्तव्य हो भनेर त्यति बेलै घोषणा गरी व्रिटिसले पहाडको टुप्पोमा नै बाटो पुर्याएर आराम गर्ने ठाँउ बनाएको रहेछ । हो सन्दकपुरबाट तीन देश ९भारत, भुटान र नेपालका अति सुन्दर ठाउँहरू सहजै देखिने भएकाले होला यहाँ पुग्ने जो कोहीले सन्दकपुरलाई नै रोज्ने गरेका पाइन्छ ।
यहाँका वनभरी लालिगुराँसका अनेकथरी फूलले यहाँ आउँने पर्यटकलाई निकै लोभ्याउँने गर्दछ । पर्यटक पनि प्रफुलित हुँदै मनोरम दृश्यको मजा लिने गर्दछन् । सयौं वर्ष अघि नै पर्यटकिय गन्तव्यका रुपमा परिचित यो ठाउँमा भारतीय पर्यटकको मुख्य रोजाईंमा परेको छ । सन्दकपुरको महत्व बुझेर नेपाल सरकारले पनि यहाँ पुग्ने बाटोलाइ व्यवस्थित बनाएको खण्डमा यहाँ पुग्ने नेपाली पर्यटकको पनि मुख्य गन्तब्य बन्ने छ ।
अनि नेपाली पर्यटन व्यवसायीले पनि यहाँ पुग्ने भारतीय पर्यटकलाई नेपालका अन्य पर्यटकीय स्थलमा घुमाउँन सके र एक दुइ रात नेपाल तर्फका होटलहरूमा बसाल्न सके पर्यटनमा थप टेवा पुग्नुका साथै विकास हुने थियो । अझ रैथाने नेपाली उव्जनीको स्वाद लिदै भारतीय बजार सम्म नेपालको उत्पादनलाई पु¥याउन सहज हुने थियो ।
यहाँ भएका होटल व्यवसायीलाई चाहिने सामाग्रीको बजार भारतको दार्जिलिङ्ग र शिलगुडी हो । नेपाल तर्फ व्यवस्थित बाटो बनाउन नसकेकै कारण त्यसो हुन भएको देखिन्छ । यदि यहाँ नेपाल तर्फबाट बाटो नै व्यवस्थित बनाएको खण्डमा नेपाली बजार र उत्पादन नै उपयोग हुने थियो । बाटो नहुँदा नै भारतीय बजारको भर पर्नु परेको होटल व्यवसायीको गुनासो छ ।
पर्यटकको बसाईलाई मध्यनजर गरी नेपाल तर्फ होमस्टे, मझौला होटेलहरु बनाएर थप रोजगारको सिर्जना हुने थियो भने नेपाली मौलिक र रैथाने खाना हाम्रो होमस्टेमा जे पाक्छ त्यो विक्ने थियो । नेपाली अर्गानिक स्वाद र उत्पादन विश्व बजारमा विक्न सहज पहुँच हुने थियो ।
–प्रस्तुतकर्ता रामसुन्दर बके र रक्तिम दैलेखी
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्… मन परे शेयर, लाइक र कमेन्ट पनि गरिदिनु होला…
तस्वीरमा….
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
देउखुरी, । दाङको लमही नगरपालिका–९ हर्दवाकी कृष्णीकुमारी बुढा पाँच वर्षअघि उहाँँ लमही बजारमा बस्नुहुन्थ्यो । कमाइ केही थिएन । उहाँँका श्रीमान् पदमबहादुर विसी कमाइको खोजीमा मलेसिया जानुभएको थियो । उहाँले...
सप्तरी, । सप्तरीमा गत वर्ष २४ र तीन वर्षको अवधिमा ५७ जनाको मृत्यु भइसकेको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार नयाँ आर्थिक वर्षको पहिलो महिनामै पोखरीमा डुबेर चार जनाको मृत्यु...
बुटवल । सहरी विकासमन्त्री मेटमणि चौधरीले तल्लो तहका कर्मचारीलाई सम्मन गर्ने निर्देशन दिएका छन् । संघीय आयोजना कार्यान्वयन इकाई रुपन्देहीद्वारा निर्मित लुम्बिनी प्रादेशिक अस्पतालको प्रसुति कक्ष भवनको हिजो बुटवलमा...
दाङ । बलात्कारको मुद्दामा फसाउने भनी धम्की दिएर एक व्यवसायीबाट १२ लाख रुपैयाँ असुलेको अभियोगमा चार महिला र एक पुरुषलाई प्रहरीले घोराहीमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पाको...